मुख्य समाचार
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ
४ जेठ । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले शपथ खुवाएका हुन् । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले पाँच जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्रीमा लिलावलल्भ अधिकारी नियुक्त भएका छन् । यस्तै, भौतिक पूर्वाधार विकास..
ओली भन्छन्- संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो
४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभाको बैठकबारे शुक्रबार अध्यक्ष ओलीले कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको ‘रो’मा आएको बताएका हुन् । उनले भने, ‘कांग्रेसहरूले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको ‘रो’भित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने गरे । यो खालको सभ्य व्यवहार भएन । म आफ्नो ठाउँमा बसेको थिएँ..
सन्दीपलाई विश्वकपमा लैजान पहल सुरु, फिटनेस टेस्ट लिइने
३ जेठ । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई टी २० विश्वकपमा लैजान पहल सुरु गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग एक जना खेलाडी प्रतिस्थापनका लागि अनुमति माग्दै पत्राचार गरिएको क्यान स्रोतले बतायो । आईसीसीले दिएको डेडलाइनमा नेपालले १५ सदस्यीय टीम घोषणा गरिसकेको छ । सो टीम अमेरिका प्रस्थान गरेर अहिले अभ्यास म्याचहरू खेलिरहेको छ । सन्दीप भने जिल्ला अदालतबाट दोषी..
शिवसताक्षी मेयर कप- वडा नं. ११ र ९ सेमी फाइनलमा प्रवेश
३ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल अन्तर्गत बुधबार भएको खेलमा वडा नं. ९ र वडा नं. ११ सेमी फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा वडा नं. ७ लाई १–० गोल अन्तरले हराउँदै वडा नं.९ सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ९ का टिम क्याप्टेन प्रनिष फागो घोषित भएका छन् । त्यस्तै बुधबार नै भएको दोस्रो खेलबाट शिवसताक्षी..
कोशीमा आजै नयाँ सरकार गठनको आव्हान गरिँदै
२६ बैशाख । कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ । एमाले–माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् । कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । नयाँ सरकार गठनको आव्हानलगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए..
सुहाङले गरे शपथ ग्रहण
२६ वैशाख । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको सभाहलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् । सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिह्न प्रदान गरेका थिए । सो अवसरमा सचिवालयका कर्मचारीहरूले सांसद नेम्वाङलाई नेपालको संविधानरऐनरनियमका सामग्री प्रदान गरेका थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख..
सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
२६ वैशाख । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् । शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ । १५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा..
सुनकोशी–मरिण डाइभर्सन आयोजनाका बाँकी काम निर्धारित समयमै सक्न प्रधानमन्त्रीले दिए निर्देशन
२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रुलाई प्रत्यक्ष अवलोकन गर्न सिन्धुली पुगेका प्रधानमन्त्री प्रचण्डले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्ने गरी काम गर्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री, मन्त्री लगायतको उपस्थितिमा आज बिहान साढे १० बजे सुरुङ ब्रेक थ्रु गर्ने तयारी छ..
नेपाललाई विश्व बैंकद्वरा १० अर्ब ६९ करोड ऋण स्वीकृत
२५ बैशाख । विश्व बैंकले नेपालका लागि थप ८ करोड (१० अर्ब ६९ करोड रुपैयाँ) अमेरिकी डलर बराबरको विकास नीति ऋण स्वीकृति गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व बढाउन, वित्तीय साधनको विविधीकरण र वित्तीय सेवामा पहुँच बढाउन यो सहायता प्रयोग गरिने भएको छ । यो सहायता परिचलानबाट नेपालको बैंकिङ तथा बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । महिला उद्यमीलाई केन्द्रित गर्दै प्रविधि..
चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
२५ बैशाख, माङसेबुङ । इलामको माङसेबुङ ६ स्थित चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखा सहित एञ्जल फाउण्डेशन उर्लावारी र जीवन विकास पब्लिक हेल्थ सेन्टर कटहरिको संयुक्त आयोजनामा वैशाख २८ गते शुक्रवार शिविर सञ्चालन हुने भएको हो । शिविरमा सुगर, प्रेसर, दम, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका विभिन्न रोगहरुको जाँच तथा उपचार सेवा रहेको जीवन विकास पञ्चमी..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७