बिर्तामोडमा खेलकूद महोत्सव आयोजना हुने

२५ माघ, झापा । झापाको बिर्तामोडमा खेलकूद महोत्सव आयोजना हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा फाल्गुनमा महोत्सव आयोजना गर्न लागिएको हो । खेलकूद क्षेत्रको विकास, प्रवर्धन र खेल व्यवस्थापनमा जुटिरहेको नगर खेलकूद समितिले महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवमा खेलकूदसंग सम्बन्धित वादविवाद तथा निवन्ध लेखन प्रतियोगिता, पोस्टर बनाउने, चित्रकला, योगा तथा व्यायाम, पुरातात्विक खेल, दौड, फुटवल, क्रिकेट, वास्केटवल, भलिवल, व्याडमिन्टन,स्नोकर लगायतका खेलहरु हुने नगर खेलकूद विकास..

वृद्धभत्ता लिन हिडेका वृद्धको बाटोमै मृत्यु

२५ माघ, सोलु । सोलुखुम्बुमा वृद्धभत्ता लिन हिडेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी पुगेर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।

रौतहट पुगेर प्रभु शाह विरुद्ध खनिए ओली

२५ माघ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रभु साहको कडा आलोचना गरेका छन् । चुनावको बेलामा प्रभु साहले एमालेलाई गम्भीर धोका दिएको उनको टिप्पणी छ । उनले भने,‘प्रभु साहको पछि लागेर कुन वैतरणी पार होला ? मौलापुर ? अर्काेपल्ट जमानत जोगिए धन्यवाद छ, जोगिँदैन जमानत !’ आज (बिहीबार) रौतहट एमालेको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले माधव नेपाल र प्रभु साहले धोका दिएको भन्दै..

संघीयता कार्यान्वयनबारे शीर्ष नेता र मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटामा बिहीबार संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा देखिएका समस्या र समाधानका लागि आगामी दिनमा अपनाउनुपर्ने उपायबारे प्रधानमन्त्री दाहालले गठबन्धनका नेता र मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति एवं उपप्रधानन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)..

प्रधानमन्त्री प्रचण्ड र रेशम चौधरीबिच ‘वान टु वान’ भेटवार्ता

२५ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् । भेटवार्तापछि प्रतिक्रिया दिर्दै चौधरीले भने, ‘गठबन्धन घटक दलहरुसँग सल्लाह गरेर सार्वजनिक गर्न सकिन्छ । किन सकिँदैन र ? भन्नुभयो ।’ नाउपा अध्यक्ष चौधरीले अगाडि भने, “सार्वजनिक नहुनको कारण के हो..

रग्वी लिग फागुनमा

काठमाडौं, माघ २३ गते । नेपाल रग्वी संघको आयोजनामा राष्ट्रिय रग्वी फिफ्टिन्स रग्वी लिग फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ । लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुसिलस क्लब, एपिएफ क्लब र गोर्खाली रग्वी क्लब काठमाडौंको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए । सिंगल राउन्ड लिगका आधारमा प्रतिस्पर्धा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका..

त्रिभुवन विमानस्थलका डीआईजी चन्दले लिए राजीनामा फिर्ता

२२ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् । उनले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएको बताइएको छ । केही समय अगाडि उनले राजीनामा दिएका थिए । उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभाको १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत

२२ माघ, काठमाडौँ । प्रतिनिधिसभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । आज सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो । उक्त क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक..

कोशी राजमार्ग सुक्खा पहिरोका कारण अवरुद्ध

२१ माघ, सङ्खुवासभा । सङ्खुवासभाको उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु– ३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी अवरुद्ध भएको हो । मकालु गाउँपालिका ३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए । आज बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको..

काम नगर्ने ठेकेदार खोज्दै सांसद चौधरी फिल्डमा

२१ माघ, सुनसरी । सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरी फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्लामा रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहलाई फिल्डबाटै सडकको गुणस्तरीयता कायम गर्न निर्देशन दिएकी हुन् । रणनीतिक सडकको चतरा नहरबाट एकम्बा–चाँदबेला–औरावनी–छिटाहा–चिमडी देखि अमडुवासम्मको सडक खण्डको इनरुवा चाँदवेला क्षेत्रमा निरीक्षण गर्दा साइड ड्रेन निर्माणमा लापरवाही गरिएको,..