खेलकुद पूर्वाधारका लागि १ अर्ब ३० करोड बजेट

१६ जेठ । सरकारले युवा तथा खेलकुद मन्त्रालय मातहतमा रहेका खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेका हुन् । पूर्वाधार विकास अन्तर्गत क्रिकेट रंगशाला निमार्णलाई बजेटमा प्राथमिकता दिइएको छ । जसअन्तर्गत काठमाडौंमा रहेको मुलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाबाबु क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना..

कोशीका पूर्वमुख्यमन्त्री कार्कीको रिट हेर्न नभ्याउनेमा

१६ जेठ, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइने भएको छ । कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको मागसहित कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले २८ वैशाखमा प्रतिवादीहरूसँग लिखित जवाफ माग गरेको थियो । ९ जेठमा अदालतले मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउने आदेश गरेको थियो ।

यसरी साङ्ला विश्वभर फैलियो- गृहखबर

१६ जेठ । खाटको घर्रा होस् वा दराजको । भान्साको चेप होस् वा बाथरूमको, साङ्ला हामीले देखिरहेका हुन्छौँ । ६ खुट्टे यस किरालाई जति नै पिटे पनि हत्तपत्त मर्दैन । किटनाशक छर्किएर मारे पनि एक दुई दिनपछि फेरि उही संख्यामा देखिन थाल्छ । घरका कुनाकुना कब्जा गरेका साङ्लाको उत्पत्ति कहाँबाट भयो र विश्वभर कसरी फैलियो त ? अनुसन्धानकर्ताहरूले यसबारे रोचक तथ्य फेला पारेका छन् । हालै प्रकाशित भएको एक अध्ययनले..

१३ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

१६ जेठ । बारा प्रहरीले ठूलो परिमाणमा नक्कली नेपाली नोट बनाउने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने एक भारतीयसहित चारजना छन् । बाराको सिम्रौनगढ नगरपालिका–९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा सोमबार पक्राउ गरेको उनीहरूलाई आज सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । डीएसपी न्‍यौपानेका अनुसार पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका –६ का २५ वर्षीय राजन चौधरी, वडा–५ का १९ वर्षीय आकाश..

सहकारी पीडितलाई तत्काल ५ लाखसम्म बचत फिर्ता गराउने अर्थमन्त्री पुनको प्रतिबद्धता

१६ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धता जनाएका छन् । बुधबार पोस्ट बजेट अन्तक्र्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने उनको भनाइ छ। ‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले..

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

१६ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । १४ जेठमा सर्वाेच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त..

नेपाल र युएईको खेल साउदीमा हुने

१६ जेठ । नेपाल र युएईबीचको दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ। यी दुईबीचको खेल जुन ६ मा दशरथ रंगशालामा हुने तय थियो। तर, एसियाली फुटबल महासघंले दशरथ रंगशालाको मैदानको अवस्था, फ्लडलाइट र समग्र सुरक्षालगायत थुप्रै कुरामा प्रश्न उठाएपछि खेल साउदीमा सारिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)का खेल स्थानीय समय अनुसार साँझ ७ बजे दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुनेछ ।

हावाहुरीका कारण विश्वकप उद्घाटन हुने स्टेडियममा क्षति

१६ जेठ । आईसीसी टी–२० विश्वकपको उद्घाटन खेल आयोजना गर्ने स्टेडियममा प्रतिकूल मौसमका कारण क्षति पुगेको छ। बिबिसीका अनुसार मंगलबार रातभरि भारी वर्षा भएको थियो। ८० माइल प्रतिघण्टाले हावाहुरी चलेको थियो। यसले स्टेडियम वरपरको संरचनामा क्षति पुगेको छ। मंगलबार डलास शहरमा तूफानको साइरन बजेको थियो। यस क्षेत्रमा शक्तिशाली मेघगर्जन, अचानक बाढी र आँधीबेहरी आउने चेतावनी दिइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का एक प्रवक्ताका अनुसार दर्शक बस्ने प्यारापिटमा पनि असर परेको छ।..

नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित

१६ जेठ ।  नेकपा एमाले बिर्तामोडको अध्यक्षमा पुनःसुवास भट्टराई निर्वाचित भएका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार शेखर कडेललाई ६९ मतान्तरले जितेका छन् । भट्टराईले २६८ र कडेलले १९९ मत प्राप्त गरेका छन् । उस्तै, उपाध्यक्षमा मदन बुढाथोकी ३२३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार राहुल शर्माले १३४ मत प्राप्त गरे । सचिवमा अम्बिका लिङदेन २३८ मत सहित निर्वाचत भएका छन् भने अर्का उम्मेदवार लक्ष्मी बाँस्कोटाले २१०..

रौतहटमा अत्यधिक गर्मीको कारण जनजीवन प्रभावित भएसँगै विद्यालय बन्द

१६ जेठ, रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन थालेका छन् । रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो । उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा..