दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा

दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा

१३ बैशाख, झापा । झापाको दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा आएको छ । दमक–५ बेलडाँगी रोडस्थित सेवारो कम्प्लेक्सको दोस्रो तलामा सञ्चालनमा आएको उक्त क्याफेको उद्घाटन चर्चित गायक एकदेब लिम्बूले गर्नुभएको छ । ‘तुम्मिरो’ को अर्थ लिम्बु भाषामा भेटौ, भेटघाट गरौँ भन्ने हुन्छ ।

‘तुम्मिरो क्याफे’को उद्घाटनपछि गायक एकदेब लिम्बूले लिम्बू भाषा, संस्कृति र मुन्धुममा आधारित क्याफेको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । वहाँले क्याफेको नामअनुसारको सेवा र यहाँ उपलब्ध हुने फाष्टफुड तथा चिया–कफी स्वच्छ, सफा, र उत्कृष्ट स्वाद हुनुपर्नेमा जोड दिनुभयो ।

युवा व्यवसायी अशमिन फियाकले तुम्मिरो क्याफे सञ्चालनमा ल्याउनुभएको हो । क्याफेमा अनुमानित ३० लाख लगानी भएको सञ्चालक  फियाकले बताउनुभयो । सञ्चालक फियाकका अनुसार प्रर्दशनमा आउन लागेको चलचित्र मनसरा हेरेपछि टिकट ल्याएर आउने ग्राहकहरुका लागि विशेष छुटको व्यवस्था हुने छ ।

सो क्याफेमा इटालियनसहित फाष्टफुडका विभिन्न परिकारहरु पाइनुका साथै चिया, कफि, ग्रीन टी, आइस टी, हर्टलेमन लगायतका हाइजेनिक पेय पदार्थहरु उपलब्ध हुने सञ्चालक अशमिन फियाकले जानकारी दिनुभयो । क्याफेमा ६ जना दक्ष र अनुभवी कुकमेन र वेटरहरु छन् ।

क्याफेको उद्घाटन समारोहको सहजिकरण आदिवसाी जनजाति पत्रकार महासंघ (फोनिज) झापाकी अध्यक्ष तथा सञ्चारकर्मी भूमिका फियाकले गर्नुभएको थियो ।

कार्यक्रममा गायक एकदेब लिम्बु, इलाम माङसेबुङका उपाध्यक्ष बिनोद नेम्बाङ, निर्देशक तथा कलाकार भुपेन्द्र तुम्बाहाम्फे, युवा राजनीतिकर्मी जीतेन साङपाङ राई, पत्रकार सुसन रुमाहाङ राई लगायतका विशिष्ट व्याक्तिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर