टी २० क्रिकेटमा नेपालद्वरा आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

१२ चैत । नेपालले पहिलो टी २० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण योगदान गरे ।..

निजी विद्यालयका शुल्कमा कडाइ गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र

१२ चैत, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी निजी तथा संस्थागत विद्यालयले निःशुल्क शिक्षाका सम्बन्धमा लागु गर्नपर्ने कानुनी व्यवस्थाहरु कार्यान्वयमा कडाइ गर्न स्थानीय तहलाई निर्देिशत गरेको हो । विभिन्न नाममा जथाभावी शुल्क असुल्ने काम रोक्न समेत आग्रह गर्दै सबै स्थानीय तहलाई मन्त्रालयले पत्र लेखेको..

शान्ति समाजले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

    १२ चैत, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं..

शक्तिखोर औद्योगक क्षेत्रको विषयमा बजेट सम्बोधन हुने

१२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न..

गाजामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु

१२ चैत । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेना र शिन बेट सुरक्षा सेवाले अल–शिफा अस्पताल क्षेत्रमा लडाइँ जारी राखेको छ । इजरायलले यसअघि पनि सो अस्पताललाई निसाना बनाएर आक्रमण गरेको थियो । हमासले यसलाई कमान्ड सेन्टरका रूपमा..

जनतामा आशा र भरोसा जगाउने कुरामा केन्द्रित भएर काम गर्न सरकारलाई एमालेको सुझाव

११ चैत, काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो । सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई..

६ सेकेन्डमै गोल गर्दै क्रिस्टोफर बने अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी

११ चैत । अस्ट्रियाका क्रिस्टोफर बाउमगार्टनेर अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शनिबार राति स्लोभाकियाविरुद्ध बाउमगार्टनेरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले स्लोभाकियाविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेका थिए । सेन्टरबाट बल चलाएलगत्तै उनले स्लोभाकियाका तीन खेलाडीलाई कटाउँदै १८ यार्ड बक्सबाहिरबाट सेकेन्ड बारमा गोल गरेका थिए । उनले खेल सुरु भएपछि बलमा कुल आठ ‘टच’ गर्दै गोल..

सुहाङलाई समर्थन गर्न एमालेले गर्यो ‘रास्वपा’लाई अनुरोध

११ चैत, काठमाण्डौँ । नेकपा एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताए । उनले भने, ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छाैं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’ रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको..

इलाम २ को उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

११ चैत, इलाम । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो..

मस्को कन्सर्ट हल आक्रमणः मृत्यु हुनेको संख्या १३३ नाघ्यो

११ चैत । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा शुक्रबार राति भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ नाघेको छ । मृत्यु हुनेमा बालबालिकादेखि वृद्ध पनि छन् । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर गरेको आक्रमणमा घाइते हुनेको संख्या १२१ छ । १०७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो क्रूर नरसंहारमा प्रत्यक्ष संलग्न चार अपराधीसहित ११ जनालाई हिरासतमा लिइएको रूसी संघीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ । व्यापारिक केन्द्रसहितको हलमा शुक्रबर..