प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदै

६ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि तय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने उल्लेख छ । यो कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा..

एन्फा महिला लिग छनोटको मिति परिवर्तन, चैत २५ गतेदेखि वैशाख १ गतेसम्म

५ चैत, काठमाडौँ । एन्फा महिला लिग छनोटको मिति परिवर्तन भएको छ। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने कार्यक्रमसँग समयतालिका जुधेसँगै महिला लिग छनोट दुई साता पर धकेलिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो। वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले चैत २५ गतेदेखि वैशाख १ गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी गरेको छ। यसअघि महिला लिग छनोट चैत्र २३ गतदेखि हुने तय थियो। अब वैशाख ७ गतेबाट..

इलाम–२ मा हुने उपनिर्वाचनका लागि एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

५ चैत, इलाम । इलाम–२ मा वैशाख १५मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय बैठकले ६ जनाको नाम सिफारिस गरेको हो । सिफारिस हुनेमा सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, रिपल राई र देवी क्षेत्री दुलाल रहेका छन् । शनिबार पार्टी कार्यालय इलाममा आकांक्षीहरू बीच..

लिभरपुलविरुद्ध ४–३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

५ चैत । रोमाञ्चक खेलमा लिभरपुलविरुद्ध ४–३ को जित निकाल्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन स्कट म्याकटोमिने, एन्टोनी, मार्कुस रासफोर्ड र एमाद डियालोले गोल गरे । लिभरपुलका एलेक्सिस म्याक एलिस्टर, मोहमद सालाह र हार्भी एलिओटले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । १०औँ मिनेटमा म्याकटोमिनेले गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेका थिए । ४४औँ मिनेटमा एलिस्टरले..

रुसको राष्ट्रपतिमा फेरि भ्लादिमिर पुटिनको जित सुनिश्चित

५ चैत । रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । रुसमा राष्ट्रपति पदका लागि गत शुक्रबारदेखि आइतबारसम्म तीन दिन चुनाव भएको थियो । सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जो रुसको सोभियत इतिहासकै सबैभन्दा ठूलो परिणाम हो..

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय..

एसियन छनोटमा स्वर्ण जित्दै पारा ओलम्पिकमा छनोट भइन् पलेशा गोबर्धन

४ चैत । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिकमा पलेशा गोबर्धन छनोट भएकी छिन् । चीनमा भएको छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशा पारा ओलम्पिकमा छनोट भएकी हुन् । चीनमा भएको एसियन छनोटमा तेक्वान्दोकी पलेशाले महिला ५७ केजीमा स्वर्ण जितेकी हुन् । पलेशा प्यारालिम्पिक्समा प्रतिस्पर्धाबाट छनोट हुने पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । नेपाली खेलकुदमा दीपक विष्ट र संगिता वैद्यले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका छन् । ओलम्पिकका बाँकी..

पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा पोखराको ब्रान्डिङ हुन्छः प्रधानमन्त्री प्रचण्ड

४ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा पर्यटकीय राजधानी घोषणा भएसँगै विश्व बजारमा यसको ब्रान्डिङ हुने बताएका छन् । आइतबार पर्यटकीय राजधानी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री दाहालले पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेश र मुलुककै पर्यटन प्रवद्र्धनमा यो अभियानले महत्त्वपूर्ण योगदान गर्ने बताएका हुन् । पोखरा नेपालका मुख्य शहरमध्ये बहुआयमिक विशेषता र विशेष सम्भावनायुक्त भएको उनको भनाइ छ । उनले भने ‘सुन्दर हिमश्रृङ्खला, तालतलैया, मन्दिर, गुम्बा, मस्जिद,..

एकतर्फी प्रेमपछि हत्या

४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको घटनामा प्रहरीले एक हप्तापछि आरोपितलाई पक्राउ गरेको छ । स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका गोकर्णेश्वर नगरपालिका–३ कै २१ वर्षीय रुपेन्द्र लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । २४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको..

पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न अर्थमन्त्री पुनको निर्देशन

४ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन् । आइतबार नागरिक लगानी कोषको ३४औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् । उनले लगानी कोषले दीर्घकालीन महत्त्वका पूर्वाधार निर्माण, रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी–कमजोरीलाई भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धतासहित अघि बढ्न उनले सुझाव दिए । उनले..