चोरको रड प्रहारबाट बिर्तामोडमा एक वृद्धाको हत्या

२६ वैशाख । झापाको बिर्तामोड–४ मा एक वृद्धा घरमै मृत अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ । ६८ वर्षीया विष्णुमाया विष्टलाई आज राती चोरले रडले हिर्काएर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उक्त घटनास्थलमा झापाका प्रहरी प्रमुख मिलन केसीसहितको टोली आइसकेको छ । घटनास्थललाई सुरक्षित राखिएको प्रहरीको भनाई छ । राती गाउँलेले चोर आएको थाहा पाएपछि लेखेटेका थिए, स्थानीय भन्छन् –त्यहि चोरले एक्लै बस्दै आएकी वद्धालाई रडले..

बिर्तामोड नगरद्वरा कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण

२५ बैशाख । बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४र०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई बाख्रा वितरण गर्दै आएको हो । त्यस यता १९ वटा उन्नत बोयर जातको बिउ बोकासमेत वितरण गरिएको जनाइएको छ। नगरको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले यस अवधिमा १५ वटा महिला कृषक समूहका २ सय २५ जना सदस्यलाई बाख्रा..

अनुदान सहयोगले बुद्धशान्तिमा बायो ग्यासमा आकर्षण

२५ बैशाख । वडाले अनुदान सहयोगको कार्यक्रम ल्याएपछि झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ का पशुपालक कृषकहरुले बायो ग्यासको प्रयोग बढाएका छन् । वडा नं. १ को दीर्घकालीन योजना अन्तर्गत कृषकलाई वडाबाट १० हजार रूपैँया अनुदान सहुलीयत दिएपछि आर्थिक वर्ष २०८०–८१ मा बायो ग्यास जडानमा कृषक आकर्षित भएका हुन्। नागरिकका नविनतम आवश्यकता परिपुर्तिका लागि योजनागत रूपमा अघि बढिरहेको बुद्धशान्ति वडा नं १ ले पशुपालनमा थप हौसला दिँदै उर्जाका लागि हुँदै..

चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  २५ बैशाख, माङसेबुङ । इलामको माङसेबुङ ६ स्थित चिसोपानी पञ्चमी बजारमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड चिसोपानी पञ्चमी शाखा सहित एञ्जल फाउण्डेशन उर्लावारी र जीवन विकास पब्लिक हेल्थ सेन्टर कटहरिको संयुक्त आयोजनामा वैशाख २८ गते शुक्रवार शिविर सञ्चालन हुने भएको हो । शिविरमा सुगर, प्रेसर, दम, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका विभिन्न रोगहरुको जाँच तथा उपचार सेवा रहेको जीवन विकास पञ्चमी..

करेण्ट लागेर शिवसताक्षीमा १८ महिने बालकको मृत्यु

२५ बैशाख, शिवसताक्षी। झापाको शिवसताक्षीमा करेण्ट लागेर १८ महिनाको बालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका ७ का सुनिल राजवंशीको १८ महिनाका छोराको मृत्यु भएको हो। सोमबार दिउँसो खेल्ने क्रममा चलिरहेको पानी तान्ने मोटर छुँदा करेण्ट लागेर गम्भीर घाइते भएका थिए। बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए। शव निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको उनले..

शिबसताक्षीमा बचत तथा ऋण सहकारी संस्थाका समस्या र चुनौतीमाथि छलफल

१८ बैशाख, झिलझिले । बित्तिय संस्थाहरुमा देखिएका समस्या र चुनौती विषयक मंगलबार झापाको झिलझिलेमा सहकारीकर्मीहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाले आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा शिबसताक्षीसहित कनकाई, अर्जुनधारा, बाह्रदशी र झापा गाउँपालिकाका सहकारीकर्मीहरुले सहभागिता जनाएका थिए । शिबसताक्षी–८ झिलझिलेस्थित चौतारी बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा सहकारीकर्मीहरुले संस्था सञ्चालनमा देखिएका समस्याहरु र चुनौतीहरुका बारेमा आ–आफ्ना अनुभवहरु राखेका थिए..

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु

१९ बैशाख । इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी प्रकाश जवेगुका अनुसार सोही दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् । उनको अवस्था पनि गम्भीर छ । उनलाई..

ओलीले भने- कोशी साझा नाम हो, भुलभुलैयामा नपर्नुस्

१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी साझा नाम भएको बताएका छन् । इलाम २ मा आयोजित विजय सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले कोशी सबैको साझा नाम भएकाले कोही पनि भुलभुलैयामा नपर्न आग्रह गरेका हुन् । ‘हामी कयौं जात, कयौं धर्म, वर्ण, मिलेर बसेका छौं । यसरी नै समाज र देश बनेको छ,’ ओलीले भने, ‘त्यसैले हामी सबैको पहिलो पहिचान नेपाल हो, नेपाली हो ।’ ओलीले कोशी..

सुहाङ नेम्बाङ भन्छन्- ०८४ मा भोट माग्नै नपर्ने गरी काम गर्नेछु

१८ वैशाख । इलाम २ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्बाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने बताएका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम २ मा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्बाङले इमान्दार भएर जनताको पक्षमा काम गर्ने बताएका हुन् । ‘म कसैलाई गाली गर्नेछैन । कसैलाई गलत भन्ने छैन । अरुलाई नराम्रो नदेखाइ आफूले राम्रो काम गर्नेछु,’ उनले भने, ‘०८४ को चुनावमा भोट..

इलामको विजय सभालाई ओलीले सम्बोधन गर्ने

१८ वैशाख। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि नेकपा एमालेले आज विजय सभा आयोजना गर्दै छ । विजय सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्माले सम्बोधन गर्ने छन् । विजय सभा दिउँसो १ बजे आयोजना हुने र पार्टी अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्ने नेकपा एमाले इलामका सचिव उमेश गुरुङले बताए । गत वैशाख १५ गते भएको उपनिर्वाचनको मत गणना मंगलबार बिहानपख सकिएको थियो ।..