शक्तिखोर औद्योगक क्षेत्रको विषयमा बजेट सम्बोधन हुने

१२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न..

गाजामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु

१२ चैत । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेना र शिन बेट सुरक्षा सेवाले अल–शिफा अस्पताल क्षेत्रमा लडाइँ जारी राखेको छ । इजरायलले यसअघि पनि सो अस्पताललाई निसाना बनाएर आक्रमण गरेको थियो । हमासले यसलाई कमान्ड सेन्टरका रूपमा..

जनतामा आशा र भरोसा जगाउने कुरामा केन्द्रित भएर काम गर्न सरकारलाई एमालेको सुझाव

११ चैत, काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको सञ्चार गराएको निष्कर्ष निकाल्दै जनसरोकारको विषयमा अझ बढी केन्द्रित भएर अघि बढ्न सरकारलाई सुझाव दिएको हो । सरकारको कामलाई अझ बढी प्रभावकारी बनाउँदै, समाजमा रहेको निराशालाई चिर्दै अवरुद्ध विकास, समृद्धि र सुशासनको प्रक्रियालाई..

६ सेकेन्डमै गोल गर्दै क्रिस्टोफर बने अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी

११ चैत । अस्ट्रियाका क्रिस्टोफर बाउमगार्टनेर अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत शनिबार राति स्लोभाकियाविरुद्ध बाउमगार्टनेरले सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उनले स्लोभाकियाविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै गोल गरेका थिए । सेन्टरबाट बल चलाएलगत्तै उनले स्लोभाकियाका तीन खेलाडीलाई कटाउँदै १८ यार्ड बक्सबाहिरबाट सेकेन्ड बारमा गोल गरेका थिए । उनले खेल सुरु भएपछि बलमा कुल आठ ‘टच’ गर्दै गोल..

सुहाङलाई समर्थन गर्न एमालेले गर्यो ‘रास्वपा’लाई अनुरोध

११ चैत, काठमाण्डौँ । नेकपा एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताए । उनले भने, ‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छाैं । नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं ।’ रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको..

इलाम २ को उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

११ चैत, इलाम । नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो..

मस्को कन्सर्ट हल आक्रमणः मृत्यु हुनेको संख्या १३३ नाघ्यो

११ चैत । मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल)मा शुक्रबार राति भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ नाघेको छ । मृत्यु हुनेमा बालबालिकादेखि वृद्ध पनि छन् । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर गरेको आक्रमणमा घाइते हुनेको संख्या १२१ छ । १०७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो क्रूर नरसंहारमा प्रत्यक्ष संलग्न चार अपराधीसहित ११ जनालाई हिरासतमा लिइएको रूसी संघीय सुरक्षा सेवा (एफएसबी)ले जनाएको छ । व्यापारिक केन्द्रसहितको हलमा शुक्रबर..

आयरल्याण्डसँग खेल्ने नेपाल ए टीमको घोषणा

११ चैत । आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ । टी–यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी–२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो । विनोद भण्डारीको कप्तानीमा दुवै फम्र्याटको टोली घोषणा गरिएको हो । टी–२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री,..

उपप्रधानमन्त्री श्रेष्ठ आज चीन जाँदै

११ चैत । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण जान लागेका हुन् । श्रेष्ठ आज राति ११ बजे चीनको भ्रमणका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले बेइजिङ र अन्य प्रान्तहरूमा..

रेड बुल्ससँग इन्टर मियामीको लज्जास्पद हार

११ चैत । लेविस मोर्गनले ह्याट्रिक गोल गरेसँगै अमेरिकन लिग सकरअन्तर्गत इन्टर मियामीले हार बेहोरेको छ। शनिबार राति सम्पन्न खेलमा न्यूयोर्क रेड बुल्सले मियामीलाई ४–० गोल अन्तरले पराजित गरेको हो। घरेलु टोली बुल्सको जितमा लेविस मोर्गनले ह्याट्रिक गोल गरे। यता, विकलम्यान कार्माेनाले १ गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको बुल्सले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। मोर्गनले खेलको ३, ५१ र ७०औँ मिनेटमा गोल गरेका थिए।..