मुख्य समाचार
करेण्ट लागेर शिवसताक्षीमा १८ महिने बालकको मृत्यु
२५ बैशाख, शिवसताक्षी। झापाको शिवसताक्षीमा करेण्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेण्ट लागेर गम्भीर घाइते भएका थिए। बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको उनले..
उपचुनावको नतिजा मिसन ०८४ को सफलताको संकेत होः ओली
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपचुनावको नतिजा मिसन ०८४ को सफलताको संकेतको रुपमा भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उपचुनावमा दुवै सिट एमालेले जितेको स्मरण गरे । १५ वैशाखमा प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनाव एमालेले जितेको थियो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न चाहेको भन्दै उनले भने, ‘उपचुनावको जतिजा..
असोक राईको नेतृत्वमा पार्टी विभाजनका लागि दिइएको निवेदन अवैधानिक छः मनीष सुमन
२४ वैशाख, काठमाण्डौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ । आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो । जसपा प्रवक्ता मनीषकुमार सुमनले आज विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् । ‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै..
संसदमा हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बनेः केपी ओली
२४ वैशाख, काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्को अङ्कगणितको कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्री बन्न सक्ने बताएका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै पुरानो त्यागको अवमूल्यन मात्रै होइन नभई त्यसलाई अपमान गर्ने प्रवृत्ति बढेको बताए । उनले भने– अहिले हाहाहुँहुँ गरेको भरमा जनप्रतिनिधि भइरहेका छन्, हाहाहुँहुँ भएकै भरमा मन्त्री पनि भइएकै छन्। बहुमत कसैको छैन । यसलाई मिलाऊ कि..
वेस्टइन्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित
१९ बैशाख । नेपाल तेस्रो टी २० खेलमा वेस्टइन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले २–१ को अग्रता लिएको छ । जोनसनको शतकमा २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए..
प्रधानमन्त्री प्रचण्ड भन्छन्- युवालाई देशमै रोजगारी दिन सरकार क्रियाशील छ
१९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेसमेत बताएका छन् । ‘नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन..
ओलीले भने- कोशी साझा नाम हो, भुलभुलैयामा नपर्नुस्
१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् । इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् । ‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ,’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ ओलीले कोशी..
सुहाङ नेम्बाङ भन्छन्- ०८४ मा भोट माग्नै नपर्ने गरी काम गर्नेछु
१८ वैशाख । इलाम २ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम २ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् । ‘म कसैलाई गाली गर्नेछैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाइ आफूले राम्रो काम गर्नेछु,’ उनले भने, ‘०८४ को चुनावमा भोट..
इलामको विजय सभालाई ओलीले सम्बोधन गर्ने
१८ वैशाख। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले आज विजय सभा आयोजना गर्दै छ । विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने छन् । विजय सभा दिउँसो १ बजे आयोजना हुने र पार्टी अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने नेकपा एमाले इलामका सचिव उमेश गुरुङले बताए । गत वैशाख १५ गते भएको उपनिर्वाचनको मत गणना मंगलबार बिहानपख सकिएको थियो ।..
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
१८ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७