झापामा बिद्यालय हाताबाट शैक्षिक सामग्री बेच्नेलाई कारबाही गरिने

१४ बैशाख, झापा । झापामा बिद्यालय हातामा पाठ्यपुस्तक लगायतका शैक्षिक सामग्रीको खुलेआम बिक्री वितरण भईरहेको छ । विक्री भइरहेको सूचनापछि झापामा अनुगमनको तयारी गरिएको छ । जिल्लाका कतिपय पालिकाका सामुदायिक र संस्थागत विद्यालयले विद्यालय हाताबाटै शैक्षिक सामग्रीको विक्री बितरण गरेको थाहा भएपछि यसको अनुगमन गर्न लागिएको हो । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाका अध्यक्ष विनोद सापकोटाका अनुसार पालिकाको अनुगमन समिति, शिक्षा अधिकारी, सम्बन्धित वडाका वडा अध्यक्ष, राजश्व शाखा,..

साइग्रेस पोखरेलले शनिवार बिर्तामोडमा कथा सुनाउने

१४ बैशाख, झापा । लोकप्रिय ‘कथा वाचक’ साइग्रेस पोखरेलले झापाको बिर्तामोडमा कथा सुनाउने भएका छन् । सीआईसी एजुकेशन हब बिर्तामोडको आयोजनामा हुने वर्ड टुर विथ साइग्रेसको कार्यक्रममा उनले कथा सुनाउने भएका हुन् । आगामी वैशाख १५ गते बिर्तामोड–२ चारपानेको पर्शुराम पार्टीप्यालेशमा दिउँसो १ः३० बजेबाट सुरु हुने कार्यक्रममा साइग्रेसले कथा सुनाउनुका साथै पाठकहरूसँग अन्तक्र्रिया गर्ने सीआईसी एजुकेशन हब बिर्तामोडकी ब्राञ्च म्यानेजर तथा सिनियर काउन्सीलर आस्मा लुईंटेलले बताइन् । युवा विद्यार्थी वर्गलाई..

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१४ बैशाख, झापा । बिहिवार राति झापाको मेचीनगर नगरपालिका वडा नं.१२ स्थित देउनिया पुलमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिका २ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । राति ८ः३५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. १२ देउनिया पुलस्थित लोकमार्गमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे११प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित..

पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय

१४ बैशाख । अहिले कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आमललाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला अदालत रौतहटले बिहिवार उनलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँच जनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा उनलाई प्रहरीले ०७६ असोजमा..

नक्कली परीक्षार्थी पक्राउ

१४ बैशाख । काठमाडौंको ठूलो भर्‍याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका–५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो । नागार्जुन नगरपालिका–३ ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । घर्तीको..

एमाले नेता भीम रावलद्वरा पार्टी परित्यागको संकेत

१३ बैशाख । नेकपा एमालेका नेता भीम रावलले पार्टी परित्यागको संकेत गरेका छन् । ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई परिचय पत्र समेत उपलब्ध नगराउने काम भएको भन्दै रावलले अब आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताए । ‘गोदावरीको अधिवेशनमा उहाँहरूले जुन प्रकारको व्यवहार गर्नुभएको छ । मैले के सोचेको छु भने राजनीतिक जीवनको एउटा मोडमा धकेलिएको जस्तो महसुस भएको छ’, रावलले बिहीबार राजधानीमा आयोजित कार्यक्रममा भने..

उपनिर्वाचनका दिन इलाम २ मा यातायात बन्द

१३ बैशाख । इलाम २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तिब्रता दिएको छ । बिहीबार बसेको सर्वदलीय बैठकमा १५ गतेका दिन सार्वजनिक यातायातका साधन बन्द गरिएको जानकारी दिइएको हो । विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधन चल्न रोक लगाइएको हो । अत्यावश्यक सवारी साधनका लागि विशेष पासको व्यवस्था गरिएको छ । संचारकर्मीहरुका हकमा आफू कार्यरत संचारमाध्यमको सिफारिस, संचारमाध्यमको परिचय पत्र, सवारी साधनको..

दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा

१३ बैशाख, झापा । झापाको दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा आएको छ । दमक–५ बेलडाँगी रोडस्थित सेवारो कम्प्लेक्सको दोस्रो तलामा सञ्चालनमा आएको उक्त क्याफेको उद्घाटन चर्चित गायक एकदेब लिम्बूले गर्नुभएको छ । ‘तुम्मिरो’ को अर्थ लिम्बु भाषामा भेटौ, भेटघाट गरौँ भन्ने हुन्छ । ‘तुम्मिरो क्याफे’को उद्घाटनपछि गायक एकदेब लिम्बूले लिम्बू भाषा, संस्कृति र मुन्धुममा आधारित क्याफेको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । वहाँले क्याफेको नामअनुसारको सेवा र यहाँ उपलब्ध हुने..

खोटाङमा डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु

१३ बैशाख । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो । खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा शव भेटिएको उहाँले बताउनुभयो..

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

१३ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (वैशाख १५) को प्रतिनिधिसभा र प्रदेशसभा उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।