समाज

बैठकमा प्रचण्ड र जनार्दन शर्मा आमनेसामने
१ भदौ, काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले पार्टीका उपमहासचिव जनार्दन शर्मासँग लामो समयदेखि संगत गरेको भन्दै दुवै नेताको स्वभावक कहिलेकाहीँ अगुल्टो ठोस्सिएझैं ठोसिने गरेको स्पष्ट पारेका छन् । रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘कमरेड प्रभाकरसँग मेरो सम्बन्धको कुरा गर्दा उहाँसँग भेट भएदेखि अहिलेसम्म हामी अक्षुण्ण रुपले सँगै छौं..

नेपालमा हेरिने टप १० टेलिसिरियल
१ भदौ, काठमाण्डौँ । कुनै समय थियो, परिवारका सदस्यहरु एकसाथ नेपाली सिरियल हेर्ने गर्थे । त्यो समय सबैको हातमा मोबाइल हुँदैन थियो । इन्टरनेटको पहुँच अहिले जस्तो थिएन । नेटवर्कको समस्याका कारण टीभी झ्यारझ्यार नै आए तापनि एन्टिना घुमाउँदै मेरी बाँस्सै, तीतोसत्य, मदनबहादुर-हरिबहादुर आदि सिरियलले धेरैको दिनभरिको थकान मेटाउँथ्यो । तर समयसँगै माहोल बदलियो । प्रविधिको द्रुत विकास भयो । हरेकको हातमा मोबाइल फोनको पहुँच भयो । हरेकको घरमा ल्यापटप, कम्प्युटर..

बेलबारीमा जंगली हात्तीको छावा मृत फेला
२९ साउन, मोरङ । मोरङको बेलबारीमा जंगली हात्तीको बच्चा (छावा) मृत फेला परेको छ । बेलबारी नगरपालिका–३ करमडाँडामा मंगलबार बिहान साढे ५ बजेतिर छावा मृत फेला परेको हो । योसँगै पछिल्लो सात महिनामा मोरङ मात्रै ३ वटा जंगली हात्ती मरेका छन् । यसअघि सुन्दरहरैँचा नगरपालिका–६ र १० मा हात्ती मृत भेटिएको थियो । सुन्दरहैचा ६ मा गत ३० जेठमा भाले छावा मृत भेटियो थियो । १६ पुस २०८० मा सुन्दरहरैंचा–१०..

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा
२९ साउन, झापा । झापामा भूमिगत जलसिँचाइ आयोजनाबाट सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०–८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर किसानको जमिनमा सिंचाईको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय..

कोशीको प्रदेशसभा बैठक एक महिना देखी अनिश्चित
२९ साउन, विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठक अनिश्चित बनेको छ । गत ८ असारमा प्रदेशको बजेट पास भएपछि स्थगित बैठक अनिश्चित बनेको हो । नेकपा माओवादी केन्द्रले भने तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । १ असारमा प्रदेशसभामा पेश भएको बजेट ८ असारमा पारित भएको थियो, बजेट पारित भएपछि सभामुख अम्बरबहादुर विष्टले अर्काे सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरेका थिए । बजेट पास भएलगतै राजनीतिक समीकरण..

इलाम घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि
२८ साउन, इलाम । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०।८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०।८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना..

झापामा रैथाने हात्तीको सङ्ख्यामा वृद्धि
२८ साउन, झापा । झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार २०७५ सालमा १०–१२सङ्ख्यामा हात्ती रहेकामा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ । “भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “आहाराकै..

झापामा बैकिङ कसुरको मुद्दा बढ्यो
२८ साउन, झापा । झापामा बैकिङ कसुरका मुद्दा बढेको छ । बैकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी कार्यालय झापामा दर्ता हुने गरेका छन् । विदेश पठाइदिने, जग्गा मिलाइदिने लगायतका नाममा ठगी गरेका घटनासँग सम्बन्धित चेक बाउन्सका मुद्दा पनि प्रहरीमा दर्ता हुने गरेका छन् । ‘चेक बाउन्स’ सम्बन्धी मुद्दामा बढ्दै गएको प्रहरीले जनाएको छ । झापामा पछिल्लो तीन वर्षमा बैकिङ..

खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगर पछि हट्यो
२८ साउन, काठमाण्डौँ । खानेपानी महसुल वृद्धिको निर्णयबाट धरान उपमहानगरपालिका पछि हटेको छ । आइतबार राति अबेरसम्म चलेको १० दलका प्रतिनिधि र नगरप्रमुख हर्क साम्पाङबीच भएको वार्तामा महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी एक जनाप्रतिनिधिले जानकारी दिए..

कोशी प्रदेशमा आज सार्वजनिक बिदा
२५ साउन, विराटनगर । कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएका हुन् । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।