१९ जेष्ठ, सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित तरहरामा दुई युवा समुह विच भएको ग्याङ फाइटमा छुरा प्रहार हुँदा एक युवकको मृत्यु भएको छ ।
गएराती स्थानिय युवा समुह विच ग्याङ फाइट हुँदा अन्धाधुन्द छुरा प्रहार भएको थियो । गम्भिर घाईते इटहरी २० निवासी ३० बर्षीय राजन राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते राईलाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको वीपीको एमरजेन्सी कक्षमा उपचारका क्रममा राती नै मृत्यु भएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
राईलाई छुरा प्रहार गर्ने युवाहरु फरार रहेकाले उनिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।