विशेष

प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल
३ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नेकपा एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार नै थिए । त्यस्तै प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । उनी २०७४ सालमा ओली मन्त्रिपरिषदमा अर्थमन्त्री थिए ।..

कोशीमा लागुऔषध कारोबारीको संख्या बढ्दो
२ साउन, विराटनगर । सोमबार दिउँसो विराटनगर प्रवेश नाकाबाट प्रहरीले ४ जनालाई पक्राउ गर्याे । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २.१५ ग्राम ब्राउन सुगर बरामद र्गयो । सोमबार नै प्रहरीले भद्रपुरस्थित मेची पुलबाट २७० मिलीग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको थियो । प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार असार २० गते देखि ३० गते सम्म हरेक दिन ब्राउन सुगरसहित समातिएका छन् । असार २० गते विभिन्न जिल्लाबाट..

यातायात कार्यालय इलामले संकलन गर्यो १० करोड ९८ लाख राजस्व
२ साउन, इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८०।०८१ मा दश करोड ९८ लाख ७४ हजार तिन सय ७३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । सवारी साधन कर तर्फ आठ करोड ४४ लाख बत्तिस हजार छ सय ७८ र व्यवसाय दर्ता दस्तुरबाट १३ हजार रुपैयाँ सङ्कलन भएको छ । यस्तै चालक अनुमतिपत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट एक करोड ९५ लाख ८५ हजार पन्द्र रुपैया र यातायात..

गुन्डा र लागु औषध तस्करका इनकाउन्टर स्पेसलिष्ट सई सन्जेलले फेरि पाए विशेष बढुवा
२ साउन, काठमाण्डौँ । नेपाल प्रहरीका महानिरिक्षक(आईजीपी) बसन्तबहादुर कुँवरले नायब निरिक्षक(सई) बालकृष्ण सन्जेललाई विशेष बढुवा दिएका छन् । प्रहरी नियमावलीअनुसार आईजीपी कुँवरले सन्जेलसहित १० जनालाई विशेष बढुवा दिएका हुन् । सई सन्जेल बरिष्ठ सईमा बढुवा भएका छन् । प्रहरी नियमावलीअनुसार हरेक वर्ष आईजीपीले सईसम्मका दर्जामा बढीमा १० जनालाई बढुवा गर्ने व्यवस्था रहेको छ । सन्जेल लागु औषध कारोबारी र गुन्डाहरुलाई गोली हानेर चर्चामा आइरहने प्रहरी हुन् । सन्जेल यसअघि पनि..

आफ्नै छोराबुहारीले जङ्गलमा छाडेको वृद्धको उद्धार
२ साउन, मोरङ । मोरङको बेलबारी –७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको पाइएको छ । चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको उनले बताएका हुन् । उनले चारदिन जङ्गलमै रात कटाएका थिए । बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो । उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी..

आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट ३ अर्ब २१ करोड राजस्व सङ्कल
२ साउन, झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०–८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०७९।८० को तुलनामा रु १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा रु तीन अर्ब एक करोड ५९ लाख ७६..

प्राकृतिक विपदका कारण कोशीमा ७७ जनाको मृत्यु
२ साउन, इलाम । प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ । पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०–८१)मा प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपद्का घटनामा परी ७७ जनाको मृत्यु भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, हावाहुरी र जंगली जनावरको आक्रमणमा परेर ७७ जनाको मृत्यु हुँदा २७७ जना घाइते भएका छन् । प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार..

झापा जिल्ला अदालतले गर्यो ३ हजार ६ सय ३६ मुद्दा फछ्यौट
१ साउन, झापा । झापा जिल्ला अदालतले चालु आर्थिक वर्ष २०८०।०८१ मा तीन हजार छ सय ३६ मुद्दा फछ्यौट गरेको छ । चालु आर्थिक वर्षका लागि राखेको वार्षिक लक्ष्यको ८४.५९ प्रतिशत मुद्दा फछ्र्याैट गरेको हो । झापा जिल्ला अदालत झापाका प्रमुख न्यायाधीश असोक कुमार बस्नेतका अनुसार अदालतमा दुई वर्ष नाघेका एक सय ९३, एक वर्ष ६ महिना देखि दुई वर्ष भित्रका दुई सय ८१ र एक वर्ष ६ महिना भित्रका..

झापामा दुई वर्षदेखि हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालनमा
१ साउन, झापा । जंगली हात्ती आउनासाथ पुल्ठो बालेर खेदाउने बाहुनडाँगीबासी यतिबेला हात्तीमैत्री अभियान सञ्चालन गर्दै आयआर्जनमा जोडिएका छन् । सबैजसो क्षेत्रलाई हात्तीमैत्री बनाउदै आएका बाहुन्डाँगीबासी दुई वर्षदेखि हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालन गर्दै आएका छन् । मेचीनगर वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीको परिकल्पनामा हात्तीमैत्री होमस्टे सुरु गरिएको थियो । सो वडामा अहिले १२ वटा हात्तीमैत्री सामुदायिक होमस्टे सञ्चालनमा रहेको वडा सदस्य पवन बराइलीले जानकारी दिनुभयो । उहाँका अनुसार..

माईखोला–राजदुवाली खण्डमा सडक भास्सिने क्रम रोकिएन, रुट नै परिवर्तन गर्नुपर्ने माग
१ साउन, इलाम । इलाम नगरपालिकामा पर्ने साबिक मेची अञ्चलका चार जिल्ला जोड्ने मेची लोकमार्गस्थित माईखोला–राजदुवाली खण्डको सडक भास्सिने क्रम अझैँ रोकिएको छैन । डिभिजन सडक कार्यालय इलामले करोडौ रूपैयाँ खर्चिएर नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको काम गरेपनी बालुवामा पानी सरह देखिएको छ । बारम्बार सडक भास्सिएपछि राजदुवालीेमा एङ्करिङ प्रबिधिबाट काम गरिएको थियो । पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलोपटक मेची लोकमार्गको राजदुवाली खण्डमा एङ्करिङ गरिएको हो । यसले..