विशेष

झापामा एकैरात दुई सहकारी संस्थाहरुमा तोडफोड र चोरी
२१ चैत, झापा । झापाका सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुनेक्रममा एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ । मंगलबार राति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको हो । त्यस्तै गौरादह ५ चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि मंगलबार राति नै चोरी भएको जनाइएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली खटाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । यसअघि गत चैत ५ गते..

बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण
२१ चैत, झापा । झापा बिर्तामोडका १ जनामा कालाजार रोगको संक्रमण देखिएको छ । वडा नम्बर ५ का ५२ वर्षिय पुरुषमा कालाजारको संक्रमण देखिएको हो । संक्रमित फेला परेपछि स्वास्थ्य कार्यालय झापाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य संयमसेविका, सरोकारवाला लगायतलाई अभिमुखिकरण तथा सक्रिय खोजपडताल परिक्षण कार्यक्रम अघि बढाएको छ । बुधबार वडा नम्बर ५ को वडा कार्यालयमा वडाअध्यक्ष रोहित प्रसाईको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका कालाजार..

बुटवलका डीएसपी ठग भ्रष्टाचार मुद्दामा दोषी ठहर
२१ चैत । घुस रकमसहित नियन्त्रणमा लिइएका बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको..

आफूहरुको सहमति बिना संसदमा एजेन्डा नबनाउन सभामुखलाई कांग्रेसको आग्रह
२१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह गरेको छ । अन्यथा, आफूहरु कठोर हुने चेतावनी दिएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरेको थियो । सभामुख घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताएका..

गण्डकी प्रदेशका मुख्यमन्त्रीेले दिए राजीनामा
२१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल..

इलाम २ मा कांग्रेसको उम्मेद्धवार टुङ्ग्याउन सकसः भेषराजको पक्षमा कोईराला दाजुभाई
२१ चैत्र, इलाम । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र पूर्वमहामन्त्री डा। शशांक कोइराला नातामा दाजुभाइ हुन् तर राजनीतिमा एकअर्काका प्रतिष्पर्धीका रुपमा धेरै नेता कार्यकर्ताले बुझेका छन् । सुशील कोइरालाको निधनपछि उनीहरू दुवै जना एकअर्काका सहयोगी बन्न सकेनन् । पार्टीको १४ औं महाधिवेशनमा कोइराला बन्धु एकै रहन सकेनन् । सभापतिका प्रत्यासी बनेका डा। शेखरलाई डा ।शशांकले सहयोग गरेनन् । त्यो भन्दा अगाडि शशांक महामन्त्री भएका बेलामा डा। शेखरले सहयोग..

उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन आज पनि कांग्रेस बैठक बस्दै
२१ चैत, काठमाडौं । उपनिर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । मंगलबार बसेको बैठकले उम्मेदवार चयन गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो २ बजे संसदीय बोर्ड र अपराह्न ४ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । कांग्रेस नेताहरुका अनुसार इलाम–२ बझाङ प्रदेश सभा (१) दुबै तिर उम्मेदवारका नामलाई लिएर विवाद..

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड
२१ चैत । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उचाइ लिइरहँदा नेपाली बजारमा एकपछि अर्काे नयाँ रेकर्ड बन्दै गएको छ । मंगलबार सामान्य घटेको सुनको मूल्यले आज बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढी हो । यसअघि आइतबार सुनको मूल्यले १ लाख ३० हजारको उच्चतम रेकर्ड बनाएको थियो..

गाजामा राहत सामग्री बोकेको टोलीमाथि इजरायलको आक्रमण हुँदा ७ जनाको मृत्यु
२१ चैत । गाजाका युद्ध प्रभावितहरुलाई खाद्यान्न र पानी पुर्याएर सहयोग गर्दै आइरहेको संस्था वल्र्ड सेन्ट्रल किचनका कर्मचारीहरुमाथि आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ । इजरायली सेनाले गरेको यो आक्रमणपछि वल्र्ड सेन्ट्रल किचनले सहायता बन्द गरेको छ । इजरायलका प्रधानमन्त्री आफैंले यो घटनाको पुष्टि गर्दै सेनाबाट गल्ती भएको स्वीकार गरेका छन् । खानेकुरा लगायत अत्यावश्यक राहत सामग्री लगेर गइरहेकाहरुमाथि आक्रमण भएको र आफ्ना सात जना कर्मचारीहरु मारिएको वल्र्ड सेन्ट्रल..

इलाममा भेषराजलाई टिकट नदिए हारको जिम्मा देउवाले लिनपर्ने कोईराला बन्धुको चेतावनी
२१ चैत्र, इलाम । नेपाली कांग्रेसको संस्थापनइतरका नेता शेखर कोइराला र केन्द्रीय सदस्य शशांक कोइरालाले इलाम(२ मा ‘जित्ने’ उम्मेदवारलाई टिकट दिन सचेत गराएका छन् । उनीहरु दुवैको जोड भेषराज आचार्यलाई उठाउनुपर्छ भन्ने छ । कांग्रेसको संसदीय बोर्ड बैठकमै कोइरालाद्वयले देउवासमक्ष साझा भनाइ राखेका हुन् । महामन्त्री गगन थापाले बैठकबाट निस्केर ‘सभापतिज्यू मान्दै मान्नुहुन्न, तपाईं गएर सम्झाउनुस् न’ भनेर शेखरलाई आग्रह गरेका थिए । सो पश्चात शेखर र शशांकले देउवालाई झक्झक्याएका..