नेपाल–हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै

२६ फागुन। नेपाल र हङकङबीच मैत्रीपूर्ण टी–२० क्रिकेट भइरहेको छ । हङकङमा आज भइरहेको उक्त खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल..

मदन भण्डारी राजमार्गले चुरेफेदीका बासिन्दा लाभान्वित

२६ फागुन। मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी-पश्चिमी भेगलाई जोडीरहेको छ । पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार दुई सय ५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्य मात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ । सडक..

पार्टीलाई आत्मनिर्भर बनाउन विप्लवले जुम्लामा थाले स्याउ खेती

२६ फागुन, जुम्ला । तराईमा धान खेती गरिरहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जुम्लामा स्याउ खेती थालेका छन् । उनले जुम्लाको चन्दननाथ– २ हाडुल्लेमा शुक्रबार स्याउ खेतीको उद्घाटन गरेका थिए । उक्त अवसरमा महासचिव विप्लवले ३ वर्षभित्र पार्टीलाई आत्मनिर्भर एवं चन्दामुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘क्रान्ति गर्नुमात्र ठूलो कुरा होइन, हामीले क्रान्तिलाई उत्पादन र अर्थतन्त्रसँग जोड्न सकेनौं । आज क्रान्तिप्रति वितृष्णा छ, विचलन देखिएको छ..

बिर्तामोडमा शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको घुँईचो

२६ फागुन, बिर्तामोड । झापाको बिर्तामोड– १ मा शुक्रवार विहानदेखि शिवको उत्पत्ति भएको भन्दै हेर्नेहरुको घुँईचो लाग्यो । स्थानीय ‘माता भनेर परिचित’ मुना आचार्यको घर नजिकै शिवको प्रतिमा उत्पत्ति भएको हल्लाले हेर्नेहरुको घुँईचो लागेको थियो । धार्मिक अनुयायीहरुले विश्वास गरे पनि अधिकांशले भगवानको उत्पत्ति हुनै नसक्ने प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई फण्डाको रुपमा प्रचार गरिरहेका छन् । शिवको उत्पत्ति भएको खवर सुनेपछि दिनभर हेर्ने र पुजा गर्नेहरुको भीड लागेको..

सिराहामा ढुंगा प्रहार गरी महिलाको हत्या

२६ फागुन, जनकपुरधाम । सिराहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका-६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिता कुमारी साहको शुक्रबार राति हत्या भएको हो । सिलौटो(लोढी) ढुंगा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिराहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले बताए । उनका अनुसार अनुहारमा  ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो । मृतक अनिताका पतिसमेत घाइते छन् ।..

एपिएफ फुटबल क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश

२६ फागुन, बिर्तामोड । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । चारपटकको झापा गोल्ड कपको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । जितसँगै एपिएफले कम्तिमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा..

शिवसताक्षीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु

२६ फागुन, झापा । झापाको धरमपुरमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका ११ का २२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा शुक्रबार साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर..

लामिछानेलाई मन्त्री बनाएकोबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

  २४ फागुन, काठमाडौँ  । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नियुक्तबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको दायरामा रहेका मन्त्रीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका हुन् । ‘नियुक्त भएर आउनुभएका मन्त्रीहरू कुनै पनि ठाउँबाट कुनै पनि किसिमको अनुसन्धानको दायराभित्र नपरेका होलान् भन्ने आशा गरेको छु,’  उनले भने, ‘यदि परेका छन् भने त्यसपछि सदन के हुन्छ..

भद्रपुरलाई उज्यालो नगर बनाइँदै, ५ सय सेन्सर एलइडि लाइट जडान गरिँदै

२४ फागुन, भद्रपुर । भद्रपुरलाई उज्यालो नगर बनाउने उद्देश्यले सडकमा सेन्सर एलइडि लाइट जडान कार्यको सुरुवात गरिएको छ । भद्रपुरका १० वटै वडामा एलइडि लाइट जडान अभियानअन्तर्गत पहिलो चरणमा वडा नम्बर १ (साबिक पृथ्वीनगर) देखि जडान कार्यको सुरुवात गरिएको नगर प्रमुख गणेश पोखरेलले जानकारी दिए । हिमाली चोकमा १ नम्बर वडाअध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका सो अभियानको सुरुवात नगर प्रमुख पोखरेल र उपप्रमुख राधा कार्कीले गरेका थिए । उनीहरूले..

बचत फिर्ता नगर्ने झापाका सहकारी संचालकहरु धमाधम पक्राउ पर्दै

२४ फागुन, झापा । बचत फिर्ता नगर्ने झापाका सहकारी सञ्चालकहरू पक्राउ पर्न थालेका छन् । यसक्रममा बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ परेका हुन् । सहकारीका सञ्चालक तथा व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी हिजो पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू दुवै बुद्धशान्ति गाउँपालिका – २ का हुन् । प्रदेश सहकारी..