२८ वैशाख, झापा । नेपालको पुर्वी काँकडभिट्टा नाका एक महिना पछि शनिवार देखि खुला भएको छ । गत चैत्र २६ गतेदेखि भारतको पश्चिम बङ्गाल सरकारले एकतर्फीरुपमा सीमावर्ती नाका बन्द गरेपछि आयातनिर्यात नै पुर्ण रुपमा ठप्प भएको थियो ।
मेची भन्सार कार्यालयका प्रमुख ध्रुव विश्वकर्माका अनुसार भारतबाट शनिवार नै ३० मालवाहक गाडी नेपाल भित्रिएका छन् । सीमावर्ती पानीट्याङ्कीस्थित भारतीय भन्सार कार्यालयले नाका खुलेको जानकारी उहाँले दिनुभयो ।
नेपाल इन्टरमोडल यातायात विकास समिति काँकडभिट्टा सुख्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीका अनुसार शनिवार नेपाल प्रवेश गरेका ३० गाडीमध्ये २५ मा कोइला रहेको र अरु पाँच गाडीको सिल खोल्न बाँकी छ । २५ मालवाहक गाडी पहिलेदेखि नै भन्सार परिसरमा रहेका उहाँको भनाइ छ ।