कैलाश सिरोहिया अस्पताल भर्ना

१२ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो । प्रादेशिक अस्पतालमा भएको चेकजाँचको क्रममा मुटुमा समस्या देखिएपछि गए राति नै उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा..

केपी शर्मा ओलीले गरे एशियन हाइवेको शिलान्यास

१० जेठ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब विदेशका ठुला र चिल्ला सडक अनि टाढा टाढा गएर ‘सेल्फी’ खिचेर पोस्ट गर्ने दिनको अन्त्य भएको बताएका छन् ।आज झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गीमा एशियन हाइवेमा पर्ने पूर्व पश्चिम राजमार्गको काँकरभिट्टा—लौकही सडकखण्डको स्तरोन्नति कार्यक्रमको शिलान्यास समारोहमा बोल्दैं पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले हामीले विदेशमा देखेका ठुला चिल्ला सडक अब नेपालमै देख्न पाइने तर, त्यसका लागि केही समय धैर्य गर्नुपर्ने..

निक्की हेलीको समर्थन ट्रम्पलाई

१० जेठ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार बन्ने दौडबाट पछि हटेकी निक्की हेलीले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेकी छन् । हेली ट्रम्प राष्ट्रपति हुँदा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् । उनी गत मार्च महिनाको सुरुवातमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । त्यतिबेला उनी ट्रम्पको पक्षमा खुलेकी थिइनन् । तर बुधबार भने उनले राष्ट्रपतिका अर्का उम्मेदवार जो बाइडनको आलोचना गर्दै ट्रम्पलाई भोट हाल्ने बताइन् ।..

प्रधानमन्त्रीलाई सम्पादकहरूको ५ बुँदे संयुक्त पत्र

९ जेठ, काठमाडौं । कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्‍यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् । सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरुले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्नसमेत उठाएका छन् । ‘जुन परिस्थितिमा,..

नेपालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्तित्व खतरामा पर्ने भन्दै चौधरीले गरे चिन्ता

९ जेठ । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिंदा बङ्गलादेशको अस्थित्व नै खतरामा पर्ने चिन्ता व्यक्त गरेका छन् । हिमालमा जलवायु परिवर्तनले गरेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण हिमालमा बढी असर परेको र हिमालको हिउँ पग्लिंदा बङ्गालादेशमा बाढीलगायत समस्या सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले..

बालबालिकालाई ओलीले भने- ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ बनाऔं

९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ आफूमा सानैदेखि रहेको बताउनुभएको छ। मंगलबार गृह जिल्ला झापाको सुरुंगामा आयोजित ‘बासँग बालबालिका कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अभिभावको ओहोदा र मर्यादाबाट नभएर आफ्नै संघर्षले अघि बढेको मानिस भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘तपाईहरु जत्तिक्कै ट्यालेन्ट थिएँ भन्ने दाबी गर्दिनँ, तर मसँग आत्मविश्वास चाहिँ थियो म केही गर्न सक्छु, गर्नुपर्छ भन्ने थियो,..

फिनल्याण्डद्वरा नेपाललाई एक अर्ब ८७ करोड अनुदान सहयाेग

८ जेठ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका हुन् । गत ३ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सहयोग रकम स्वीकार गर्ने निर्णय गरेको थियो..

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति सार्वजनिक

८ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन..

गृहमन्त्री रवि लामिछानेको सम्पत्ति सार्वजनिक

८ जेठ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो । विवरणअनुसार, लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ । उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ । पैतृक सम्पत्तिबाट प्राप्त..

गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको बालेनले गरे नाम सार्वजनिक

७ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरू १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेको बताएका छन् । यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५०..