विशेष

सबै समुदायका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्छः माधव नेपाल
१५ पुष, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन् । तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीले विभिन्न जातजातिकाले परम्परागत रुपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताए । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको..

समिति गठन भई छानबिन सुरुः बालकुमारी घटना
१५ पुष, काठमाडौँ । सरकारले ललितपुरको बालकुमारीमा घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको स्पष्ट पारेको छ । सो घटनाको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुसार पूणर्रुपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ । शुक्रबार ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका समयमा हुन गएको अप्रत्याशित घटनामा अछाम चौरपाटी गाउँपालिका-१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका-६ का..

दमकमा श्रीमानको खुुकुरी प्रहारबाट श्रीमतीको हत्या
१४ पौष, झापा । झापाको दमकमा आफ्नै श्रीमानले खुुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । दमक २ त्रिवेणी टोलमा बसोबास गर्ने धने लाम्गादेले आज दिउसो रतुवा खोला किनार काम गरिरहेकी आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार श्रीमतीको घटना स्थलमै मृत्यु भएको छ । खुकुरी प्रहार गर्ने लाम्गादेलाइ नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यलय दमकले बताएको छ । हत्याको कारणमा थप अनुसन्धान भईरहेको..

बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाउनेको परिवारलाई जनही १० लाख क्षतिपूर्ति उपलब्ध गराउने
काठमाडौं,१४ पुस । सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाउने २ युवाको परिवारलाई जनही १० लाख क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकको निणर्यबारे जानकारी दिँदै सञ्चारमन्त्री रेखा शर्माले सरकारले मृतकप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जानकारी दिइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निणर्य गरिएको बताइन् । यसका लागि अर्थ मन्त्रालयले..

बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी
१४ पुष, काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा पक्राउ गरिएका ७३ जनालाई छाड्ने तयारी गरिएको छ । उनीहरूलाई आफन्तको जिम्मा लगाएर छाड्न लागिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ । उनीहरूलाई शनिबारै छाडिनेछ । पक्राउ गरिएका ७३ जनामाथि कुनै मुद्दा नचलाउने निणर्य गरिएको प्रहरी स्रोतले जानकारी गरायो । रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले शुक्रबार बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गरेको थियो ।..

मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्छ भन्दै वीरेन्द्रनगरमा आन्दोलन
१४ पुष, सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । दैलेखलगायत कणर्ालीका युवाहरुले वीरेन्द्रनगरमा आन्दोलन थालेका हुन् । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो । ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरिचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री..

‘यो देश कोरिया जान फर्म भर्न पाउँभन्दा मर्नुपर्ने देश हो ?’ कांग्रेस नेता चन्द्र भण्डारी
१४ पुष, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँभन्दा मर्नुपर्ने देश हो भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरु बढिरहेको बताए । नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले बोलाए आकस्मिक बैठक
काठमाडौं,१४ पुस । मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यायलमा बैठक केहिबेरमा बस्नेछ । आजको बैठकमा शुक्रबार ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गुमाएका २ जना र घाइते भएकाहरुको परिवारलाई क्षतिपूर्ति दिनेबारेमा निणर्य हुनेछ । बालकुमारीमा शुक्रबार आन्दोलनकारीले यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीले गोली चलाउँदा २ जनाले ज्यान गुमाएका थिए..

इलाममा रोगको कारण अदुवा उत्पादनमा कमि आएपछि किसान चिन्तित
१४ पुष, इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् । अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका-३ का किसान मिलन खड्काले बताउनुभयो । “इलामका..

सङ्घीय ऐन निर्माणका निम्ति गम्भीररूपमा लागिपरेको छुः प्रधानमन्त्री ‘प्रचण्ड’
१४ पुष, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ,..