विशेष

फिफ्टिन्स रग्वी च्याम्पियनसिप आजदेखि
६ फागुन, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा आजदेखि फागुन १२ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप २०८०’ को आयोजना हुँदै छ । प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने छन् । नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका हुन् । उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब र..

बिल पेश भएको ४८ घण्टामै पुनम श्रेष्ठलाई उपचार खर्च निकासा
६ फागुन, काठमाडौँ । चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने क्रममा घाइते हुनु भएकी जुडो खेलाडी पुनम श्रेष्ठले माग गरेको उपचार खर्च राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकृया पूरा भएको ४८ घण्टामा निकासा गरी दिएको छ । खेलाडी पुनम श्रेष्ठले एसियाली खेलकुदमा खेल्ने क्रममा दायाँ खुट्टाको घुडाको एसीएल टियरको शल्यक्रिया गर्नु पर्ने भएकोले राखेपमा २०८० साल माघ ४ गते निवेदन दर्ता गराउनु भएको थियो । निवेदन दर्ता..

जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आज कैलाली जाँदै
६ फागुन, कैलाली । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कैलाली जाँदैछन । एमालेको जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली आज कैलाली जान लागेका हुन । एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट कैलालीको सुखडमा सुरु हुँदै छ । एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने छन । एमाले कैलालीको आइत र..

आलोपालोे फर्मुला अनुसार विप्लवलाई संयोजक
६ फागुन, काठमाडौँ । सत्तारुढ चार दलको समाजवादी मोर्चा संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आज बिहान बसेको मोर्चाको बैठकले पूर्वसहमति अनुसार आलोपालो नेतृत्वको फर्मुला अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालपछि विप्लवलाई संयोजक दिइएको हो । बालुवाटारमा बसेको मोर्चाको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले मोर्चाको संयोजक परिवर्तन गरेर विप्लव बनेको जानकारी दिए । उनले अहिलेसम्म ५८ जिल्लामा समाजवादी मोर्चाको संयोजन समिति गठन भएको र..

दमकमा ‘ए’ र ‘बि’ डिभिजन ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
६ फागुन, दमक । झापाको दमकमा 'ए' डिभिजन र 'बि' डिभिजन प्रदेश स्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । दमक-१ स्थित तिलुङ्छा चाम्लिङ राई कभर्ड हल परिवारको आयोजनामा तेस्रो वार्षिकोत्सवको अवसरमा फागुन ४ र ५ गते दुई दिन सञ्चालित प्रतियोगिता शनिवार सम्पन्न भएको हो । तिलुङ्छा कभर्ड हलका अध्यक्ष रण बहादुर राईका अनुसार हलले आफ्नो वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष विभिन्न प्रतियोगिता गराउदै आइरहेको छ । "स्वस्थका लागि खेलकुद, राष्ट्रका लागि..

नेपाल एपिएफ स्कुल र नेपाल पुलिस स्कुल सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफीको फाइनलमा
५ फागुन, काठमाडौं । आयोजक नेपाल एपीएफ स्कुल र नेपाल पुलिस स्कुल कीर्तिपुरमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । शनिबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर क टिमले मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपीएफ स्कुलको तर्फबाट विकास बोहोराले २ तथा तेन्जिङ्ग शेर्पा र रोहित गोलेले समान..

भाइरलको अर्थ सङ्क्रामक प्रसार होः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ उन्मुख हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए । विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय..

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको पहिलो जित
५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत पहिलो जित निकालेको छ । नेपालले नेदरल्यान्डलाई ९ विकेटले पराजित गरेको हो । नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए । कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए । यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको..

काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणको ३१ प्रतिशत काम सकियो
५ फागुन, निजगढ (बारा) । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ । मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना..

झापाको बुद्धशान्तिमा आमाले गरिन् पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास
५ फागुन, झापा । श्रीमान् परस्त्रीसँग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन् । शुक्रबार राति साढे ८ बजेको समयमा बुद्धशान्ति गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैले आगो लगाएकी थिइन् । स्थानीयले देखेर तत्काल आगो निभाएका थिए । राति ९ ः२० बजे इलाका प्रहरी कार्यालय बुधबारेको टोली..