दलहरुबीच सहमति भएपछि सदनको गतिरोध अन्त्य

  १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमा निष्कर्षउन्मुख सहमति भएपछि संसद्को गतिरोध अन्त्य हुने भएको छ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले हिजो सोमबार दलबीच संसदीय समिति गठन गर्ने विषयमा भएको निष्कर्षउन्मुख सहमतिलाई अनुमोदन गरेको छ । सदनमा भएका प्रमुख दलबीच समिति गठन गर्ने, समितिमा रहने सदस्यको सङ्ख्या, कार्यादेश के हुने र..

कांग्रेसले पत्रकार सम्मेलन गर्ने

१५ जेठ । सहकारी ठगीमाथि छानबिन गर्न संसदीय समिति गठनको सहमति म‌ंगलबार बस्ने संसद् बैठकले पारित गरेपछि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आज बस्ने प्रतिनिधिसभा बैठकपछि संसद् भवनको लोत्सेहलमा पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिएका हुन् । आजको संसद् बैठकले सहकारी ठगीमा संलग्नमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि सत्ता र प्रतिपक्षबिच भएको सहमति पारित गर्ने जनाइएको छ । पत्रकार..

महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु नपर्ने

१५ जेठ । उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका ४ दिन सडकमा ड्युटी नखटाउने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो घोषणा गरेका हुन् । उनले लेखेका छन्–‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारिका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन ।’ महिला ट्राफिक महिनावारी भएर ड्युटीमा नखटिँदा उनीहरूको साटो मादक पदार्थ सेवन लगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयं सेवकको रूपमा सडकमा सघाउनुपर्ने..

भद्रपुरमा स्टेडियमसहितको क्रिकेट खेल मैदान बन्ने

१५ जेठ, झापा । झापामा स्टेडियमसहितको क्रिकेट खेल मैदान बन्ने भएको छ । खेल मैदानको निर्माणका लागि मेची बहुमुखी क्याम्पस र भद्रपुर क्रिकेट क्लवबीच सम्झौता भएको छ । क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उदेश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण गरिने भएको हो । क्लव र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबको तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट..

शिवसताक्षीमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

१५ जेठ, झापा । झापाको शिवसताक्षीमा पिकअपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः३० बजेको समयमा शिवसताक्षी ९ मिलन चौकस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र३–०१–०२७च ११२१ नं को पिकअप गाडीले पैदलयात्री शिवसताक्षी नगरपालिका ९ बस्ने बर्ष ६०–६२ का पुत्रथाम राईलाई ठक्कर दिएको थियो । टाउको तथा शरीरको बिभिन्न भागमा चोट लागेर घाइते भएका राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेको मोबाइल गाडीद्वारा उद्दार गरी उपचारको लागि अस्पताल..

ग्वार्डिओला भन्छन्- युनाइटेडसँग हार्नुको सम्पूर्ण जिम्मेवारी मेरो

१५ जेठ । म्यानचेस्टर युनाइटेडसँग एफए कपको फाइनलमा २–१ ले पराजित हुनुको सम्पूर्ण जिम्मेवारी सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिएका छन्। ग्वार्डिओलाले पहिलो हाफमा आफ्नो खेल योजना राम्रो नभएको स्वीकार गरेक छन्। लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको सिटी यो सिजन डबल्स पूरा गर्ने लक्ष्यमा थियो। तर, वेम्बलीमा एलेजान्ड्रो गार्नाचो र कोबी माइनुले खेलको पहिलो हाफमै युनाइटेडलाई अग्रता दिलाए। दोस्रो हाफमा ग्वार्डिओलाले जेरेमी डोकुलाई मैदान भित्र्याएका थिए। विंगरले सान्त्वना गोल गरे।..

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिने देउवाको भनाई

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् । उनले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका..

साउदी प्रो लिगमा रोनाल्डोको कीर्तिमान

१५ जेठ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा कीर्तिमान बनाएका छन्। रियादमा रोनाल्डोले दुई गोल गरेपछि अल–नासरले अल–इत्तिहादलाई ४–२ ले पराजित गरेको थियो। योसँगै उनले लिगमा गोल संख्या ३५ पुर्‍याएका छन्। पहिलो हाफको अन्तिम सेकेन्डमा रोनाल्डोले मोहम्मद अल फातिलको लामो पासलाई गोलमा परिणत गरेका थिए। खेल सकिन २१ मिनेट बाँकी छँदा मार्सेलो ब्रोजोभिकले कर्नरबाट दिएको बललाई गोल गर्दै पाँच पटकका बालोन डी'ओर विजेता रोनाल्डोले कीर्तिमान कायम गरे। त्यसको पाँच मिनेटपछि..

संक्रमणकालीन न्यायका बाँकी काम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्ड’को भनाई

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन तथा संक्रमणकालीन न्यायका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आज आयोजित विशेष समारोहमा उनले संविधानको मर्म र भावनालाई सम्बोधन गर्नेगरी द्वन्द्व व्यवस्थान र शान्ति स्थापनाका अधिकांश कार्य पूरा भइसकेको बताए । प्रधानमन्त्री प्रचण्डले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा नेपालले गरेको अभ्यास विश्‍वसामु नवीन उदाहरणका रूपमा स्थापित भएको समेत दाबी गरे ।..

ब्याटिङ नचल्दा वार्मअफ खेलमा नेपाल क्यानडासँग पराजित

१५ जेठ । ब्याटिङ नचल्दा क्यानडासँगको वार्मअफ खेलमा नेपाल पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा नेपाल ६३ रनले पराजित भएको हो। क्यानडाल दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा १२० रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। ३० बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। अनिलकुमार साह २४, आशिफ शेख २२ र कुशल भुर्तेल १० रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा..