मेयर साम्पाङले प्रधानमन्त्रीसँग राखे विभिन्न माग

२० चैत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालसँग भेट गरेको हो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएको छ । भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायत थुप्रै जनताका मागहरू राखेको मेयर साम्पाङले जानकारी दिएका छन् ।

एक वर्षभित्र लोक सेवा आयोगका ७ परीक्षा उत्तीर्ण गरेकी दमककी मोबिना खातुन

२० चैत, झापा । मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैङ्क राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८र७९ मा लोकसेवा आयोगमा ७ वटा परीक्षा दिएकी थिइन् । लोक सेवा परीक्षाका लागि तयारी गर्दा यति धेरै परीक्षामा नाम निस्केला भन्ने..

 बिर्तामोडमा मनाइयो ‘विश्व अटिजम सचेतना दिवस’

२० चैत, झापा । अप्रिल २ अर्थात ‘विश्व अटिजम सचेतना दिवस’ झापाको बिर्तामोडमा भव्यताका साथ मनाइएको छ । न्याय र विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) को संयोजनमा सचेतना दिवस मनाइएको हो । अटिजम बारे सचेतना जगाउने र यसको बारेमा अधिकतम् मानिसहरुमा जानकारी दिने उद्धेश्यले र्यालीसहितको कार्यक्रम आयोजना गरिएको एसएनजेडीका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिनुभयो । हनुमान कम्प्लेक्सबाट शुरु भएको र्याली वान स्टप मलबाट पूर्वमा पुरानो इलाका प्रहरी कार्यालयबाट पुनः..

निगमका कार्यकारी अध्यक्ष अधिकारीले बुझाए स्पष्टीकरण

२० चैत । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्पष्टीकरण बुझाएका छन् । प्राधिकरणले गत चैत १३ गते २७ बुँदामा सातदिने स्पष्टीकरण सोधेको थियो । निगमका कार्यकारी अध्यक्ष अधिकारीले हिजो (सोमबार) स्पष्टीकरणसहितको पत्र बुझाएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । निगमका कार्यकारी अध्यक्षले पठाएको पत्रको अध्ययन गरेर थप निर्णय गर्ने सहप्रवक्ता भुलले बताए । “हिजो (सोमबार) स्पष्टीकरण पत्र आएको छ । चित्तबुझ्दो..

गृहमन्त्रीलाई सांसदले भने– यो आरोपले तपाईंलाई कहिल्यै छोड्ने छैन, जिन्दगीभर लखेट्नेछ

२० चैत । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारीको रकम अनिमियताबारे छानबिनका निम्ति संसदीय समिति बनाउन माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले संसदीय छानबिन समिति बनाएर निष्पक्ष अनुसन्धान नगरिए गृहमन्त्री रवि लामिछानेमाथि जिन्दगीभर ठगीको आरोप लागिरहने बताए । “यो आरोपले तपाईंलाई कहिल्यै छोड्ने छैन, जिन्दगीभर लखेट्नेछ । त्यसकार समिति बनाएर अनुसन्धान तपाईंकै हितमा हुन्छ,” उनले भने । उनले सहकारीबाट गोर्खा मिडियामा ल्याइएको पैसा कसको हो भनी..

ला लिगाको चौथो स्थानमा उक्लियो एथ्लेटिको

२० चैत । एथ्लेटिको मड्रिड स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ। सिरेमिक स्टेडियममा सोमबार राति सम्पन्न खेलमा घरेलु टोली भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै एथ्लेटिकोले स्थान सुधार गरेको हो। एथ्लेटिको जितमा एक्सेल विट्सेल र साउल जिग्गेजले १र१ गोल गरे। भिल्लाको लागि अलेक्जेन्डर सोरलोथको गोल सान्त्वना रह्यो। खेलको नवौँ मिनेटमै एक्सेलले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। उनले रोड्रिगो रिक्वेल्मेको पासमा गोल गरे। तर, ५०औँ मिनेटमा भिल्ला खेलमा..

चर्च ब्वाइजलाई हराउँदै एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा

२० चैत, विराटनगर। विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजलाई पराजित गर्दै आठौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको शहिद मैदानमा सोमबार सम्पन्न भएको तेस्रो क्वार्टरफाइनल खेलमा इटहरी गोल्डकपको विजेतासमेत रहेको चर्च ब्वाइजलाई २–० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो। जितसँगै एपीएफले बुधबार फाइनल प्रवेशको लागि सेमिफाइनलमा घरेलु टोली सांग्रीला मोरङ एफएसँग खेल्नेछ। एपीएपको जितमा प्रदीप लामा र अनीश महर्जनले गोल..

सिरियामा हवाई हमला हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु

२० चैत । सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमी लगायत रहेको बीबीसीले जनाएको छ । मोहम्मद रेजा जाहेदी इरानका शीर्ष कमाण्डरमध्येका एक हुन् । सोमबार भएको यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इरान र इजरायलबीच यस प्रकारको हत्याको..

आयरल्यान्ड ए माथि नेपालको रोमाञ्चक जित

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो टी–२० खेलमा आयरल्यान्ड ए माथि ३ रनको रोमान्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २,१ ले गुमाएको छ । २१४ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानी ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित..

शिक्षामा पर्याप्त लगानी गर्न सरकारसँग सांसदहरुको माग

१९ चैत । राष्ट्रियसभा सदस्यहरूले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमा शिक्षा क्षेत्रमा लगानी बढाउन सरकारसँग आग्रह गरेका छन् । सोमबारको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै सांसदहरूले सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालमा कृषि र शिक्षा क्षेत्रमा लगानी गरेर नै विकास र समृद्धि सम्भव रहेको भन्दै शिक्षामा लगानी बढाउन जोड दिए । उनीहरुले सांसदहरूका आफ्नाआफ्ना चाहनाअनुसार बजेट माग गरेपनि प्राथमिकताका आधारमा मात्रै बजेट..