रोङ प्रतिभाको खोजी गरिने

१९ चैत, इलाम । इलामको रोङ गाउँपालिकाले लुकेर रहेको प्रतिभाहरुको खोजी गर्ने भएको छ । गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका साहित्य, गायन, नृत्य, क्यारिकेचर जस्ता कला भएका तर बिभिन्न कारणले आफूसँग रहेका कलाहरुलाई बाहिर निकाल्न नसकेका प्रतिभाहरुको खोजी गर्न कार्यपालिकाको बैठकले रोङ प्रतिभाको खोजी निर्देशिका २०८० जारी गरेको छ । लुकेर रहेको कला बाहिर निकाल्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए । ‘भनिन्छ आगोके सानो झिल्काले भयावह डढेलो..

बिर्तामोड नगरका २ हजार परिवारको निःशुल्क स्वास्थ्य वीमा

१९ चैत, झापा । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले जानकारी दिनुभयो । पहिलो चरणमा हरेक वडाबाट १–१ सय परिवारको बीमा गरिएको थियो । दोस्रो चरणमा थप १–१ सय परिवारको बीमा गरिएको तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा १ हजार..

‘इष्टर सण्डे’ को अवसरमा दमक नगर सरसफाई

१९ चैत, झापा । यशु ख्रीष्ट पुनरुत्थान दिवस (इष्टर सण्डे) को अवसर पारेर आज शोमबार झापाको दमकमा इसाई धर्मालम्वीहरुले दमक नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । दमक नगर इसाई समाजले आयोजना गरेको ख्रीष्ट पुनरुत्थान दिवसमा सोमबार विहान दमक बस पार्कसहित विभिन्न स्थानमा सरसफाई गरिएको छ । बसपार्कमा एक संक्षिप्त कार्यक्रमबीच दमक नगर सरसफाईको शुभारम्भ गरिएको थियो । दमक नगर इसाई समाजका अध्यक्ष पाष्टिर आकाश थुलुङ राईको अध्यक्षतामा र दमक–६..

अस्कलमा अखिल र क्रान्तिकारीका विद्यार्थीबीच झडप

१९ चैत, काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । आइतबार साँझ भएको झडपमा क्रान्तिकारीमा आबद्ध दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेहरुमा अखिल क्रान्तिकारी अस्कल क्याम्पसका इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा छन् । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए..

१२ दिनअघि दुर्घटनामा परेका बुद्धशान्तिका न्यौपानेको उपचारका क्रममा मृत्यु

१९ चैत, झापा । १२ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते भएका झापा बुद्धशान्ति ५ का ४३ वर्षीय गोविन्द न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत ६ गते राति १२ः३० बजेको समयमा बुद्धशान्ति ५ खारखोलास्थित मदन भण्डारी राजमार्गमा बुधवारेबाट खारखोलातर्फ जाँदै गर्दा प्र १–०१–०१६प ३५२१ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक न्यौपाने गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो ।..

बाल सुधारगृहमा विद्यालयको व्यवस्था गर्न कांग्रेस सचेतक थिङको माग

१८ चैत । नेपाली कांग्रेसका सचेतक सुशीला थिङले बाल सुधारगृहमा तत्काल विद्यालयको व्यवस्था गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् । “बाल सुधारगृहमा विद्यालय सञ्चालन गर्नुपर्छ कि पर्दैन ? तत्काल बालसुधार गृहमा विद्यालय सञ्चालन गरियोस्,” उनले भनिन् । नेपालमा आठ बाल सुधारगृह छन् । सरकारले सञ्चालन गरेका चार बाल सुधारगृहमा विद्यालय नभएको उनले जानकारी गराइन् । उनले कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूको टोलीले..

कमलमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

  १७ चैत, झापा । झापा जिल्लाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो । छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताउनुभयो । लिम्बू परिवार केही वर्षदेखि रतुवामाई..

आफूँ स्थानीय उम्मेदवार भएकोले आफूँले जित्ने मिलन लिम्बुको दाबी

१७ चैत, इलाम । राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुले आफू स्थानीय उम्मेदवार रहेकोले निर्वाचित हुने दाबी गरेका छन् । शनिबार इलामको चोक बजार लाँकुरी चौतारामा रास्वपाले गरेको उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै उनले इलामको माटोमा जन्मिएको बताउँदै इलामको माटोको टिका लगाएर संसद् भवन छिर्ने बताए । लिम्बुले आफू इलामको अकबरे, अदुवा र अग्र्यानिक अर्थाेडक्स चियाको उम्मेदवार रहेको उल्लेख गरे । उनले भने– ‘इलामको..

बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ पुग्यो

१५ चैत, झापा । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोजपड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासंग अभिमुखिकरण कार्यक्रममा कुष्ठरोगीको संख्याका बारेमा जानकारी गराईएको हो । स्वास्थ्य कार्यालय झापाका निमिक्त कार्यालय प्रमुख रमेश बाराकोटीले विगत ५ वर्षमा बिर्तामोडका दश वटै वडामा पहिचान भएका कुष्ठरोगीको संख्या १ सय..

जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षीमा ६० बर्षीय पवित्रा भेटवालको निधन

१५ चैत, झापा । जङ्गली हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिका–११ निवासी ६० बर्षीय पवित्रा भेटवालको निधन भएको छ। हात्तीले कुल्चीएर लछारपछार पार्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शिवसताक्षी–११ स्थित दुधेबाट उत्तर रतुवामाई बृक्षारोपण आयोजनाको बनमा श्रीमानसंग घाँस दाउरा गर्न गएकी भेटवाललाई करिब ५ः४५ बजे हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनका श्रीमान ६२ बर्षीय दिलिप भेटवाल घाइते भएका छन् । उनको मुख, हात र..