२८ चैत, झापा । दमक क्याम्पसको स्ववियु निर्वाचन समितिले समानुपातिक तर्फको नाम अबैधानिक ढंगले टुङ्याएको भन्दै अनेरास्ववियुका बिद्यार्थीले दमक क्याम्पस प्रमुखको कुर्सी गेटमा झुण्ड्याएका छन ।
उनिहरुले समानुपातिक तर्फको उक्त नाम तुरुन्त सच्याउन माग गरेका छन ।
यसअघी पनि सो नाम सच्यान माग गर्दै उनिहरुले निर्वाचन समितीको कार्यलय र क्याम्पस प्रमुखको कार्यलयमा ताला लगाएका थिए ।
क्याम्पस इकाई समितीले सिफारिस गरेको नाम भन्दा फरक नाम निर्वाचन समितीले प्रकाशन गरेपछी निर्वाचन समितीको कार्यलय र क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको र आफुहरुको माग पुरा नभएपछी प्रमुखको कुर्सी गेटमा झुन्ड्याएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष भिजन चेम्जोङले बताए ।
एमाले दमक नगर पार्टीले हस्तक्षेप गरेर फरक नाम पठाएको र निर्वाचन समितीले बिद्यार्थी संगठनको सिफारिस लत्याएर बिधी प्रकृया भन्दा बाहिर गएर नाम प्रकाशित गरेको उनले बताए ।
अनेरास्ववियु दमक क्याम्पस कमिटी अध्यक्ष चेम्जोङ र क्याम्पस इन्चार्ज अबिश खनालले केही दिन अघि हस्ताक्षर गरेर बुझाएको बिज्ञप्तीमा निर्वाचन समितीलाई तुरुन्त नाम सच्याउन माग गरिएको थियो ।
एमाले दमक नगर अध्यक्ष राम पौडेल र सचिव गिरेन्द्र चौलागाई लगायतले सिफारिस गरेको पत्रमा संजय राई, गंगा प्रसाद खतिवडा र युनिक घिमिरेको नाम पठाईएको थियो यता अनेरास्ववियु दमक क्याम्पस कमिटीले सिफारिस गरेको पत्रमा अबिश खनाल, भिजन चेम्जोङ र संजय राईको नाम सिफारिस गरिएको थियो ।
स्ववियू निर्वाचन समितीले इकाई कमिटीको सिफारिस लत्याएर पार्टीको पत्रको आधारमा नाम प्रकाशन गरिदिएको थियो त्यसमा आजै सपथ ग्रहणको कार्यक्रम तोकिदिएपछी बिद्यार्थीले प्रमुखको कुर्सी झुन्ड्याएका हुन ।
अहिले निर्वाचित स्ववियुका पदाधिकारीको सपथ ५ दिनका लागी स्थगित निर्वाचन समितिले बताएको छ ।