नारायणकाजी श्रेष्ठ र सार्कका महासचिव गोलाम सारवारबिच भेटवार्ता

२१ चैत । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग सार्कका महासचिव गोलाम सारवारले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा महासचिव सारवारले सार्कलाई पुनः क्रियाशील बनाउन आग्रह गरेका हुन् । सार्कको अध्यक्ष राष्ट्र भएको नाताले त्यसलाई क्रियाशील बनाउन उनले आग्रह गरेको मन्त्रालय स्रोतले जनाएको छ । नौ वर्षअघि नेपालमा सार्क शिखर सम्मेलन सम्पन्न भएको थियो । त्यसयता सम्मेलन भएको छैन । भारत–पाकिस्तान बिचको तिक्तता बढ्दै गएपछि सम्मेलन प्रभावित भएको हो..

ब्याटिङ नचल्दा नेपाल आयरल्यान्डसँग पराजित

२१ चैत । कमजोर ब्याटिङसँगै नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २२ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रनमा अल आउट भयो । नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए ।नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको..

गण्डकी प्रदेशका मुख्यमन्त्रीेले दिए राजीनामा

२१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल..

इलाम २ मा कांग्रेसको उम्मेद्धवार टुङ्ग्याउन सकसः भेषराजको पक्षमा कोईराला दाजुभाई

२१ चैत्र, इलाम । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र पूर्वमहामन्त्री डा। शशांक कोइराला नातामा दाजुभाइ हुन् तर राजनीतिमा एकअर्काका प्रतिष्पर्धीका रुपमा धेरै नेता कार्यकर्ताले बुझेका छन् । सुशील कोइरालाको निधनपछि उनीहरू दुवै जना एकअर्काका सहयोगी बन्न सकेनन् । पार्टीको १४ औं महाधिवेशनमा कोइराला बन्धु एकै रहन सकेनन् । सभापतिका प्रत्यासी बनेका डा। शेखरलाई डा ।शशांकले सहयोग गरेनन् । त्यो भन्दा अगाडि शशांक महामन्त्री भएका बेलामा डा। शेखरले सहयोग..

इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो

२१ चैत्र, इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो । भोली चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ..

लगानीका लागि बाधक ऐन सुधार गर्ने अर्थमन्त्री पुनको बिश्वास

२० चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानुन संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले लगानी प्रवद्र्धनका लागि बाधक ठानिएका प्रावधान संशोधन गरी लगानीमैत्री कानुन बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए । लगानी सम्मेलनको तयारी तीव्र रुपमा अघि बढेको उनको भनाइ थियो । लगानी..

सबै प्रदेशमा आलोपालो, ११ महिनामै मुख्यमन्त्री हेरफेर

२० चैत । सत्ता गठबन्धनले सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने गरी भागबण्डा टुंगो लगाएको छ । सहमति कार्यान्वयन भए सबैभन्दा धेरै सुदूरपश्चिममा मुख्यमन्त्री हुनेछन् । चार दलले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएकाले त्यहाँ हरेक ११ महिनामा मुख्यमन्त्री फेरिने छ । प्रदेशको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरु निरन्तर छलफलमा जुटेका थिए । सत्ता गठबन्धनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशसभामा नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु दलसँग छलफल गरेका थिए..

मेयर साम्पाङले प्रधानमन्त्रीसँग राखे विभिन्न माग

२० चैत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेट गरेको हो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएको छ । भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायत थुप्रै जनताका मागहरू राखेको मेयर साम्पाङले जानकारी दिएका छन् ।

 बिर्तामोडमा मनाइयो ‘विश्व अटिजम सचेतना दिवस’

२० चैत, झापा । अप्रिल २ अर्थात ‘विश्व अटिजम सचेतना दिवस’ झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ । न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो । अटिजम बारे सचेतना जगाउने र यसको बारेमा अधिकतम् मानिसहरुमा जानकारी दिने उद्धेश्यले र्यालीसहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिनुभयो । हनुमान कम्प्लेक्सबाट शुरु भएको र्याली वान स्टप मलबाट पूर्वमा पुरानो इलाका प्रहरी कार्यालयबाट पुनः..

निगमका कार्यकारी अध्यक्ष अधिकारीले बुझाए स्पष्टीकरण

२० चैत । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्पष्टीकरण बुझाएका छन् । प्राधिकरणले गत चैत १३ गते २७ बुँदामा सातदिने स्पष्टीकरण सोधेको थियो । निगमका कार्यकारी अध्यक्ष अधिकारीले हिजो (सोमबार) स्पष्टीकरणसहितको पत्र बुझाएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । निगमका कार्यकारी अध्यक्षले पठाएको पत्रको अध्ययन गरेर थप निर्णय गर्ने सहप्रवक्ता भुलले बताए । “हिजो (सोमबार) स्पष्टीकरण पत्र आएको छ । चित्तबुझ्दो..