समाज

कम्युनिष्टसंग सहकार्य गरिराखे कांग्रेसको अस्तित्व संकटमा पर्नसक्छः शेखर कोइराला
१६ पौष, काठमाण्डौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व संकटमा पर्नसक्ने बताएका छन् । प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए । उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौं भन्ने डर छ । बीपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्नुहुन्थ्यो । त्यो तीवटा कुरालाई लिएर कांग्रेस अघि बढ्यो भने समाप्त हुँदैन । तर, अहिले हामी जसरी जाँदैछौं केन्द्रीय..

पहिचानवादीद्धारा मेची राजमार्ग बन्दको घोषणाः बुलेटको रिहाई र पाथिभरामा केबलकार बनाउने निर्णयको विरोध
१६ पौष, इलाम । कोशी प्रदेश नामाङ्कनविरुद्ध लामो समयदेखि आन्दोलनरत पहिचानवादी समूहले मेची राजमार्ग बन्दको घोषणा गरेको छ । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले बुलेट किराती भनिने अन्जेश राईको रिहाईको माग गर्दै पुस १८ र १९ गते राजमार्ग बन्दको आह्वान गरेको हो । समितिले मंसिर ३० र पुस १ गते आह्वान गरेको आन्दोलनको क्रममा इलामको रोङ गाउँपालिका–४, किटनीस्थित पराल बोकेको गाडीमा आगजनी गरिएको थियो । आगजनी गरेको..

नयाँ बर्षको पहिलो दिन जापानमा ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प
१६ पौष, काठमाण्डौँ । जापानमा ७ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । मध्य जापानको पश्चिम भागमा गएको भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । जापानमा भूकम्प गएको समुन्द्र तटीय क्षेत्रका वासिन्दालाई तत्काल स्थानबाट बाहिर जान भनिएको छ । इसिकावा, निगाता, तोयामा र यामागाता प्रिफेक्चरमा सुनामीको चेतावनी दिइएको छ । जापानी टेलिभिजन एनएचकेका अनुसार नोटो प्रायद्विपमा ५ मिटर अग्लो सुनामी जान सक्ने आकलन गरिएको छ ।

साउदी जाने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य
१६ पौष, काठमाण्डौँ । साउदी अरबले वैदेशिक रोजगारीका लागि आउने नेपाली श्रमिकलाई बायोमेट्रिक अनिवार्य गराएको छ । आजदेखि लागू हुनेगरी नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक अनिवार्य गराएको हो । यसअघि नेपालबाट भिजिट भिसा र पारिवारिक भिसामा मात्रै बायोमेट्रिक थियो । आजदेखि भने वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि समेत बायोमेट्रिक अनिवार्य गरेको हो । दूतावासको उक्त कदमप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको छ । साउदी दूतावासले आर्थिक भार पार्न खोजेको..

मोरङमा जंगली हात्ती गोली हानी मारेको अवस्थामा मृत फेला
१६ पौष, मोरङ । मोरङको सुन्दरहरैंचामा जंगली हात्ती गोली हानी मारेको अवस्थामा मृत फेला परेको छ । सुन्दरहरैंचा नगरपालिका १० स्थित जनजागरण सामुदायिक वनमा करिव १२ वर्षको जंगली हात्ती मृत फेला भेटिएको हो । घटना स्थलमा रहेका स्थानीय दिनेश गिरीका अनुसार मृत हात्तीको टाउकोको भागमा गोली हानेको देखिन्छ । मृत हात्ती भेटिएको स्थानमा रगत पनि बगेको छ । प्रहरी स्रोतका अनुसार सिकारीको समूहले गोली हानेर मारेको जस्तो देखिन्छ । हात्ती..

राज्य व्यवस्था समितीको बैठकमा गृहमन्त्री श्रेष्ठको राजिनामा माग
१६ पौष, काठमाण्डौँ । राज्य व्यवस्था समितीको बैठकमा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरिएको छ । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्। छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । घटनाको छानबिनका लागि समिति पनि बनेको र तलका मान्छेलाई कारबाही पनि गरिसकेकाले अब गृहमन्त्रीले राजिनामा दिदा राम्रो हुने उनले बताए । विदेश गएर काम गरेर खान्छु..

दमकमा श्रीमानको खुुकुरी प्रहारबाट श्रीमतीको हत्या
१४ पौष, झापा । झापाको दमकमा आफ्नै श्रीमानले खुुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । दमक २ त्रिवेणी टोलमा बसोबास गर्ने धने लाम्गादेले आज दिउसो रतुवा खोला किनार काम गरिरहेकी आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार श्रीमतीको घटना स्थलमै मृत्यु भएको छ । खुकुरी प्रहार गर्ने लाम्गादेलाइ नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यलय दमकले बताएको छ । हत्याको कारणमा थप अनुसन्धान भईरहेको..

इलाममा चासोक तङनामः १५ गते राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम
११ पुष, इलाम । किराँतहरूको महान् पर्व चासोक तङनाम अर्थात् ‘न्वागी पूजा’ इलामका विभिन्न स्थानमा धूमधाम साथ मनाइँदै छ । राई, लिम्बु, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमाका दिनमा नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आ-आफ्ना आस्थाका भगवानलाई चढाएर न्वागी पूजा गर्दे मनाइने चलन छ । प्रत्येक वर्ष मङ्सिर पूणर्िमाको दिन मनाइने यो चाडलाई हिन्दुले धान्य पूर्णिमा, किराँत याक्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बुले चासोक र राईले उँधौली पर्वका रूपमा..

शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइयो लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम
११ पुष, शिवसताक्षी । लिम्बु जातिहरुको मौलिक पर्व चासोक तङ्नाम शिवसताक्षीको दूधेमा भव्यताका साथ मनाइएको छ । प्रकृतिक पुजकको रुपमा मान्दै आएको चासोक तङ्नाम (न्वागी पुजा) शिवसताक्षीको दूधेमा विविध कार्यक्रम गरी मनाइएको हो । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षी नगर समितिको आयोजनामा निर्माणधिन दुधे रंगशालामा चासोक तङ्नाम पर्व मनाइएको किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका विरबल जवेगुले बताए । चासोक तङ्नाम कार्यक्रममा बोल्दै संघीय सांसद एलपी साँवा लिम्बुले सबै समुदायहरुलाई एकै स्थान जम्मा..

‘क्रिसमस डे’ को परम्परा र इतिहास
९ पुष । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबभन्दा पहिले ईपू ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवशको अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् । बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको..