विशेष

मधेसको मुख्यमन्त्रीका लागि दाबी पेस हुँदै
२० जेठ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दलले आइतबार प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादीलगायतका सात दलका ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले जानकारी दिए । नेता यादवका अनुसार मुख्यमन्त्रीमा जनमत पार्टीका महेश यादवलाई मुख्यमन्त्री रूपमा अघि सार्ने तयारी छ । ‘हामी आजै प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठनका लागि ६३..

टी-२० विश्वकप- जोन्सको विष्फोटक ब्याटिङमा अमेरिकाको विजयी सुरुआत
२० जेठ, अमेरिका । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । डेब्यू विश्वकप खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट..

नेपाली क्रिकेट टोलीलाई अमेरिकामा एनआरएनएको स्वागत
२० जेठ, टेक्सास (अमेरिका) । आईसीसी टी-२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ अमेरिकाले पहिलोपटक आईसीसी..

१ करोड रुपैयाँसहित सुनसरीबाट एकजना पक्राउ
२० जेठ । सशस्त्र प्रहरी बलको टोलीले सुनसरीबाट स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउन पर्नेमा हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी वर्षीय ३७ ईसा अन्सारी छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा बोरामा लुकाइछिपाइ राखेको रकम बरामद भएको जानकारी दिए । बरामद भएको रकममा १ हजार दरको नोट ९..

चन्द्रमाको दक्षिणी ध्रुवमा चिनियाँ मानवरहित यान अवतरण
२० जेठ । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् । चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’ मे ३ बाट चीनले सुरु गरेको यो अभियानको उद्देश्य..

शिबसताक्षीमा फुटबलर प्रिती राई नगद ५५ हजार र सम्मानपत्रले सम्मानित
२० जेठ । नेपाली महिला राष्ट्रिय फुटबलर प्रिती राई झापाको शिबसताक्षी–११ झिलझिलेमा नगदसहित सम्मानित भएकी छन् । किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राई नगद ५५ हजारसहित सम्मान–पत्रद्धारा सम्मानित भएकी हुन् । उनलाई किराँत राई यायोक्खा, शिबसताक्षी नगर समितिले रु ३८ हजार ७ सयसहित सम्मानपत्रले कार्यक्रममा सम्मान गरिएको थियो । यायोक्खा, शिबसताक्षी नगर समितिका अध्यक्ष पशुराम रिङगालुङ राईको अध्यक्षताम भएको कार्यक्रममा प्रिती..

रियलले जित्यो १५औं पटक च्याम्पियन्स लिगको उपाधि
२० जेठ । रियल मड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ। वेम्बली स्टेडियममा शनिबार राति सम्पन्न फाइनलमा बोरुसिया डर्टमुन्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो। रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे। खेलको ७४औं मिनेटमा कार्भाजलले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए। टोनी क्रुसको कर्नरमा कार्भाजलले हेडरमार्फत गोल गरेका थिए। त्यसको ९ मिनेटपछि भिनिसियसले गोल गर्दै रियललाई २–० को जित दिलाए। प्रशिक्षक कार्लो एन्सेलोट्टीको..

भलिबलको लागि आवासीय कभर्ड हल बनाइने
१९ जेठ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कबर्ड हल बनाउने बताएका छन् । शनिबार काठमाडौंमा सुरु भएको आठौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कबर्ड हल बनाउने विषयमा छलफल भइरहेको बताए । ‘यही बजेटमा पनि भलिबलको लागि एउटा गन्तव्यको रुपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरुले सकेका छैनौं । यही पालि भलिबलको लागि एउटा..

यार्सागुम्बा टिप्न गएका २ जनाको मृत्यु
१९ जेठ, मुगु । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउँबाट फोनमा रासस प्रतिनिधिलाई जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा..

सहभागितामुलक बजेट तर्जुमाका लागि राष्ट्रिय युवा संघ झापाको अभियान घोषणा
१९ जेठ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले सहभागितामुलक बजेट तर्जुमाका लागि सचेतना तथा खवरदारी अभियान –२०८१ को घोषणा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय युवा संघले असार २५ गतेसम्म अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । राष्ट्रिय युवा संघ झापाका अध्यक्ष फुर्वा लामाले अभियानबारे जानकारी दिदैं बजेट नीति तथा कार्यक्रम पारित नहुञ्जेल अभियान सञ्चालन गरिने जानकारी दिएका हुन् । ‘युवाहरुको अगुवाईमा स्थानीय लोकतन्त्रलाई बलियो बनाई..