विशेष

सरकारले मिडियालाई कमजोर हुन दिँदैनः उपप्रधानमन्त्री पौडेल
१७ साउन, काठमाण्डौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका छन् । मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधवार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताए । उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताए । उनले सरकारकाप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताए ।..

झापामा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु
१६ साउन, झापा । झापामा प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । तीन दिनअघि लागू औषधसहित पक्राउ परेका मेचीनगर नगरपालिका–७ निवासी २८ वर्षीय झकबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतभित्र रहेका खड्का बिरामी परेपछि धुलाबारीको आम्दा अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान १ः५५ बजे मृत्यु भएको हो । साउन १३..

मेची प्रादेशिक अस्पतालको कर्मचारी मृत भेटिए
१६ साउन, झापा । झापा भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा आज बुधवार बिहान ८ः५० बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका–१० केन्द्रमोड निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा भेटिएका थिए । सिसी टिभी फुटेज हेर्दा..

रविले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको मुकुल ढकालको आरोप
१६ साउन, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री हुँदा सरुवा बढुवामा पैसा खाएको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन गृहमन्त्री लामिछानेले १ नम्बरको मान्छेलाई नभइ ५ नम्बरको मान्छेलाई बढुवा दिएर अमेरिकामा पैसाको लेनदेन गरेको आरोप लगाएका हुन् । उनले रास्वपाका दुई जना केन्द्रीय सदस्यहरु मोहनजंग थापा र..

बाढीले बगाएर बेपत्ता दुई मध्ये एक शव फेला
१६ साउन, भोजपुर । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए । इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो ।..

एलेक्सले सुधारे पेरिस ओलम्पिकमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान
१५ साउन, काठमाण्डौँ । नेपाली पौडीबाज एलेक्स शाहले पेरिस ओलम्पिकमा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्न पाउदा खुशी लागेको बताएका छन् । पेरिस ला डिफेन्स एरिनामा पुरुष १०० मिटर फ्रिस्टाइलमा एलेक्सले निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले यसअघि कतारको दोहामा भएको वल्र्ड च्याम्पियनसिपमा आफैंले राखेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । ‘कीर्तिमान सुधार गर्न पाउँदा खुशी छु । यो मेरो लागि..

धरहरा छिटो सञ्चालनमा ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन
१५ साउन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज जारी बैठकमा प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न निर्देशन दिएका हुन् । उनले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि..

एकै पटक ९१ न्यायाधीशको सरुवा
१५ साउन, काठमाण्डौँ । न्याय परिषद्ले एकै पटक ९१ न्यायाधीशको सरुवा गरेको छ । आज मंगलबार बसेको न्याय परिषद्को बैठकले ९१ जना न्यायाधीशको सरुवा गरेको हो । प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उच्च अदालतका २६ र जिल्ला अदालतका ६५ जना न्यायाधीशको सरुवा गरेको न्याय परिषद्ले जनाएको छ ।

गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा
१५ साउन, झापा । झापाको कमल गाउँपालिकाले गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने भएको छ । चालु आर्थिक बर्ष २०८१–०८२ को स्वास्थ्य सेवा तर्फको स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरु लक्षित निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने कार्य शुरुवात गरिएको पालिकाले जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमलका ७ वटै वडामा हरेक महिना आठ दिनसम्म गर्भवती महिला लक्षित भिडियो एक्सरे सेवा उपलव्ध गराईने छ..

इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द
१५ साउन, इलाम । मौषम खराबीको कारण इलामको सुकिलुम्बा विमानस्थल दुई महिना देखी बन्द भएको छ । गत जेठ १३ गते नेपाल एयरलाईन्सको जहाजले अन्तिम पटक उडान भरेको थियो । गत जेठ १७ गते काठमाण्डौँबाट इलामका लागि नेपाल एयरलाईन्सको जहाज मौषम प्रतिकुलताका कारण अवतरण गर्न नसकेर काठमाण्डौँ फर्काईएको थियो । त्यसयता विमानस्थलबाट उडान हुँन नसकेको विमानस्थल इलाम स्टेसन ईन्चार्ज दिनेस सुन्दासले बताउनुभयो । उहाँका अनुसार मौषमा सुधार नआउन्जेलसम्म उडान सुचारु..