चुलाचुली रेडक्रस उपशाखाद्धारा चुलाचलीका विपन्न परिवारलाई राहत वितरण

चुलाचुली रेडक्रस उपशाखाद्धारा चुलाचलीका विपन्न परिवारलाई राहत वितरण

१७ जेष्ठ, इलाम । इलामको चुलाचुली रेडक्रस उपशाखाले चुलाचलीमा रहेका विपन्न २२ परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । चुलाचुली वडा नं. ४ र ५ मा रहेका विपन्न परिवारहरुको पहिचान गरेर रु १ लाख वरावरको चामल, दाल, तेल लगायतका पाँच प्रकारका खाद्यान्न राहत सामाग्री आज वितरण गरेको हो ।

चुलाचुली रेडक्रस उपशाखाका सभापति अविनारायण खनालका अनुसार दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्ने विपन्न परिवारलाई लकडाउनको समयमा समस्या भएको हुँदा उनिहरुको पहिचान गरेर सो राहत सामाग्री वितरण गरिएको हो । राहत वितरणका लागि बेल्डागी शरणार्थी शिविरबाट पुर्नवासको क्रममा अमेरीका पुगेका भुटानीहरुको संस्था ग्रेटर एक्रोन हिन्दु सेवा समितीले आर्थिक सहयोग गरेको पनि सभापति खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ग्रेटर एक्रोन हिन्दु सेवा समितीका अध्यक्ष एम.एन लुईटेल, सचिव मनोरथ खनाल, समाजसेवी खेम भटट्राई लगायतको सक्रियतामा अमेरीकाबाट आर्थिक सहयोग हामीलाई उपलब्ध भएको थियो । सोही रकमबाट चुलाचुलीका अति विपन्नहरुको पहिचान गरेर सके जती खाद्यन्न सहयोग हामीले गरेका हौँ ।’

राहत सामाग्रीमा २५ केजीका २२ बोरा चामल (प्रत्येक परिवारलाई १ बोरा), १ केजी चिउरा, २ केजी दाल, ढेड लिटर तेल र २ केजी आटा प्रत्येक परिवारलाई वितरण गरिएको थियो । यसका अलावा हिन्दुधर्म अनुसार लक्ष्मिको रुपमा पुजा गरिने गाईलाई समेत दानापानी खुवाएर पुजा गरिएको थियो ।

उपशाखाका सभापति खनालको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा चुलाचुली वडा नं. ५ का वडासदस्य लक्ष्मि न्यौपाने, भानु मा.वि. बुकुवाका प्रध्यानाध्यापक रघुनाथ मिश्र लगायतको उपस्थिती रहेको थियो । राहत वडा नं. ४ स्थित रेडक्रस उपशाखाको प्राङ्गण र भानु मा.वि.को चौरमा वितरण गरिएको थियो भने रेडक्रस उपशाखाका सचिव धनमाया पोख्रेलले कार्यक्रम संञ्चालन गर्नुभएको थियो ।

राहत वितरणको भिडियो हेर्नुहोस्,

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270