समाज

बुद्धशान्तिबाट ब्राउन सुगरसहित २ जना पक्राउ
१४ चैत, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–१ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय ३४ वर्षीय श्याम सुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषधसहित पक्राउ परेका दुवै जनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको..

अदुवा खेतीले इलामका किसानको जीवनस्तरमा परिवर्तन ल्याउँदै
१४ चैत, फिक्कल । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका रत्न लिम्बूले गत वर्ष अदुवा बेचेर रू १२ लाख आम्दानी गरे । अदुवा (बच्चा) प्रतिमन..

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा
१४ चैत, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो। उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए। यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले खेतीयोग्य जमिन मासेर अम्रिसो लगाएका थिए तर कुचोको मूल्य घट्यो। ३० क्विन्टल कुचो बिक्री..

पाल्पामा पँधेरोमा नुहाउन गएकी युवतीको हत्या
१४ चैत, बुटवल । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका..

सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएनन्
१३ चैत । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएका छैनन् । आइतबार वेपत्ता भएका बालबालिका मंगलबार मध्यान्हसम्म नभेटिएको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि सोमबार र मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको गोताखोरेले खोजी गर्दा समेत नभेटिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थााले जानकारी दिए । वेपत्ता ३ बालबालिकाको खोजी गर्न कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको थियो ।..

कोहलपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
१३ चैत, बाँके । बाँकेको कोहलपुरमा पत्नी हत्याको आरोपमा एक युवक पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा डेरा गरी बस्दै आएका २२ वर्षीय अनिल बिक पत्नी हत्याको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बर्दियाको बाँसगढी– ४ घर भइ हाल कोहलपुर–१४ मा बस्दै आएका बिकले गए राति १० बजे २१ वषीया श्रीमती सुशीला सुनारको हत्या गरेका जिप्रका बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए । ‘घरायसी विवादमा..

शिवसताक्षीमा होलीको रंग पखाल्न कन्काई नहरमा पसेका १५ बर्षीय बालकको मृत्यु
१२ चैत, झापा । होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । झापाको शिवसताक्षी–११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ श्रृष्टि टोल बस्ने १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको हो । उनी शोमबार दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न गएका थिए । अरुले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी..

निजी विद्यालयका शुल्कमा कडाइ गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र
१२ चैत, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी निजी तथा संस्थागत विद्यालयले निःशुल्क शिक्षाका सम्बन्धमा लागु गर्नपर्ने कानुनी व्यवस्थाहरु कार्यान्वयमा कडाइ गर्न स्थानीय तहलाई निर्देिशत गरेको हो । विभिन्न नाममा जथाभावी शुल्क असुल्ने काम रोक्न समेत आग्रह गर्दै सबै स्थानीय तहलाई मन्त्रालयले पत्र लेखेको..

बिश्वाशिलो साकोस दमकले गर्यो बालआश्रमलाई २१ हजार सहयोग
१२ चैत, झापा । झापाको दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमबीच दमकस्थित बाल आश्रमका बालबालिकाहरुसंग होली मिलनसहित नगद २१ हजार सहयोग हस्तान्त्रण गरेको छ । बिश्वाशिलो साकोसले सोमबार आफ्नो १३औं स्थपाना दिवसको अवसर पारेर दमक–९ मा रहेको बाल आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकाहरुलाई होली मिलन कार्यक्रम गर्नुका साथै आश्रमलाई नगद २१ हजार सहयोग हस्तान्त्रण गरेको हो । आश्रममा २९ जना बालबालिकाहरु आश्रित छन्..

शान्ति समाजले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा
१२ चैत, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं..