ठेकेदार कम्पनीलाई पोस्ने निणर्य गरिएको भन्दै माङसेबुङमा विरोध सुरु

५ जेठ । गाउँपालिकाले ठेकेदार कम्पनीलाई पोस्ने गरी निणर्य गरिएको भन्दै इलामको माङसेबुङ गाउँपालिकामा विरोध सुरु भएको छ । गाउँसभाबाटै ठेकेदार कम्पनीलाई पोस्ने खालको निणर्य भएको भन्दै एक वडाअध्यक्षले लिखित रुपमा असहमति जनाएपछि सो निणर्य सार्वजनिक भएको हो । ठेक्का सम्झौताभित्र पर्ने सामग्री ढुवानी भाडाका लागि गाउँसभाबाट रकम विनियोजन भएपछि ३ नं. वडा अध्यक्ष लक्षुमन राई जनमले असहमति जनाउनुभएको हो । माङसेबुङ गाउँपालिकासहित इलाम र पाँचथरमा पूर्ण विद्युतीकरणको ठेक्का पारेको..

बिर्तामोडमा परालको थुप्रोमा एक बेवारिसे शव फेला

५ जेठ । झापाको बिर्तामोडमा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ । बिर्तामोड–३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६०का व्यक्तिको बेवारिसे शव शुक्रवार दिउँसो फेला परेको हो । शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मागिखाई हिड्ने व्यक्ति मृत फेला परेको स्थानीयले बताएका छन् । बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको..

शिवसताक्षी मेयर कप- उपाधीका लागि वडा नं. ११ र वडा नं. ८ भिड्दै

५ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबलमा वडा नं. ११ र वडा नं. ८ फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको सेमी फाइनल खेलमा मिनी भेट्रान क्लबलाई ५–१ गोल अन्तरले हराउँदै वडा नं. ११ फाइलनमा प्रवेश गरेको हो । वडा नं. ११ को तर्फबाट निकेश श्रेष्ठले २ गोल, देव मल्लिक, आकास पौडेल र सुरज मगरले १–१ गोल गरेका थिए । यता मिनी भेट्रानको तर्फबाट लक्ष्मण अधिकारीले एक..

कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ

४ जेठ । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख ‎परशुराम खापुङ्गले शपथ खुवाएका हुन् । शुक्रबार मुख्यमन्त्री हिक्मत कार्कीले पाँच जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका थिए । आर्थिक मामिला तथा योजना मन्त्रीमा राम राना, सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्रीमा लिलावलल्भ अधिकारी नियुक्त भएका छन् । यस्तै, भौतिक पूर्वाधार विकास..

माङसेबुङ गाउँपालिकाद्वरा नौ विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण

३ जेठ । इलामको माङसेबुङ गाउँपालिकाले नौ वटा आधारभूत विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको छ । बुधबार माङसेबुङ गाउँपालिकामा एक कार्यक्रम गरी नौ वटा कम्प्युटर र छ वटा प्रिन्टर वितरण गरेको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुलाई  प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरे। माङसबुङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०।०८१ को ‘अध्यक्ष विकास कार्यक्रम’ अन्तर्गत कम्प्युटर र प्रिन्टर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चौहाले बताए । गाउँपालिकाले..

साउनयता झापामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन

३ जेठ । आन्तरिक राजस्व कार्यालय झापाले चालू आर्थिक वर्षको दश महिनामा रु. दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु आको साउनदेखि बैशाख मसान्तसम्ममा रु. एक अर्ब २१ करोड ११ लाख ८० हजार आयकर वापत, रु. ३१ करोड ९७ लाख ६४ हजार अन्तःशुल्क वापत र मूल्य अभिवृद्धि कर वापत रु. ८४ करोड ७६ लाख ४० हजार..

शिवसताक्षी मेयर कप- वडा नं. ११ र ९ सेमी फाइनलमा प्रवेश

  ३ जेठ, शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी मेयर कप फुटबल अन्तर्गत बुधबार भएको खेलमा वडा नं. ९ र वडा नं. ११ सेमी फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको पहिलो खेलमा वडा नं. ७ लाई १–० गोल अन्तरले हराउँदै वडा नं.९ सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफदी म्याच वडा नं. ९ का टिम क्याप्टेन प्रनिष फागो घोषित भएका छन् । त्यस्तै बुधबार नै भएको दोस्रो खेलबाट शिवसताक्षी..

कोशीमा आजै नयाँ सरकार गठनको आव्हान गरिँदै

२६ बैशाख । कोशी प्रदेशमा आजै नयाँ सरकार गठनका लागि आव्हान हुने भएको छ । एमाले–माओवादीले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएलगत्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आव्हान गर्ने तयारी गरेका हुन् । कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बतायो । नयाँ सरकार गठनको आव्हानलगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए..

कोशी प्रदेशका एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालयमा

२६ बैशाख । कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिँदै एमाले र माओवादी नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । संकल्प प्रस्ताव मार्फत विश्वासको मत लिन मुख्यमन्त्री केदार कार्कीलाई दिएको निर्देशनको समय सीमा सकिएपछि गठबन्धनका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगेका हुन् । विराटनगरस्थित होटल बिगमा आन्तरिक छलफलपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, नेताहरू राम राना, रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी र माओवादी नेताहरू इन्द्रबहादुर आङ्बो, जीवन आचार्यसहितको टोली आवश्यक..

शिवसताक्षी नगरपालिकाले गर्यो श्रमिकलाई सम्मान

२६ बैशाख । झापाको शिवसताक्षी नगरपालिकाले श्रमिकहरुलाई सम्मान गरेको छ । १३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार नगरपालिका कार्यालयमा एक कार्यक्रम गरी प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत ७० जना श्रमिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको हो । नगरको रोजगार शाखाले १ सय दिन ज्यालमा काम गर्ने श्रमिकहरुलाई थप हौसला प्रदान गर्न श्रम संस्कृति प्रवद्र्धन कार्यक्रम अन्तर्गत सम्मान गरिएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा..