विशेष

गृहमन्त्री लामिछाने भन्छन्- ‘उपनिर्वाचनमा पैसा बाँड्न गाउँ छिर्नेलाई निर्मम कारवाही गछौँ’
९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता कार्यकर्तालाई निर्मम कारवाही गरिने बताएका छन् । इलामको फाककफोमथुम गाउँपालिकास्थित आमोचकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो कोहीलाई कडा कारवाही गरिने बताए । उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारवाही गर्ने बताए । ‘मौन..

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्- अहिलेको समीकरण पूरै अवधि जान्छ
९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीसहितको समीकरण पूरै अवधि जाने प्रष्ट पारेका छन् । धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा–परिचर्चालाई खण्डन गरे । उनले भने, ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण ।’ प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रचण्डले सुनाए । अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री..

‘कम्युनिष्ट पार्टीबीच एकता तत्काल सम्भव छैन’- राजेन्द्र पाण्डे
९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताएका छन्। धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा आज उनले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताए। केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको उनको भनाइ थियो। नेता पाण्डेले कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता..

मेस्सीको दुई गोलमा इन्टर मियामी विजयी
९ बैशाख । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले नाशभिलेलाई पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले नाशभिलेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेस्सीले २ गोल गरेका थिए भने सर्जियो बुस्केटले एक गोल गरेका थिए । त्यस्तै नाशभिलेका लागि एक गोल इन्टर मियामीकै फ्रान्को नेग्रीले आत्मघाती गोल गरेका थिए । यो जितपछि इन्टर मियामीको १० खेलमा १८ अंक भएको छ र शिर्ष..

जसपाले दुई मन्त्रालय नपाएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलायो
९ बैशाख । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा बुझाएका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए । तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन..

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर आठ वर्षीय बालकको मृत्यु
९ बैशाख । तेह्रथुमको लालीगुराँस नगरपालिका–५, दागपास्थितमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कालुबहादुर लिम्बूको आठ वर्षीय छोरा सुदिप छन् । शनिबार राति आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

झापामा कारको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु
९ बैशाख । झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिवार राति १०ः३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१००१–००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको थियो । टाउको र दुबै हात खुट्टामा चोट लागेर गंभीर घाईते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु..

नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ती १६ अर्ब २१ करोड
९ बैशाख, झापा । झापाको बिर्तामोड २ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पत्ती १६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । साकोसले चैत मसान्तसम्मको जारी गरेको बित्तिय विवरण अनुसार सहाराको कुल सम्पत्ती १६ अर्ब २१ करोड २५ लाख ८९ हजार ७७८ रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाले बाह्य ऋण शुन्य प्रतिशतमा झारेको छ । सहकारी विभागको जारी निर्देशन अनुसार साकोसले चैत मसान्तसम्मको जारी..

युक्रेन, इजरायल र इन्डोप्यासेफिक क्षेत्रका लागि ९५ बिलियन डलरको सहायता अमेरिकी संसदबाट पास
९ बैशाख । अमेरिकाको संसदले युक्रेन, इजरायल लगायतका देशहरुलाई सैन्य सहयोग गर्नका लागि ९५.३ बिलियन डलर बराबरको सहायता प्याकेजलाई मन्जुरी दिएको छ । न्यूयोर्क पोष्टका अनुसार तल्लो सदनले अलग–अलग सहयोग प्याकेजलाई मन्जुरी दिएको हो । यो सहयोग प्याकेज अधिकांश प्रत्यक्ष सैन्य सहायतासँग सम्बन्धित छ । तल्लो सदनले पास गरेको सहयोग प्याकेज अब माथिल्लो सदनमा पेश हुनेछ । त्यहाँबाट पनि पास भएर कार्यान्वयन प्रक्रियामा जान अझै करिब एक हप्ता लाग्ने अनुमान..

टंक राई स्मृति भेट्रान कपः इलाम, बिराटनगर र झिलझिले दोस्रो चरणमा
९ बैशाख, झापा । झापाको कमलमा जारी छैठौँ स्वर्गीय मेजर टंक राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिता २०८१ को शनिबारको दुई खेलबाट क्रमशः इलाम भेट्रान र युनाइटेड भेट्रान बिराटनगर विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन् । धनकुटा भेट्रानले दोस्रो हाफको १९ औँ मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता लिएको थियो । धनकुटाका लागि जर्सी नम्बर ११ का युवराज श्रेष्ठले दोस्रो हाफको २२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका..