यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन

४ असार । कोशी प्रदेश सरकारको विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ बनाएर कार्यान्वयनमा ल्याएको छ। प्रदेशका १४ जिल्ला र एक सय ३७ पालिका समेटेर ‘प्रदेश विपद् जोखिम नक्साङ्कन’ सहितको कार्ययोजना तयारी गरी कार्यान्वयनमा ल्याएको हो । प्रदेशमा मनसुन भित्रिसकेका कारण विगतको विपद्का घटना र तथ्याङ्क विश्लेषण गरी समितिले प्रतिकार्य योजना आइतबारदेखि कार्यान्वयनमा ल्याएको हो । योजनामा यस वर्ष मनसुनमा हुन सक्ने बर्षा, त्यसले पुर्याउने प्रभाव, सम्भावित..

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

४ असार । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ। पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ । ‘कुकुरको..

प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको सांसद पौडेलको भनाई

४ असार । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको बताएका हुन् । उनले गृह मन्त्रालयको नेतृत्वले भनेको कुनै पनि काम नहुने स्थिति बनेको बताए । उनले सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले स्पष्टता प्रश्तुत गर्न नसकेको बताए । पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजनले आर्थिक अनुशासनको पालना नगरेको बताए ।..

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा

४ असार । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो । रविका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो । यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ । रिटमा गृहमन्त्री लामिछानेलाई..

आणविक हतियारको मामिलामा भारतले पाकिस्तानलाई उछिन्यो

४ असार । स्वीडेनको थिंक ट्याङ्क स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) को प्रतिवेदन अनुसार विश्वका नौ आणविक शक्ति सम्पन्न देशले सन् २०२३ सम्ममा आफ्ना आणविक हतियारलाई आधुनिकीकरण गरिसकेका छन्। प्रतिवेदनमा भारतसँग पाकिस्तानभन्दा धेरै आणविक हतियार रहेको उल्लेख छ । भारतसँग सन् २०२३ मा १६४ आणविक हतियार थिए, जुन २०२४ मा बढेर १७२ पुगेको छ । पाकिस्तानसँग गत वर्ष पनि १७० आणविक हतियार रहेकोमा यो वर्ष अहिलेसम्म कुनै वृद्धि भएको छैन..

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

४ असार । १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका–११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका–६ भेडेटारस्थित होटेलमा लगेर आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

४ असार । झापाको बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । ठक्करबाट मोरङको रतुवामाई नगरपालिका ८ बस्ने ७० वर्षीय टङ्कमाया सुवेदीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीलाई उपचारको लागि बिएण्डसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

माइखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबाली नष्ट

४ असार, झापा । अविरल वर्षाका कारण झापाको माइखोलामा आएको बाढी खेतमा पस्दा ५० बिघामा लगाएको मकैबालीलाई नष्ट भएको छ। बाढीले झापा गाउँपालिका–२ सुगाबथान टोल नजिकै करिब ५० बिघामा लगाएको मकैखेतीलाई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै, गएराति झापा–३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको छ। उक्त आगलागी शिवसताक्षी नगरपालिका, कमल गाउँपालिकाको बारुणयन्त्र..

चुलाचुलीमोडमा टिप्पर र बस जुध्दा २० जना घाइते

४ असार । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा २० जना घाइते भएका छन्। आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा. ३ ख २१६६ नम्बरको टिप्पर र पूर्वतर्फ जाँदै गरेको को. १ ख ५०८७ नम्बरको बस एकआपसमा ठोक्किएका थिए । बस चालक उदयपुर..

आत्मघाती गोल उपहार पाएसँगै युरोकपमा फ्रान्सको विजयी सुरुआत

४ असार । विपक्षी खेलाडीले गरेको आत्मघाती गोल उपहार पाएसँगै फ्रान्सले युरोकपमा विजयी सुरुआत गरेको छ। डसेलडोर्फ एरिनामा सोमबार राति सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोलअन्तरले पराजित गरेको हो। फ्रान्सको जितमा लेफ्ट ब्याक म्याक्सिमिलियन वोबरले ३८औं मिनेटमा गरेको आत्मघाती गोल नै निर्णायक बन्यो। जितसँगै फ्रान्सले समूह डी मा तीन अंक जोडेको छ। फ्रान्सले शनिबार दोस्रो खेल समूहको शीर्ष स्थानमा रहेको नेदरल्यान्ड्ससँग खेल्नेछ। नेदरल्यान्ड्सले पहिलो खेलमा पोल्यान्डलाई २-१ गोल अन्तरले पराजित..