
१६ पौष, काठमाण्डौँ । राज्य व्यवस्था समितीको बैठकमा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गरिएको छ । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन्।
छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।
घटनाको छानबिनका लागि समिति पनि बनेको र तलका मान्छेलाई कारबाही पनि गरिसकेकाले अब गृहमन्त्रीले राजिनामा दिदा राम्रो हुने उनले बताए । विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हान्न लगाउने मन्त्रीले राजीनामा दिदा नै राम्रो हुने भन्दै उनले गृहमन्त्रीले राजिनामा दिनु पर्ने बताए ।
छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।
उनले भने( तपाईँले राजीनामा दिएपछि मात्रै छानबिन समितिले राम्रोसँग काम गर्न सक्छ । समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्नुपर्छ कि सरकाले गोली हान्नुपर्छ रु ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? रोजगारका लागि विदेश जान पाउनुपर्छ भनेर भन्नेलाई मार्न मिल्छ ?


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७