गृहमन्त्री लामिछाने भन्छन्- ‘उपनिर्वाचनमा पैसा बाँड्न गाउँ छिर्नेलाई निर्मम कारवाही गछौँ’

९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता कार्यकर्तालाई निर्मम कारवाही गरिने बताएका छन् । इलामको फाककफोमथुम गाउँपालिकास्थित आमोचकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो कोहीलाई कडा कारवाही गरिने बताए । उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारवाही गर्ने बताए । ‘मौन..

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्- अहिलेको समीकरण पूरै अवधि जान्छ

९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीसहितको समीकरण पूरै अवधि जाने प्रष्ट पारेका छन् । धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै भइरहेका चर्चा–परिचर्चालाई खण्डन गरे । उनले भने, ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण ।’ प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रचण्डले सुनाए । अब कोशी प्रदेशमा मात्र बाँकी मुख्यमन्त्री..

‘कम्युनिष्ट पार्टीबीच एकता तत्काल सम्भव छैन’- राजेन्द्र पाण्डे

९ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताएका छन्। धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा आज उनले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताए। केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको उनको भनाइ थियो। नेता पाण्डेले कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता..

जसपाले दुई मन्त्रालय नपाएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलायो

९ बैशाख । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ । जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले शनिबार नै राजीनामा बुझाएका हुन् । माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए । ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए । तर जसपाले पदभार ग्रहण नगर्न निर्देशन..

राजतन्त्र फर्काउन सम्भव छैनः ओली

८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनै पनि प्रयास सफल हुने सम्भावना नरहेको बताएका छन् । शनिबार ललितपुरको सनराईज हलमा आयोजित पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र पुनस्र्थापना नहुनेमा ढुक्क हुन पनि सबैलाई आग्रह गरेका हुन् । अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्रको..

माधव नेपाल भन्छन्- नेकपा एसलाई कमजोर ठाने देशमा अर्काे उथलपुथल हुन्छ

  ८ बैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । गृहजिल्ला रौतहटमा रहेका नेपालले आफूहरुलाई कसैले कमजोर ठान्ने कुचेष्टा गरे देशमा फेरि अर्काे उथलपुथल गर्न बेर नलगाउने चेतावनी दिए । आफू देशका ठूला हस्ती राजा वीरेन्द्रदेखि ज्ञानेन्द्र, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरजाप्रसाद कोइरालादेखि प्रचण्डसम्मलाई सामना गरेर आएको नेता भएकोले आफू र आफ्ना पार्टीलाई कसैले कमजोर नठान्न नेता नेपालको चेतावनी..

गण्डकीमा हरि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी

८ बैशाख । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले आर्थिक मामिला मन्त्रालय र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको पत्र शनिबार बिहान प्रदेश प्रमुखको निवासमा पुगेको छ । यी दुवै सांसदले गत २५ चैतमा सरकार बन्दा मन्त्रीको शपथ लिएका थिए । गण्डकी प्रदेश सरकारमा नौवटा मन्त्रालय..

उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गराउन आयोगद्वारा सहयोगको आग्रह

७ वैशाख । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ । उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने..

हसिना खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

७ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिक सांसद बनेकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको शपथ गराएका हुन् । सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन..

गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

७ वैशाख । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतबाट मुद्दा किनारा नलाग्दासम्म बैठक बहिष्कार गर्ने निर्णय गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । कांग्रेस संसदीय दलले बैठक बहिष्कार गर्ने जानकारी सभामुखलाई गराएको छ । जसमा कांग्रेसले सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानूनको बेवास्ता गरिएको भन्दै असंवैधानिक क्रियाकलापहरुप्रति असहमति रहेको उल्लेख गरेको छ । सर्वोच्चले..