चालु वर्षभन्दा ५८ अर्ब कम बजेट, नयाँ कर्मचारी भर्ना रोक्का

१५ जेष्ठ, काठमाण्डौँ । सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले आज आगामी वर्षका लागि उक्त बजेटको गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटको तुलनामा न्यून हो । यो वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । खतिवडाका अनुसार योमध्ये ९ खर्ब ४८ अर्ब पुँजीगत खर्चका लागि हो भने ३ खर्ब..

१४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

१५ जेष्ठ, काठमाण्डौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद्को आजको संयुक्त बैठकमा मन्त्री खतिवडाले बजेट प्रस्तुत गर्नुभएको हो । खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेशगर्नुभएको छ । अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो । उक्त बजेटमध्ये चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैंया, पुँजीगततर्फ ३ खर्ब ५२..

सरकारले वितरण गर्यो दुई खर्ब ४३ अर्ब कृषि कर्जा, बजेटमा कस्ता कार्यक्रम आउलान् ?

१४ जेष्ठ, काठमाडौँ । अर्थ मन्त्रालयले मंगलबार जारी गरेको आर्थिक सर्वेक्षणमा कृषि कर्जा लिने किसानको संख्यामा वृद्धि भएको जनाइएको छ । किसानले पाउने कृषि कर्जामा वृद्धि भएका कारण उत्पादनमा वृद्धि आएको मन्त्रालयको दावी छ । किसानले कर्जा लिनुलाई सरकारले प्रगतिको रुपमा हेरेको छ । किसानले कर्जा लिएका कारण उत्पादनमा वृद्धि भएको भनिए पनि किसानलाई त्यसले कति आर्थिक भार पारेको छ र किसानले आफ्नो उत्पादनबाट त्यो ऋण चुक्ता गर्न सकेका छन्..

एक महिना पछि पुर्वी नाका काँकडभिट्टा खुल्यो

२८ वैशाख, झापा । नेपालको पुर्वी काँकडभिट्टा नाका एक महिना पछि शनिवार देखि खुला भएको छ । गत चैत्र २६ गतेदेखि भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा सीमावर्ती नाका बन्द गरेपछि आयातनिर्यात नै पुर्ण रुपमा ठप्प भएको थियो । मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माका अनुसार भारतबाट शनिवार नै ३० मालवाहक गाडी नेपाल भित्रिएका छन् । सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी उहाँले दिनुभयो । नेपाल इन्टरमोडल यातायात विकास..

देशभरका बैंक तथा वित्तिय संस्थाहरु आईतवार देखी खुल्दै

२७ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस संक्रम रोकथामका लागि जारी लकडाउनका कारण सिमित शाखा मात्रै खोलेको बैंक तथा वित्तिय संस्थाले आइतबारदेखि देशभरका शाखा खोल्ने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार देशभरका शाखाहरु खुल्ने भएको जनाइएको छ । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका..

मुलुककै उत्कृष्ट इलामका पर्यटकीय स्थलहरु सुनसान

२७ वैशाख, इलाम । मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य इलामको श्रीअन्तु र सन्दकपुरबाट सूर्याेदय अनि सूर्यास्तको दृश्य हेर्न आन्तरिक तथा वाह्य पर्यटक झुम्मिने मुख्य सिजन हो अहिले । तर श्रीअन्तु, सन्दकपुरलगायतका उत्कृष्ट पर्यटकीय गन्तव्य यतिबेला सुनसान छ । न कोही पर्यटक देखिन्छ, न त मानिसको भिडभाड छ । इलाम पर्यटकीय क्षेत्रमा उत्कृष्ट गन्तव्य हो । प्राकृतिक सुन्दरता, हरियाली चियावगान र शान्त वातावरण इलामको विशेषता हो । जहाँ मुलुककै उत्कृष्ट पर्यटकीयस्थलमा पर्ने..

कोरोना प्रभावलाई न्यूनीकरण गर्ने गरी आगामी बर्षको बजेट ल्याउछौँः अर्थमन्त्री खतिवडा

२२ वैशाख, काठमाण्डौँ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी सरकारले आगामी बर्षको बजेट ल्याउने तयारी गरिरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभएको छ । लकडाउनका कारण राजश्व सङ्कलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रुपमा नभित्रिएकाले अन्तरराष्ट्रिय सहायता परिचालन गरेर बजेट निर्माणमा सरकार जुटेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । लकडाउन अवधिमा पनि आगामी आर्थिक वर्षको बजेटलगायत विषयमा सङ्घीय संसद्को अर्थ समितिले आज छलफल गरेको छ..

नेपालीको प्रतिव्यक्ति आयमा बृद्धी, अर्थतन्त्रको आकार पनि बढ्यो

१८ वैशाख, काठमाण्डौँ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने केन्द्रीय तथ्थांक विभागले प्रक्षेपण गरेको छ । कोरोना महामारीका कारण सरकारी लक्ष्यको तुलनामा वृद्धिदर न्यून हुन पुगेको विभागको भनाइ छ । विश्वव्यापी आर्थिक सुस्तता आएको र नेपालका प्राय सबै क्षेत्रले यसको मार खेप्ने भन्दै यो वर्ष २.२७ प्रतिशतको वृद्धिदर मात्र सम्भव हुने विभागको अनुमान छ ।यस्तै नेपालीको प्रतिव्यक्ति आम्दानी बढेको तथ्यांक केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको छ..

महामारीका कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट उत्पन्न हुननसक्ने विश्वबैंकको प्रक्षेपण

१ वैशाख, काठमाण्डौँ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा रोक्न लगाईएको लकडाउनका कारण नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सीमित हुन सक्ने विश्वबैंकले अनुमान गरेको छ । विश्व बैंकले हालैमात्र दक्षिण एसिया क्षेत्रको आर्थिक अवस्थाको झलक सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा नेपालको भावी अर्थतन्त्र अवस्था बारे यस्तो उल्लेख गरेकको छ । कोरोना संक्रमणको अप्रत्यासित महामारीका कारण अर्थतन्त्र खस्कने अनुमान विश्व बैंकले गरेको हो ।..

चुलाचुलीमा पानीको स्रोतको विकल्प बन्दै सबमर्सियल ट्युवेल

३० चैत्र, चुलाचुली/इलाम । दशकौँ देखी पानीको अभाव झेल्दै आएका चुलाचुलीवासीका लागि सबमर्सियल ट्युवेल वरदान सावित भईदिएको छ । सबमर्सियल ट्युवेल नेपालमा भित्रिएको एक नयाँ प्रविधीको नाम हो । प्रथम त चुलाचुलीमा पानीको स्रोतको नै समस्या हो । दोस्रोमा पानीको स्रोत भए पनि टाणाबाट ल्याउनु पर्ने । त्यसमा खर्च धेरै गर्नुपर्ने । मर्मत–सम्भार गरीरहनु पर्ने । समुदायका सवै लागि नपर्दा पहिले साझेदार निकायको ठूला लगानीमा ल्याएको पानी पनि बन्द भईहाल्थ्यो..