मुख्य समाचार

रास्वपालाई गृहसहित ४ मन्त्रालय दिने निर्णय
२३ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो । बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने संभावना छ । अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ । रास्वपाले विगतको निरन्तरता, परिणाम निकाल्न सक्ने र समावेशी ढंगले मन्त्री चयन गर्ने प्राम्भिक मापदण्ड बनाएको छ ।

एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा चर्च ब्वाईज युनाइटेड
२३ फागुन, बिर्तामोड । न्युरोड टिम एनआरटी झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कप फुबललको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी प्रतियोगिताबाट बाहिरिएको हो । चर्च ब्वाईज भने एनआरटीमाथि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडी अवयोमी फकुन्लेबाट सम्भव भयो । उनले खेलको ३६ औँ मिनेटमा पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा..

टी-ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सलाई
२२ फागुन, काठमाडौं । टी ट्वान्टी त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ । मंगलबार कीर्तिपुर मैदानमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्याण्ड्सले सिरिज जितेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले मात्र ६ विकेट गुमाएर ३ बल अगावै पुरा गर्याे । माइकल लेविटको शानदार अर्धशतकमा नेदरल्याण्ड्सले नेपालमाथि जित हासिल गरेको हो । लेविटले २९ बलमा ५४ रन बनाए । उनले ६ चौका र ३ छक्काको मदतले सो..

प्रिति राईको सफल शल्यक्रिया, चाँडै मैदान फर्कने
२२ फागुन, काठमाडौं । राष्ट्रिय महिला टिमकी खेलाडी प्रिति राईको सफल शल्यक्रिया भएको छ । वाफ वुमन्स च्याम्पियनसिपको दौरान चोट बोकेकी प्रितिको बि एण्ड बि अस्पतालमा सफल शल्यक्रिया भएको हो । प्रतियोगिताको दौरान उनले दायाँ घुडाँमा चोट बोकेकी थिईन् । अस्पतालले सोमबार विज्ञप्ति जारी गर्दै प्रितिको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको बताएको छ । उमेर समूह हुँदै राष्ट्रिय टिमबाट प्रभावशाली प्रर्दशन गर्दै आएकी प्रिति सिनियर टिमकी महत्वपुर्ण सदस्य बनेकी छिन् । ..

महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा, च्यासल रंगशालमा महिला युथ एकेडेमी स्थापना गर्ने
२२ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबल लिगको पहिलो चरण सुर्खेतमा गर्ने भएको छ । सोमबार बसेको एन्फाको बैठकले महिला लिग फुटबलको आयोजना बारे योजना बनाउँदै मिति सार्वजनिक गरेको हो । एन्फाको नियमित साधारण सभाले पारित गरेको वार्षिक क्यालेन्डर अनुसार एन्फाले दुई चरणमा महिला फुटबल लिग गर्दैछ । जसमा पहिलो चरणको खेल २३ चैत देखि कर्णाद्यी प्रदेशको सुर्खेतमा सुरु हुने एन्फाले जनाएको छ । एन्फा महासचिव..

छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा एपिएफ एफसी
२२ फागुन, बिर्तामोड । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने..

दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा भाटभटेनी
२२ फागुन, दमक । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठुलो चेन सुपर स्टोर भाटभटेनीले झापाको दमकमा २७ औं स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । यो स्टोर झापाकै बिर्तामोडपछिको दोस्रो हो । झापाको व्यापारिक शहर दमक–९ मा गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको भाटभटेनीले १३ महिनामै नयाँ स्टोर स्थापना गर्न सफल भएको छ । स्टोर सञ्चालनको तयारीसँगै यहाँको बजार र गतिविधिमा समेत छुट्टै रौनक..

‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ’- प्रधानमन्त्री प्रचण्ड
२१ फागुन, काठमाडौं । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा एमालेसँग नयाँ गठबन्धन बनाएका छन् । सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यसलाई नयाँ उथलपुथल भएको बताए । उनले भने, ‘माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।’ माओवादी निरन्तरतामा रमाएर बस्न नसक्ने भएकाले..

राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने ओलीको दाबी
२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा जेजस्तो फेरबदल आए पनि मिसन ८४ नछाड्ने बताएका छन् । पार्टी निकट मजदुरहरुको संगठन जिफन्टको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी मिसन ८४ छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको..

भत्त्कियो सत्ता गठबन्धन, एमालेसहितको नयाँ सरकार बन्दै
२१ फागुन, काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने निश्चित भएपछि नयाँ समीकरण निर्माणका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेता सहभागी छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने..