बिमला घिमिरेले गराइन् राष्ट्रियसभा उपाध्यक्षमा उमेदवारी दर्ता

२७ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदका निम्ति नेकपा (एमाले)की विमला घिमिरेले उमेदवारी दिएकी छन् । मंगलबार उनले सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी हुन् । संघीय संसद् सचिवालयले उनको मनोनयनपत्र दर्ता गरेको छ । घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् । उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ..

सहकारी मुद्दामा पछि नहट्ने देउवाको अडान

२७ चैत । नेपाली कांग्रेसले सहकारी पीडितको मुद्दा संगठित रूपमा उठाउने भएको छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारीको मुद्दामा पछि हट्नुपर्ने कारण नभएको बताएका छन् । सभापतिको भनाइसँगै नेपाली कांग्रेस थप सक्रिय रूपमा सहकारी पीडितका पक्षमा उभिने निश्चित भएको संसदीय दलको बैठकमा सहभागी एक नेताले जानकारी दिए । “यति धेरै जनता सहकारीबाट ठगिएका छन्, पर्याप्त कानुन पनि छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने,..

कोशी कांग्रेसको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत

२७ चैत । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । तामाङ झापाको क्षेत्र नम्बर १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ (२)बाट निर्वाचित भुपेन्द्र राई थिए । उनले सो पद त्यागेपछि तामाङ मनोनीत भएका हुन् ।

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा गगन र कृष्ण सिटौला

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुबाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएका हुन् । सभापति देउवाले नयाँ बानेश्वरमा संसदीय दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए । त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार हिंडेका हुन् । प्रतिनिधि..

ग्रासरुटमा पुग्ने बजेट बनाउन मन्त्री भगबती चौधरीको निर्देशन

२६ चैत, काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताउनु भएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक अल्पसंख्यकका सवालमा ग्रासरुटमै कार्यक्रम पुग्नेगरी बजेट निर्माण गर्न मन्त्रालय मातहतका महाशाखाहरुलाई निर्देशन दिनुभएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण गर्दा विगतको परम्परागत शैलीभन्दा फरक र प्रभावकारी हुनुपर्ने भन्दै मन्त्री चौधरीले मन्त्रालयको बजेट बढाउन आफु लागि परेको बताउँदै महिला, बालबालिका र ज्येष्ठ..

सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियो

२६ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो । कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ । कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्ताैलाले जानकारी..

कोशी प्रदेश माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने

२६ चैत । कोशी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केहीबेरमा उनीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेका हुन् । कांग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार राई र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती रहेका छन् । सोमबार बसेको माओवादी कोशी प्रदेश संसदीय दलको बैठकले आजै पार्टीका मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको..

गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको अडान कायमै

२६ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउने अडानबाट पछि नहट्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफूहरूले उठाएको मागबाट पछि नहट्ने निर्णय गरेको हो । संसदीय छानबिन समितिको मागसहित थप छलफल गर्नको संसदीय दलको बैठक बोलाएको सहमहामन्त्री बद्री पाण्डेले बताए । उनले भने– ‘आज समग्र विषयमा पदाधिकारी बैठकमा छलफल भयो । त्यसबारे थप..

गण्डकीको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत जाने

२६ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत जाने भएको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय गरेको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पुर्‍याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ । गण्डकीमा सभामुखको हस्ताक्षरसहित नेकपा (एमाले)बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । त्यहाँ सरकार बनाउने बहुमत पुर्‍याउन ३१..

कांग्रेसले संसदीय दलको बैठक बोलायो

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो । शीर्ष तहका नेताको बैठकमा संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको छ । ‘संसदका समसायिक विषयमा छलफल गर्न संसदीय समितिको बैठक भोलि बिहान बस्छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘बजेट अधिवेशनको तयारी, संसद्‌मा आएका विधेयक, संसद्को अहिलेको अवस्थाबारे छलफल गर्न संसदीय दलको बैठक बस्छ ।’ मंगलबार प्रतिनिधि..