प्रहरीमा जागिर लगाइदिने भन्दै ठगेको आरोपमा एकजना पक्राउ

१२ जेठ । प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–३ बस्‍ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । पासवानले कटहरी–५ बस्‍ने सम्पतलाल झागडका..

केपी शर्मा ओलीले गरे एशियन हाइवेको शिलान्यास

१० जेठ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब विदेशका ठुला र चिल्ला सडक अनि टाढा टाढा गएर ‘सेल्फी’ खिचेर पोस्ट गर्ने दिनको अन्त्य भएको बताएका छन् ।आज झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गीमा एशियन हाइवेमा पर्ने पूर्व पश्चिम राजमार्गको काँकरभिट्टा—लौकही सडकखण्डको स्तरोन्नति कार्यक्रमको शिलान्यास समारोहमा बोल्दैं पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले हामीले विदेशमा देखेका ठुला चिल्ला सडक अब नेपालमै देख्न पाइने तर, त्यसका लागि केही समय धैर्य गर्नुपर्ने..

विनोदकुमार शाहले लिए मन्त्रीको शपथ

  ९ जेठ । कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमाले सांसद विनोदकुमार शाहले शपथ लिएका छन् । बुधबार उनलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शाहले यसअघि उक्त मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए । त्यसपछि मुख्यमन्त्री यामलाल कँडेलले उक्त मन्त्रालय आफैसँग राखेका थिए । अहिले कँडेलले पुनः शाहीलाई उक्त मन्त्रालयको जिम्मेवारी दिए ।

इलाम ट्राफिक प्रहरीको सक्रियता बढ्यो

९ जेठ । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले दुर्घटना न्युनिकरणका लागि सक्रियता बढाएको छ । ट्राफिक प्रहरीले यात्रुवाहक तथा मालवाहक गाडी सहित तिनपाङग्रे र मोटरसाइकलको गति मापन गर्नुका साथै कागजपत्र, सवारी लाइसेन्स चेकजांच तथा जनचेतनामूलक कार्यक्रमहरुलाई अघि बढाएको हो । पछिल्लो समय इलाममा सवारी दुर्घटना बढे पछी सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङमा तीव्रता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ। सडकमा दुर्घटना न्यूनीकरण..

काभ्रेमा दम्पतीको हत्या

९ जेठ । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बलको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । डीएसपी श्रेष्ठका अनुसार श्रीमानको शव पसल रहेको कोठामा छ भने श्रीमतीकोशव भान्सा कोठामा फेला परेको छ । टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । ‘घटना विवरण अनुसार उनीहरुको..

बालबालिकालाई ओलीले भने- ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ बनाऔं

९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म केही गर्छु र गर्नुपर्छ भन्ने आत्मविश्वास’ आफूमा सानैदेखि रहेको बताउनुभएको छ। मंगलबार गृह जिल्ला झापाको सुरुंगामा आयोजित ‘बासँग बालबालिका कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू अभिभावको ओहोदा र मर्यादाबाट नभएर आफ्नै संघर्षले अघि बढेको मानिस भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘तपाईहरु जत्तिक्कै ट्यालेन्ट थिएँ भन्ने दाबी गर्दिनँ, तर मसँग आत्मविश्वास चाहिँ थियो म केही गर्न सक्छु, गर्नुपर्छ भन्ने थियो,..

झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

९ जेठ, झापा । झापामा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगरबाट तीन जना र कचनकवलबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर–६ पुरानो मेची पुल हुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–५ का २६ वर्षीय समीर मगर र उर्लाबारी–२ का २७ वर्षीय सुजन कार्कीलाई ब्राउन सुगरसहित मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय..

गौरीगञ्ज लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

८ जेठ । ४३ वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय र गौरीगञ्ज गाउँपालिकाको पहलमा सो जग्गा सरकारको स्वामित्वमा ल्याइएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । सरकारी स्वामित्वमा ल्याइएको जग्गा गौरीगञ्ज–२, ३ र ४ मा रहेको छ । विसं २०३८ मा जग्गादाता भीमप्रसाद चौधरीले बुबा लोकनाथ चौधरीको स्मृतिमा लोक सेवा सदन नामक..

कोशीमा सुरु भयो चलचित्र महोत्सव

७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि प्रादेशिक चलचित्र विकास बोर्ड बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबारदेखि सुरु भएको कोशी चलचित्र महोत्सवको बिर्तामोडमा भएको उद्घाटन समारोहमा उहाँले कला, साहित्य, संस्कृति र पर्यटकीय क्षेत्रमा धनी रहेको कोशी प्रदेशसँग चलचित्र छायाङ्कनका लागि नेपाली र भारतीय चलचित्रकर्मीलाई आकर्षण गर्न सक्ने सामथ्र्य भएको बताउनुभयो । उहाँले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा चलचित्र छायाङ्कनका लागि ‘आउटडोर’ र..

गिरिबन्धु टि इस्टेटको भोगचलनमा रहेको हदभन्दा बढी जग्गा जफत हुने

६ जेठ ।  सर्वाेच्च अदालतबाट झापास्थित गिरिबन्धु टि इस्टेटको भोगचलनमा रहेको हदभन्दा बढी जग्गा जफत हुने पूर्ण फैसला आइसकेको छ । उक्त जग्गा अब बिक्री गर्न पाइने छैन । देशको अर्बैँको सम्पत्ति संरक्षणका लागि अधिवक्ता ओमप्रकाश अर्याल एकल रूपमा भिडेका थिए । उनकै रिट निवेदनले राज्यको सम्पत्ति क्षति हुनबाट जोगिएको छ । माघ २४ गते सर्वाेच्च अदालतको संवैधानिक इजलासले गरेको उक्त फैसलाको पूर्णपाठमा भोगचलनमा रहेको हदभन्दा बढी जग्गा जफत हुने..