पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन वडाध्यक्षहरुलाई बालेनको चेतावनी

२ असार, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरुलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन्। आज तय भएको नगरसभा कांग्रेस र एमालेका वडाध्यक्षहरुले बहिस्कारका कारण स्थगित भएपछि मेयर बालेनले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् । ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको उनले लेखेका छन् । ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६०..

रौतहटका अलग–अलग स्थानमा दुई युवाको शव फेला

२ असार, रौतहट । रौतहटका अलग–अलग स्थानमा एकै दिन दुई युवाको शव फेला परेको छ। मृतक दुवै गौर नगरपालिका क्षेत्रका हुन् । सुरुमा गौर नगरपालिका वडा नं. ५ का २० वर्षीय युवक राहुल मेहताको शव बाग्मती नदी किनारमा फेला परेको थियो भने त्यसको केही घण्टा पश्चात गौर नगरपालिका वडा नं. ४ का २० वर्षीय युवक रोहित सहनीको शव लालबकैया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।..

चितवनमा सुनचाँदी पसलमा लुटपाट

२ असार । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन्..

ट्वान्टी–२० विश्वकप- डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सुपर एटमा

२ असार । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड ट्वान्टी–२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ। शनिबार राति भएको वर्षाले प्रभावित खेलमा नामिबियालाई  डकवर्थ लेविस पद्धति (डीएलएस) ४१ रनले पराजित गर्दै इंग्ल्यान्ड दुई महत्त्वपूर्ण अंक जोडेको थियो। आइतबार बिहान समूह ‘बी’ को अन्तिम खेलमा अस्ट्रेलियाले  स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेसँगै इंग्ल्यान्ड सुपर एटमा पुगेको हो। समूह ‘बी’मा अस्ट्रेलियाले शतप्रतिशत जितसहित आठ अंक जोड्यो। अस्ट्रेलियासँगै सुपर एटमा पुगेको इंग्ल्यान्डले चार खेलबाट पाँच अंक जोड्यो। समान खेलबाट..

राष्ट्रपति पौडेल बर्लिनमा

२ असार । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन्। उनी आफ्ना समकक्षी डा फ्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन् । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उनकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गगेको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ । राष्ट्रपति पौडेलका साथ प्रथम महिला..

६ लाख बराबरको चोरीको सामानसहित युवक पक्राउ

२ असार । चोरीमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओमबहाल घर भएर चन्द्रागिरी नगरपालिका–२ बस्ने ३६ वर्षीय सुनिल महर्जन छन् । उनले जेठ १८ मा डल्लु स्थित विष्णु मग्रातिको डेरा र जेठ ३१ मा नागढुंगा स्थित बसन्डोलमा चोरी गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महर्जनको डेराबाट ६ लाख १८ हजार बराबरको चोरीको सामान बरामद गरेको छ । आरोपीले चोरी..

युरोकप- क्रोएसियामाथि स्पेनको जित

२ असार । स्पेनले युरोकपमा क्रोएसियामाथि एकपक्षीय जित हासिल गरेको छ। ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न समूह बी को खेलमा स्पेन ३-० गोल अन्तरले विजयी भएको हो। अल्भारो मोराटा, फेबियन रुइज र ड्यानी कार्भाजले खेलको पहिलो हाफमै गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाएका थिए। ८०औं मिनेटमा क्रोएसियाका ब्रुनो पेटकोभिकले दुई पटक पेनाल्टी प्रहार गरे पनि सफल हुन सकेनन्। योसँगै क्रोएसियाले खेलमा गोलअन्तर कम गर्ने मौका गुमायो।

ओली भन्छन्- मैले ५ अर्ब खाइसक्यो भनेर विरोधीहरूले भ्रमको तुँवालो फैलाउँदैछन्

१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले पार्टीविरुद्ध भ्रमको तुवाँलो तीव्र रुपमा फैलाएको दाबी गरेका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई कमजोर पार्न केपी ओलीले ५ अर्ब खाइसक्यो भनेर हल्ला फिजाएको जिकिर गरे । उनको भनाइ जस्ताको तस्तै प्रतिक्रियावादी शक्तिहरू जस्तो विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर, ती थैलाहरू भर्न असभ्य, अमर्यादित, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने खालका..

आँप टिप्ने क्रममा करेन्ट लागेर धनगढीमा किशोरको मृत्यु

१ असार, धनगढी । धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु भएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुँदा खड्कालाई करेन्ट लागेको बताए । उनका अनुसार खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर..

लोक सेवालाई समयसापेक्ष बनाउन उपराष्ट्रपतिको सुझाव

१ असार । कार्यवाहक राष्ट्रपति रामसहाय यादवले लोक सेवा आयोगले परीक्षण विधिहरूमा समयसापेक्ष सुधार र परिष्कृत गर्दै लैजानुपर्ने बताएका छन् । शनिबार लोक सेवा आयोगको ७४ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैं आफ्नो कर्तव्य, दायित्व र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘लोक सेवा आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशाको केन्द्रको रूपमा सधैँ आफ्नो कर्तव्य, दायित्व..