शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने

शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने

१९ जेठ, झापा । झापाको शिबसताक्षी नगरपालिका ६ वडा कार्यालयले यसवर्ष कृषकहरुलाई सुपारी विरुवा बितरण गर्ने भएको छ । वडाभित्रका कृषकहरुको घर–आँगनमा सुपारीको बोटले हरभरा बनाउृने उदेश्यका साथ शिबसताक्षी–६ वडा कार्यालयले सुपारीको विरुवा वितरण गर्न भएको हो ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाभित्र स्थाई बसोबास गर्ने कृषकहरुका लागि सुपारीको विरुवा बितरण गर्ने वडा समितिको जेठ १७ गते बिहिबार सम्पन्न बैठकले निर्णय गरिएको हो । अध्यक्ष कार्कीले शिबसताक्षी नगरपालिकाको चालु आर्थिक बर्ष २०८०।०८१ को स्वीकृत बार्षिक कार्यक्रम बमोजिम शिबसताक्षी–६ वडा कार्यालयले वडास्तरीय योजना तथा कार्यक्रम बार्षिक विकास तर्फ सुपारीको विरुवा बितरण गर्न लागिएको बताउनुभयो ।

शिबगञ्जस्थित वडा कार्यालयले जेड १८ गते सुपारीको विरुवा बितरण कार्यक्रममा सहभागि हुन वडावासीको नाममा सुचना प्रकाशित गरेको छ ।

सो सुचना प्रकाशित भएको ७ दिनभित्रमा कृषकहरुले वडा कार्यालयमा निवेदन दर्ता गराउन सुचित गरेको छ । सो निबेदनमा कृषकहरुले वडाभित्र स्थाई बसोबास गरेको प्रमाणपत्र, नागरिकता, जग्गा धनिपुर्जा लगायतको कागाजातहरु माग गरिएको छ ।

यसअघि, शिबसताक्षी–६ ले सुपारीको विरुवा बितरण गरेको छ । यसवर्ष पनि कृषकहरुलाई सुपारीको विरुवा बितरण गर्न लागिएको हो । अध्यक्ष कार्कीका अनुसार वडामा सुपारीको बोटले हरियाली, हरभरा बनाउँदै आय–आम्दानीमा समेत सघाउ पुग्ने छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर