आँधीका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्ण रूपमा क्षतिग्रस्त

१४ जेठ । बंगलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १० पुगेको छ भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्ण रूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन् । आँधीले दशौँ हजार घरमा आंशिक क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् । बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, “अधिकांशको मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको थियो । तीनजनाको छिमेकी जिल्लामा डुबेर मृत्यु भएको छ ।” आइतबार राति ‘रेमाल’..

नेपालले क्यानडासँग आज पहिलो वार्मअप खेल खेल्दै

१४ जेठ । टी–२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा नेपालले आज क्यानडासँग खेल्दै छ । उक्त खेल अमेरिकाको डलासमा राती सवा ९ बजेबाट सुरु हुनेछ । नेपालले दोस्रो वार्मअप खेल मे ३० मा अमेरिकासँग खेल्नेछ ।

मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु- सन्दीप लामिछाने

१४ जेठ । नेपालले टी–२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ । पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्टाटस लेख्दै उनले आफ्नो सपना अधुरो रहनसक्ने संकेत गरे । उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छु, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना..

नेकपा (एमाले) दमकको अध्यक्षमा रामप्रसाद पौडेल निर्वाचित

१४ जेठ । नेकपा (एमाले) दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार दोश्रो अधिवेशनको निर्वाचनबाट रामप्रसाद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । नगर कमिटी अध्यक्षमा निर्वाचित पौडेलले खसेको कूल ३५८ मत मध्ये १६४ मत प्राप्त गरेर विजयी भए । युवा संघ दमकका पूर्व अध्यक्षसमेत रहेका पौडेलसंगै अध्यक्षका लागि भगवान बस्नेत, युवराज घिमिरे र सन्तोष दुलाल प्रतिस्पर्धीका रुपमा उत्रिएका थिए । पौडेलसंग प्रतिष्पर्धामा रहेका युवराज प्रतिष्ठित..

राष्ट्रिय आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

१४ जेठ । तीन दशक बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा राष्ट्रिय आविष्कार केन्द्रले १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारेको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने..

५९ लाख नेपाली वैदेशिक रोजगारीमा

१४ जेठ । रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएका आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ दशमलव ८ प्रतिशत र महिला ६ दशमलव २ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन् । यसमध्ये पुरुष ८६ दशमलव ४ प्रतिशत र..

काठमाडौंमा आगलागीबाट एक युवकको मृत्यु

१४ जेठ, काठमाडौं । टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति आगलागी हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी छन् । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा घाडामा बस्दै आएको प्रहरीले जनाएको छ । बुढाथोकी बस्ने कोठामा राति आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए । आगोमा जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण..

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

१४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्रीमाथि कुनै पनि मुद्दामा कुनै पनि अदालतमा अभियोजन नभएको भन्दै पत्र लेखेका थिए । रिटमा सो पत्र खारेजी गर्न माग गरिएको छ । साथै अनुसन्धान प्रक्रियामा गृहमन्त्रीले अनुचित प्रभाव..

कांग्रेस भन्छ- प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, अन्य दल गम्भीर भएनन्

१४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तापक्ष सहकारी समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सकारात्मक भए पनि सत्तापक्षका अन्य राजनीतिक दलहरू गम्भीर नभएको आरोप लगाएका हुन् । उनले भने, ‘सत्ता पक्षले प्रस्तावमा सकारात्मक छौँ भन्ने र कहिले गलत व्याख्या गरिदिने कुराले अन्योल..

माओवादी मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा मातृका यादव चयन

१४ जेठ । नेकपा माओवादी केन्द्रले मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा उपमहासचिव मातृका यादवलाई चयन गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङले यादवलाई मोर्चाको फ्याक्सन इन्चार्जको जिम्मेवारी दिइएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएका छन् । यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य निमानन्द रिजाललाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । यस्तै प्रवास समन्वय समितिको सिफारिस अनुसार गोरखाको पालुङ्गटार नगरपालिका वडा नं– २, का प्रवास..