साइबर क्राइमको मुद्दामा प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई ‘क्लीन चिट’, दाबी नपुग्ने ठहर

साइबर क्राइमको मुद्दामा प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई ‘क्लीन चिट’, दाबी नपुग्ने ठहर

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले विद्युतीय अपराध (साइबर क्राइम) को मुद्दामा सफाइ पाएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको बुधबारको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बस्नेतलाई क्लीन चिट दिएको हो ।

मिडियामा प्रकाशित समाचारको विषयलाई साइबर अपराध भन्न नमिल्ने र यसको क्षेत्राधिकार प्रेस काउन्सिल रहेको अदालतको व्याख्या रहेको बस्नेतको तर्फबाट बहस गरेका अधिवक्ता हरिप्रसाद पंगेनीले बताए ।

‘राजनीतिक पूर्वाग्रह साँध्नमात्र क्षेत्राधिकारभन्दा बाहिर गएर मुद्दा लगाइएको देखियो’, पंगेनीले भने ।

वरिष्ठ अधिवक्ता बाबुराम दाहाल, वरिष्ठ अधिवक्ता रामबहादुर खड्का, अधिवक्ताहरू रामचन्द्र पौडेल, योगेन्द्रबहादुर थापा, चेतबहादुर थापालगायत बस्नेतको पक्षबाट बहस गरेका थिए ।

बस्नेत अध्यक्ष रहेको जनता टाइम्स अनलाइमा प्रकाशित समाचारको विषयलाई लिएर उनीमाथि मुद्दा चलाइएको थियो ।

अर्का प्रतिवादी गणेश विकलाई भने पछि सजाय निर्धारण हुने गरी कसुरदार ठहर्‍याइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर