२६ फाल्गुन, काठमाण्डौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
बाबुरामलाई भेट्न प्रचण्ड टोेखास्थित निवासमै पुग्नुभएको थियो ।
एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको स्रोतले बताएको छ ।
यसअघि प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो ।
प्रचण्डले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको गृहकार्य गरिरहेका छन् ।