फिफ्टिन्स रग्वी च्याम्पियनसिप आजदेखि

फिफ्टिन्स रग्वी च्याम्पियनसिप आजदेखि

६ फागुन, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा आजदेखि फागुन १२ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा ‘फिफ्टिन्स रग्वी च्याम्पियनसिप २०८०’ को आयोजना हुँदै छ ।

प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी खेलकुद क्लब, एपीएफ क्लब र गोर्खाली रग्बी क्लबले सहभागिता जनाउने छन् ।

नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएका हुन् ।

उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब र नेपाल प्रहरी खेलकुद क्लब भिड्दै छन । भने दोस्रो खेलमा एपीएफ क्लब, नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता फागुन ६ गते, ९ गते र १२ गते सञ्चालन हुनेछ।

राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई संघले यस वर्षदेखि रनिङ ट्रफी प्रदान गर्न लागेको संघका अध्यक्ष दीपक देवकोटाले बताए ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछ । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर