पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु

२८ असार, कास्की। निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा ११ जनाको मृत्यु भएको छ । कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पोखरा महानगरपालिका(१९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछाडिबाट पहिरो खसेर पुरिदा ६ जनाको मृत्यु भएको एसपी थापाले बताए । घटना परी कुल बहादुर परियार, ४३ वर्षीया..

गण्डकी सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने एमाले सांसदको चेतावनी

११ असार, कास्की । गण्डकी प्रदेश सभाका नेकपा एमालेका सांसद कृष्ण पाठकले प्रदेश सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने चेतावनी दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले प्रदेश सरकारले बजेट नसच्याए बजेट पुस्तिा च्यात्नेमात्र नभई आगो लगाईदिने धम्की दिएका छन् । ‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो’, पाठकले..

उच्च मूल्यबाट घट्यो डलर, यस्तो छ बिदेशी मुद्राको भाउ l

९ असार, । शुक्रबार हालसम्मकै उच्च मूल्य बनाएको अमेरिकी डलर घटेको छ । शुक्रबारको तुलनामा एक अमेरिकी डलरको मूल्य १९ पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । यसअघि शुक्रबार यो मूल्य हालसम्मकै उच्च १३४ रुपैयाँ १५ पैसा थियो । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ । आइतबार कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ..

किताबी ज्ञानले मात्रै पुग्दैन भन्दै कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

२८ जेठ, स्याङ्जा । स्याङ्जाको वालिङ–९ स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ। व्यवहारिक सीपमार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए। जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ। विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको हो। ‘विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक..

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

२८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ । सर्वाेच्च अदालतको परमादेश अनुसार गत जेठ १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले असार १३ सम्म विश्वासको मत लिइ सक्नुपर्नेछ । उहाँ संविधानको धारा १ सय ६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त..

सहकारी पीडितले कालो झण्डा देखाएपछि प्रचण्डले भने– तपाईंहरुले ब्लण्डर गर्नुभयो

२३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् । उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । प्रचण्डले भने, ‘यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो । यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो ।  

पोखरा महानगर क्षेत्रभित्र २ लाख २६ हजार २६१ विरुवा लगाइने

२२ जेठ । पोखरा महानगरपालिका क्षेत्रभित्र २ लाख २६ हजार २६१ विरुवा लगाइने भएको छ। ‘स्वच्छ शहरः हरित सहर’को रूपमा विकास गर्ने उद्देश्यले महानगरले विरुवा रोप्न लागेको हो। सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीतिका लागि महानगरले वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सोही कार्यदलले मेयर धनराज आचार्यलाई मंगलबार प्रतिवेदन बुझाउँदै २ लाख बढी क्षेत्रमा वृक्षारोपण गर्न सकिने बताएको हो ।..

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

१६ जेठ, पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । १४ जेठमा सर्वाेच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त..

दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा

१३ बैशाख, झापा । झापाको दमकमा आजदेखि ‘तुम्मिरो क्याफे’ सञ्चालनमा आएको छ । दमक–५ बेलडाँगी रोडस्थित सेवारो कम्प्लेक्सको दोस्रो तलामा सञ्चालनमा आएको उक्त क्याफेको उद्घाटन चर्चित गायक एकदेब लिम्बूले गर्नुभएको छ । ‘तुम्मिरो’ को अर्थ लिम्बु भाषामा भेटौ, भेटघाट गरौँ भन्ने हुन्छ । ‘तुम्मिरो क्याफे’को उद्घाटनपछि गायक एकदेब लिम्बूले लिम्बू भाषा, संस्कृति र मुन्धुममा आधारित क्याफेको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । वहाँले क्याफेको नामअनुसारको सेवा र यहाँ उपलब्ध हुने..

गण्डकीमा हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी

८ बैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा मन्त्रीको शपथ लिएका थिए । गण्डकी प्रदेश सरकारमा नौवटा मन्त्रालय..