हर्कटे- निन्दा सडक शीर्षक बमोजिम नै निर्माण गर्न जन दबाब, शीर्षक बिपरित गर्न लागेको भनी अख्तियारमा उजुरी

हर्कटे- निन्दा सडक शीर्षक बमोजिम नै निर्माण गर्न जन दबाब, शीर्षक बिपरित गर्न लागेको भनी अख्तियारमा उजुरी

इलाम । सुर्याेदय नगरपालिकास्थित हर्कटे बाट राेङ गाउँपालिकाकाे रम्भ्याङ सलकपुर हुँदै झापाकाे निन्दा जाने सडक निर्माण कार्य शिर्शक विपरित गर्न लागेकाे भन्दै तिब्र असन्तुष्टि सिर्जना भएकाे छ ।

प्रदेस सरकारले हर्कटे बाट शुरू गर्नु पर्ने सडक मनपरि ढंगले निन्दा बाट नापजाँच शुरू गरेपछि तिब्र अालाेचना बढेकाे हाे ।

सुर्याेदय नगरपालिकाकाे सत्राैं नगरसभाले मूख्यमन्त्री ग्रामीण सडकको रूपमा हर्कटेबाट प्रारम्भ भएको बजेटलाई सोहि अनुरूप गर्नको लागि ध्यानाकर्षण गराएकाे जनाएकाे छ । यस सडकको मुख हर्कटे र स्थानीय उत्पादन र धेरै जनघनत्व भएको हुनाले पनि शीर्षक बमाेजिम नै गर्नुपर्ने नगरपालिकाकाे दाबी छ ।

हर्कटे बाटै काम शुरू गर्न सुर्याेदय नगरपालिका, राेङ ६ का बासिन्दा, सुनपा ६ का बासिन्दा, जिल्ला समन्वय र प्रदेस माननीयहरू समेत ले ध्याकर्षण गराईरहेकाे बताएका छन । तर, एकतर्फि काम शुरू गरे प्रतिकारमा उत्रिने चेतावनि उनीहरूले दिएका छन ।

अधिकारकाे दुरूपयाेग गरि शीर्षक विपरित भएमा अदालत, अख्तियार र सबै निकायमा न्याय माग्ने, संलग्न नेता र कर्मचारिलाई नछाेड्ने सुनपा ६ र राेङ ६ का स्थानीयले चेतावनी दिंदै अाएका छन ।

सुर्याेदय नगपालिका का एक जनप्रतिनिधि ले भने- शीर्षक बमाेजिम नै काम गर्नु पर्छ, उल्टाे गर्नु भनेकाे शक्तिकाे दुरूपयाेग मात्र हाे ।

यसैबिच, शीर्षक विपरित काम गर्न लागेकाे भनी दवाव दिने राजनितिक नेतृत्व र प्रभावमा काम गर्ने कर्मचारि ले अधिकारकाे दुरूपयाेग गरेकाे भनी अख्तियार दुरूपयाेग अनुसन्धान अायाेग ईटहरिमा उजुरि परेकाे बताईएकाे छ । अधिकारकाे दुरूपयाेग गर्ने लाई हदै सम्म काे कारवाहि गर्न माग गरिएकाे स्राेतले बतायाे ।

संघिय सरकार बाट प्रदेस सरकारमा हस्तान्तरण भएकाे याे सडक हाल मुख्यमन्त्रि सडककाे रूपमा निर्माणाधीन छ । विगतमा हर्कटे बाटै क्रमिक रूपमा निर्माण हुँदै अाएकाे याे सडक केही वर्षयता केही ब्यक्तिहरू काे स्वार्थ र शक्तिकाे प्रभावकाे अाधारमा जबरजस्ती उल्टाे निर्माण गर्न थालिएकाे स्थानीयकाे अाराेप छ ।

राेङ ६ का राजन अाचार्य भन्छन- सबै भन्दा पहिले उक्त बाटाे खन्न सुरु कहाँ र कहिले बाट भयाे यसकाे ईतिहास हेर्नू पर्ने हाे, दाेस्राे कुरा साबिक जिर्मले ४-५-६ भित्रका कृषि उपज र सलकपुरबाट निकासि हुने कृषि उपज मुल्यांकन गरि अावश्यकता वा प्रथमिकता काे अाधारमा हुनु पर्छ- त्याे भनेकाे हर्कटे बाटै हाे, तेस्राे कुरा झण्डी डाँडाबाट तल सलकपुर खण्डमा ठुला सवारिले बाटाे थर्काएकाे र चर्किएकाे छ, यकिनका साथ बाटाेकाे स्थाईत्वकाे मा पनि प्रश्न छ । अझ अर्काेकुरा सिमा सडक पनि निन्दाबाट सलकपुर जाने भएकाेले डुव्लिकेसन भै रहेकाे छ- उनले थपे ।

यश सडकलाई पछिल्लाे पटक १० कराेड स्राेत सुनिस्चितता सहित बहुवर्षियमा हाल्न राेङ ६ का वडाध्यक्ष सत्यम राई चाैरासेकाे पहल रहेकाे काेसि प्रदेस अान्तरिक मामिला मन्त्रालय स्राेतले जनाएकाे छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर