मुख्य समाचार

धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधामको विकासको बारेमा सरोकारवालाहरुबीच अन्तरक्रिया
२९ फागुन, झिलझिले । झापाको शिबसताक्षीमा अवस्थित पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा सोमबार सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । सताक्षीधाम धार्मीक तथा पर्यट्रन बिकास संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले बिगत, बर्तमान र आगामी योजना र विकासका चरणहरु सम्बन्धी आ–आफ्ना धारणाहरु राखेका थिए । सताक्षीधाम धार्मीक तथा पर्यट्रन विकास संस्थाका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षता र पूर्वसांसद तारासम योङ्याको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । सो अन्तरक्रिया कार्यक्रममा सताक्षीधाम..

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
२९ फागुन, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित भएका छन् । आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी भएका हुन्। दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन थियो । उनी राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गरे । भने कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत..

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
२९ फागुन, काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा त्यस्तो सहमति जुटेको हो । आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न सहमत भएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । बालुवाटार बैठकपछि गठबन्धनका नेताहरूले नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा सांसदसहित छलफल..

छैँठौ झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज युनाइटेड
२९ फागुन, बिर्तामोड । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सश्स्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्याे । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । टोली..

पपुवा न्युगिनीलाई हराउँदै नेपाल टी-२० आई सिरिजको फाइनलमा
२९ फागुन । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । हङकङमा जारी टी-२० सिरिज अन्तर्गत नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा..

राप्रपा कार्यलयमा भएको कुटपिटको बिषयमा प्रहरीले थाल्यो छानबिन
२८ फागुन, काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले भने । प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृतले भने आवश्यकता अनुसार, आइतबार पूर्वएआईजीसमेत रहेका श्रेष्ठले आवश्यकता अनुसार किटानी जाहेरी समेत दिने..

आज ग्याल्पो ल्होसार पर्व मनाइदै
२८ फागुन ।आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । फाल्गुन शुक्ल प्रतिपदाका दिनलाई विशेषगरि हिमाली क्षेत्रका शेर्पा समुदायकासाथै देशका विभिन्न स्थानमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । आज आइतबार २१५१ औँ ग्याल्पो ल्होसार मनाइँदैछ । यस पटक गाई वर्ष पूरा भई बाघ वर्ष शुरु भएको हो । ल्होसार पर्वलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरेर १२ वर्गमा..

छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदै
२८ फागुन, बिर्तामोड । छैटौं झापा गोल्डकपको उपाधि छिनोफानो आज हुँदैछ । उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ र चर्च ब्वाइज मैदानमा उत्रिदैछन् । दुवै टिमले उपाधि आफूले जित्ने दावी गरेका छन् । बिर्तामोडमा आइतवार भएको प्रि–म्याच कन्फ्रेसमा फाइनल खेलमा दुवै टिमले उपाधि हात पार्ने दावी गरेका हुन् । प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रुबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका..

एकेडेमी सञ्चालनका लागि यु–१३ छात्र–छात्रा खेलाडीहरुको खुला छनौट हुँदै
२७ फागुन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वर्ष २०८१ सालदेखि यु–१३ छात्र–छात्रा फुटबल एकेडेमी सञ्चालनका लागि खुला छनौट कार्यक्रम गर्ने भएको छ । छनौट कार्यक्रम कै लागि भनेर एन्फाले आफू मातहतको जिल्ला फुटबल संघ र प्रदेश फुटबल संघहरुलाई पत्राचार समेत गरेको छ । एन्फाका अनुसार छनौट कार्यक्रम तीन चरणहरुमा हुनेछन् । पहिलो चरणको जिल्लास्तरीय छनौट आउँदो चैत्र १५ देखि २२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेशस्तरीय छनौट चैत्र..

एमाले अध्यक्ष ओली र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच ‘सम्बन्ध सुधार’ भेटवार्ता
२७ फागुन, काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच करिब अढाई वर्षपछि ‘सम्बन्ध सुधार’ भेटवार्ता भएको छ । नयाँ समीकरणमा सहभागी भएपछि शनिबार दुई नेताबीच भेटवार्ता भएको हो । एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एउटै गठबन्धनमा सहभागी भइसकेपछि सम्बन्ध सुधार वार्ता भएको बताए । ‘विगतको समीक्षा भयो होला,’ उनले भने । तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध दाहाल र नेपाल उत्रिएका थिए । ओलीलाई संसदीय दलमा अल्पमतमा पार्ने प्रयास..