कृषि

टिमुर खेतीलाई व्यवसायीकरण गर्न सरोकारवालाको माग
१३ जेठ । टिमुरको व्यवसायिक खेती गरी आर्थिक लाभ लिन सकिने भन्दै सरोकारवालाले यसमा लगानी गर्न सरकारसँग माग गरेका छन् । दाङको लमहीमा भएको पहिलो टिमुर सम्मेलनमा सहभागीहरुले लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लामा टिमुर उत्पादन हुने गरेको भए पनि यसको व्यवसायीकरण हुन नसकेको औंल्याए । लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको टिमुर सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई व्यवसायीकरण गरेर..

भद्रपुर नगरपालिकाद्वरा कृषकलाई अनुदानमा धानको बीउ वितरण
७ जेठ । भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो रु ६० देखि रु ९५ मा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो । नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले धानको बीउमा गुणस्तर नियन्त्रण गर्न दुई बीउ उत्पादक संस्थासँग सम्झौता गरेर वितरण गरिरहेको जानकारी दिनुभयो । उहाँले धानको बीउ नउम्रेमा, बाली नलागेमा बीउमा मिसावट देखिएमा वा बाली बिग्रन गई आर्थिक क्षति..

तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर सडकमा
६ जेठ, झापा । गत फागुन महिनादेखि तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर आन्दोलनमा उत्रिएका छन् । शनिवार र्यालीसहित तलव भुक्तानीको माग गर्दै पहिलो चरणको आन्दोलन सुरु गरेका हुन् । मजदुर क्वाटरबाट सुरु भएको र्याली बिर्तामोड बसपार्क प्रवेश गर्ने ठाउँमा कोणसभा गरिएको थियो । श्रमिकको पारिश्रमिक भुक्तानी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, हदबन्दी छुटको जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै र्याली सम्पन्न गरिएको थियो । नेपाल कृषि तथा बगान..

बिर्तामोड नगरद्वरा कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण
२५ बैशाख । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४र०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई बाख्रा वितरण गर्दै आएको हो । त्यस यता १९ वटा उन्नत बोयर जातको बिउ बोकासमेत वितरण गरिएको जनाइएको छ। नगरको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यस अवधिमा १५ वटा महिला कृषक समूहका २ सय २५ जना सदस्यलाई बाख्रा..

कृषि वस्तु आफै उत्पादन गरी नगरबासीको माग धान्ने कनकाई नगरको लक्ष्य
१७ बैशाख, झापा । झापाको कनकाई नगरपालिकाले कृषि उत्पादन, बजारीकरण र पराम्परागत कृषि वस्तुको उत्पादनलाई विशेष प्राथमिकता दिइरहेको छ । बाहिरबाट आयात हुने कृषि वस्तु आफै उत्पादन गरेर नगरबासीको माग धान्ने योजना कनकाईको छ । बाहिरबाट आयात हुने कृषि वस्तु प्रतिस्थापन गर्दै जाने र अर्गानिक उत्पादनलाई जोड दिने कनकाई नगरपालिकाको लक्ष्य रहेको कृषि शाखा प्रमुख यदु उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार ३÷४ वर्ष यता कनकाईको कृषि क्षेत्रले विषादि रहित..

भारतीय भन्सारले गर्यो नेपाली चियाको निर्यात खुला
१३ बैशाख, झापा । भारतीय भन्सारले ६ दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो । “रोकिएका सबै ट्रक छाडिए”, उहाँले भन्नुभयो, “अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध..

इलामको माइजोगमाईमा ‘साना सिँचाइ कार्यक्रम’
२ बैशाख । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना सुरु भएको हो । चालु आर्षिक वर्षमा सम्पन्न हुने गरी रु तीन करोड ८३ लाख १५ हजार छ सय साठीको लागतमा छवटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी..

कृषि क्षेत्रमा प्रगति गर्दै बिर्तामोड
२९ चैत, झापा । स्थानीय तहको पहिलो निर्वाचनपछि बिर्तामोड नगरपालिकाले विभिन्न क्षेत्रहरुमध्ये कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाएको कृषि अधिकृत राजेन्द्र कडरियाले बताउनुभयो । उहाँका अनुसार निर्वाचनपछि जनप्रतिनिधिहरुले कृषिलाई हेरेको सकारात्मक दृष्टिकै कारण बिर्तामोडले कृषि क्षेत्रमा प्रगति हासिल गरिरहेको छ । सुरुवाती चरण मै नगर क्षेत्रका कृषियोग्य जमिनमा अनिवार्य सिँचाई सुविधा पुर्याउने र पूर्वकै ठुलो बजार बिर्तामोडलाई आवश्यक पर्ने तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सँगै किसानलाई नियमित आइपर्ने..

राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक मकैखेतीमा आकर्षित हुँदै झापाका किसान
२७ चैत, झापा । जिल्लाको सबैभन्दा बढी मकैखेती हुने झापा गाउँपालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् । झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९–८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियोभने दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो..

शिवसताक्षी नगरपालिकाद्वरा कृषि उपकरण वितरण
२५ चैत, झापा । झापाको शिवसताक्षी नगरपालिकाले नगरभित्रका कृषकहरुलाई व्यावसायिक बनाउन कृषि उपकरण वितरण गरेको छ । शिवसताक्षी–४ को विश्वडुबा बहुउद्देश्यीय युवा कृषक समूहलाई नगरपालिकाले मकै रोप्ने मेसिन र मकै–धान कुटानी–पिसानी गर्ने एक वटा कम्बाइन मेसिन प्रदान गरेको हो । करिब १८ देखि २० हजार रुपैयाँ पर्ने ५ वटा मकै रोप्ने मेसिन र एक वटा कुटानी–पिसानी गर्ने मेसिन प्रदान गरिएको शिवसताक्षी नगर कृषि अधिकृत रविन भट्टराईले जानकारी दिनुभयो । नगर..