राजनीति
पूर्वराजालाई ओलीको सुझाव- अलिकति टाउको निकालेर हुँदैन, चुनाव लड्न आउनुस् न
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् । कुर्सीमा बस्दैमा राजा नभइने भन्दै उनले कटाक्ष गरे । महोत्तरीमा आज आयोजित एक कार्यक्रममा ओलीले देशका जुनसुकै स्थानबाट चुनाव लड्न सुझाव दिए । उनले भने, ‘…हुँदा हुँदा हिजो कि अस्तिका दिन उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन् अरे । मान्छे कुुर्सीमा बस्दा राजा हुने भए..
मोदीसंग भेट नहुने भएपछि देउवाको भारत भ्रमण रद्द
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुष्टि गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण..
फाकफोकथुममा एमालेको जरा केन्द्रीत प्रशिक्षण कार्यक्रम सम्पन्न
७ फागुन, इलाम । नेपाल कम्युनिस्ट पार्टी एमाले फाकफोकथुम गाउँ कमिटीकाे दाेस्राे पुर्ण तथा विस्तारित वैठक सम्पन्न भएकोछ । बैठक संगै ३ महिने जरा केन्द्रीत पालिका स्तरीय अनुशिक्षण कार्यक्रम समेत सम्पन्न भएको एमाले फाकफोकथुमका अध्यक्ष अर्जुन योङ्हाङले जानकारी दिनुभयो । बैठकले नेकपा एमाले फाकफाेकथुम गाउँकमिटीकाे वार्षिक कार्ययोजना पारित गरेको उहाले बताउनुभयो । पालिकाकाे ४२ वटा टाेल कमिटीहरुकाे ईन्चार्जकाे जिम्मेवारी प्रदान गर्ने निर्णय साथै अन्य धेरै महत्त्वपूर्ण र दुरगामी महत्व..
‘जनै’ लाउने देखी ‘सहनाई’ फुक्नेसम्मको पहिचानको सुरक्षा हुनुपर्छः प्रविण चाम्लिङ
३ फागुन, झापा । जनता समाजवादी पार्टी नेपालका पूर्व प्रदेश नं. १ समितीका अध्यक्ष प्रविण चाम्लिङ नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्र दमक नगर अधिवेशनको उद्घाटन समारोहकाबीच पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उहाँलाई खदा र रुद्राक्षको माला लगाईदिएर पार्टी प्रवेश गराउनुभएको हो । गणतन्त्रको संवाहक नै माओवादी १० बर्षे जनयुद्ध आन्दोलन रहेको र यो व्यवस्थाको संरक्षण गर्न माओवादी पार्टी मात्रै ईमान्दार रहेको निश्कर्ष सहित आफु..
संविधानमा महिला, दलित र आदिवासीलाई अधिकार दिएको ओलीलाई मन परेको छैनः प्रचण्ड
३ फागुन, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुग्ने वित्तिकै संविधानलाई च्यात्न प्रयास गरेको बताउनुभएको छ । नेकपा माओवादी दमक नगर कमिटीको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले प्रधानमन्त्री ओली संविधानलाई च्यात्न उद्धत रहेको अरोप लगाउनुभएको हो । नेपालमा गणतन्त्र र संघियता ओलीले कहिल्यौ पनि नचाहेको प्रचण्डको भनाई थियो । तर नचाहँदा–नचाहदँै बाध्य भएर यो व्यवस्था मान्न परेको भनेर केही अगाडीले ओली..
पाथीभरा केबलकार विवाद; दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीबिचको छलफल सकारात्मक रहेको छ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको हो । मंगलबार पुनः बैठक बस्ने सहमति भएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए । उनले भने, ‘आज टंगोमा पुग्न सकिएन । भोलि ११ बजे पुनः वार्ता गरौँ भनेका छौँ ।’ संयोजक तुम्याहाङले आफूहरूले..
मुक्कुमलुङमा केबलकार निर्माण कार्य रद्द नभएसम्म आन्दोलन जारी रहन्छः राजेन्द्र महतो
काठमाण्डौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरास्थित मुक्कुमलुङमा केबलकार निर्माण कार्यको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले मुक्कुमलुङको सांस्कृतिक भूमि संरक्षण गर्न शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका आन्दोलनकारीलाई प्रहरी प्रशासनले छाती र तिघ्रामा गोली हानेर घाइते बनाएको बताउँदै लिम्बुवानलाई स्वायत्त बनाउनुपर्ने माग गरे । उनले भने,‘यो देश लिम्बुको हो कि होइन रु हो..
दुई दलीय सहकार्य जारी राख्नुपर्ने प्रर्वमुख्यमन्त्री थापाको भनाई
३ पौष, झापा । कोशी प्रदेशका प्रर्वमुख्यमन्त्री समेत रहनुभएका नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुई दलीय सहकार्य जारी राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न पदाधिकारी, क्षेत्रीय सभापति, गाउँ–नगर समितिका सभापतिहरुको जिल्ला पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकार असफल भए देशका ठूला दल असफल हुने बताउँदै दुई दलीय स्पीड अनुसार नै कार्य गर्नुपर्ने बताउनुभएको हो ।..
पत्रकार महासङ्घ झापाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित
२९ मंसिर, झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गिरी एक सय ३१ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिनुभयो । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुँदा प्रतिस्पर्धी गणेशमान मुखियाले ८१ मत पाउनुभयो । सचिवमा..
इजलासमा न्यायाधीशलाई रविको आश्वासनः श्रीमान् छाडिदिनुभयो भने गर्वलायक काम गर्छु
२७ मंसिर, पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले बिहीबार पाँच दिन म्याद थप गरेको छ । सातौँपटक म्याद थप हुँदा लामिछानेको मुद्दा अदालतमा लैजान अब ९ दिन मात्र बाँकी छ । सरकारी पक्षले बाँकी रहेको ९ दिन नै म्याद थप गर्नुपर्ने माग राखेको थियो । तर, न्यायाधीश चन्द्रकान्त पौडेलले पाँच..


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७