समाज

चियाको निर्यात ८१ प्रतिशतले घट्यो
२१ मंसिर, इलाम । गत आर्थिक वर्ष २०७९/०८० को पहिलो चारमहिनाको तुलनामा पूर्वी काँकरभिट्टा नाका भएर हुने चियाको निर्यात चालु आर्थिक वर्ष ०८०/०८१ को सोहि अवधिमा १८ दशमलव ८१ प्रतिशतले कमि आएको छ । विभिन्न समयमा भएका मजदुर आन्दोलन तथा नेपालमा उत्पादित चिया नेपाली बजारमै खपत र अन्य देशबाट आयात कम भएका कारण नै नेपाली चियाको निर्यात कम भएको अनुमान सरकारी अधिकारीहरुको छ । पछिल्लो समय चिया निर्यात कम हुनुको..

नक्कली भुटानी शरणार्थी प्रकरणः ६ जना कारागार मुक्त
२१ मंसिर, काठमाण्डौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा..

आइएमईको संयुक्त चार शाखाको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन
मङसिर २१, दमक । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिको दमक शाखा सहित पथरी, गौरदह र उर्लाबारी शाखाको संयुक्त आयोजनामा ब्रान्सस्टार अवार्ड कार्यक्रम सम्पन्न भएको छ । बुधवार दमक-८ स्थित केबिआर होटलको सभाहलमा आयोजित अवार्ड कार्यक्रम आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका दमक शाखा प्रमुख ङिमा शेर्पाको अध्यक्षतामा तथा आइएमई लाइफ इन्स्योरेन्स कम्पनिका प्रदेश प्रमुख मिलन दाहालको प्रमुख आतिथ्यता सहित प्रदेश उप-प्रमुख ओम प्रकाश राई र कम्पनिको तालिम विभाग प्रमुख सुनिल कुमार आचार्यको..

एनसेलको ८० प्रतिशत शेयर बेलायती कम्पनीले किन्यो
१६ मंसिर, काठमाण्डौँ । एनसेलको माउ कम्पनी मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालमा रहेको आफ्नो ८० प्रतिशत शेयर बिक्री गरेको जनाएको छ । बुधबार मात्रै एनसेलको स्वामित्वमा रहेको ८० प्रतिशत शेयर बेचेर नेपालबाट निस्किने निर्णय गरेको आजियाटाले आज एक बेलायती कम्पनीलाई शेयर बेचेको हो । आजियाटाले बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको हो । सन् २०१६ मा स्विडेनको टेलियासोनेरासँग रेनोल्ड कम्पनीबाट १ खर्ब ४३ अर्बमा किनेर नेपाल भित्रिएको आजियाटाले साढे..

काँकडभिट्टा नाकाबाट तीन महिनामा निर्यात भन्दा पाँच गुणा धेरै तरकारी आयात
११ मंसिर, झापा । झापाको पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२..

इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला सुरु
१० मंसिर, इलाम । इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्र्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला आजबाट सुरु भएको हो । मेलाको पहिलो दिन आज बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल सुरु छ । धाम आसपासमा अस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल..

माईमा एमालेको सम्मान कार्यक्रम सम्पन्नः ८ सय ६३ जना ज्येष्ठ नागरीक सम्मानित
१० मंसिर, इलाम । नेकपा एमाले माई नगर कमिटीले देउसी भैलो तथा विभिन्न चाड पर्बको शुभकामना आदन प्रदान तथा जागरण सम्मान कार्यक्रम एवंम माई नगर कमिटी कार्यालय निर्माण अभियानको आज समापन गरेको छ । समापन कार्यक्रमका अबसरमा ज्येष्ठ नागरिक सम्मान, जग्गादाता सम्मान, खेलाडी सम्मान सहित शुभकामना आदन–प्रदान गरिएको हो । गत कार्तिक २६ गते देखि माई नगरका वडा वडामा देउसी कार्यक्रम सहित ज्येष्ठ सम्मान कार्यक्रम सन्चालन गरिएको थियो । सम्मान..

सूर्याेदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि मानहुँकोटका होटल खचाखच
१० मंसिर, तनहुँ । सूर्याेदय र सूर्यास्त हेर्ने पर्यटक बढेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटका होटल खचाखच भएका छन् । सूर्याेदयपछि देखिने बादलको दृश्य हेर्न दुई दिन अघिदेखि नै होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीको भनाइ छ । असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतले बताए । आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको..

सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने
१० मंसिर, काठमाण्डौँ । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनेको छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिएका हुन् । लगानी सम्मेलन आयोजना गर्नका लागि..

इलामको पाटेनागीमा भेटियो दुर्लभ चस्मे उलुक
९ मंसिर, इलाम । इलाममा दुर्लभ चस्मे उलुक (ब्राउन उड उल) फेला परेको छ । इलाम नगरपालिका–३, पाटेनागीमा दुर्लभ चस्मे उलुक फेला परेको हो । वाइडलाइफ फोटोग्राफर देवेन खरेल चरा खोजीको क्रममा पुवामझुवाको चैतेमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् । इलामबाट पाटेनागीको मुख्य पर्यटकीय क्षेत्र जाने बाटैमा खरेलले यो चराको तस्बिर खिचेका हुन् । उनले एक दुर्लभ र किसानको सहयोगी चरा यहाँ भेटिनुलाई ‘महत्वपूर्ण उपलब्धि’ मानेका छन् ।..