मुख्य समाचार
आगामी उपनिर्वाचन एमालेले जित्ने पार्टी अध्यक्ष आलीको दावी
१७ चैत । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने..
आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’को लगातार दोस्रो हार
१७ चैत । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो । २ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्यो । योसँगै आयरल्याण्डले २–० ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ । नेपाललाई..
म्यानचेस्टर सिटीले १४ वर्षीय सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउँदै
१५ चैत । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले १४ वर्षीय अमेरिकी वन्डरकिड क्याभान सुलिभानलाई कीर्तिमानी रकममा भित्र्याउने भएको छ। फिलाडेल्फिया युनियनबाट खेल्दै आएका सुलिभान विश्व फुटबलमा सम्भावना बोकेको खेलाडी मानिन्छन्। उनलाई भित्र्याउन स्पेनिस क्लब रियल मड्रिड, जर्मन क्लब बायर्न म्युनिख तथा बोरुसिया डर्टमुन्ड र फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) पनि इच्छुक थिए। मेल स्पोट्र्सका अनुसार आक्रमणकारी मिडफिल्डरलाई भित्र्याउने दौडमा सिटी अग्रस्थानमा रहेको छ। द एथलेटिकका अनुसार प्रिमियर लिग र..
नेपाल-भारतबीच विद्युत आयात सम्झौता नवीकरण
१५ चैत, काठमाडौं । नेपाल र भारतबीच विद्युत आयात सम्झौता नवीकरण भएको छ । एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो । सम्झौता अनुसार भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत आयात गर्न पाइने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए ।..
राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
१५ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी छन् । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्काे कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी..
मन्त्री भगवती चौधरी र फिनल्याण्डका राजदूतबिच शिष्टाचार भेट
१५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबिच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा आयोजित भेटमा दुई देशबिचको सम्बन्ध विस्तार, महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा आपसी सहकार्यका बारेमा दुई पक्षबिच कुराकानी भएको छ । भेटमा मन्त्री चौधरीले सन् १९७४ सेप्टेम्बर २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबिचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै नेपालले फिनल्याण्डसँगको..
प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाए
१५ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । १८ चैत अर्थात आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो । प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठकबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बिहीबार बिहान बालुवाटार डाकेका थिए । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच संवैधानिक परिषद् बैठकबारे..
कांग्रेस महामन्त्री गगन थापाले आजदेखि पुनः सुरु गरे ‘संवाद यात्रा’
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गरेका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट सुरु गरेका हुन् । १३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री..
अर्थमन्त्रालयको महाशाखामा जिम्मेवारी हेरफेर
१४ चैत । अर्थमन्त्रालयको शक्तिशाली मानिने तीन महाशाखामा जिम्मेवारी हेरफेर भएको छ । बजेट निर्माण प्रक्रिया सुरू हुँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन् । यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखको जिम्मेवारी दिइएको छ । अनुगमन मूल्यांकन महाशाखाका धनिराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा पठाइएको छ । बजेट लेखनमा यी तीन महाशाखाको भूमिका प्रमुख मानिन्छ । अन्य महाशाखाका प्रमुख..
मन्त्रालयले माग्यो क्यान र एन्फाको कागजात
१४ चैत । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल संघ (एन्फा)का कागजातहरूको प्रतिलिपी उपलब्ध गराइदिन पत्र काटेको छ। मन्त्रालयले मंगलबार दुई संघको कागजात उपलब्ध गराइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई उक्त पत्र काटेको हो। क्रिकेट र फुटबल खेलबाट नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ख्याती प्राप्त गर्दै आइरहेको विषयमा आम जनता तथा खेलप्रेमीहरूको व्यापक समर्थन र चासो रहँदै आइरहेको कुरा यहाँमा बिदितै छ। उक्त खेलहरूको विकासको लागि..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७