भारतमा वृद्धवृद्धा र अपांगतालाई घरबाटै मतदानको व्यवस्था

७ वैशाख । भारतले पहिलोपटक वृद्धवृद्धा र अपांगता भएकालाई घरबाटै मतदानमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ। निर्वाचन आयोगका अधिकारी वृद्धवृद्धा र अपांगता भएकाको घरमा आफैँ गएर ब्यालेट पेपर जम्मा गर्न जुटेका छन् । भारतमा ८५ देखि ९९ वर्ष उमेर समूहका ८२ लाख मतदाता रहेका छन् । भारतमा १८औँ लोकसभा निर्वाचनअन्तर्गत पहिलो चरणमा २१ प्रान्तका १०२ सिटको लागि मतदान भइरहेको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी पेश

६ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।

नेकपा (एकीकृत समाजवादी) को १०औं महाधिवेशन असार दोस्रो हप्ता हुने

६ वैशाख । नेकपा (एकीकृत समाजवादी) को जेठ ३ गतेदेखि काठमाण्डौंमा गर्ने भनिएको पार्टीको १०औं महाधिवेशनको मिति सरेको छ । बुधबार बसेको सचिवालय बैठकले महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी प्रवक्ता खातिवडाले आन्तरिक तयारी र व्यवस्थापनका विषयमा कतिपय काम बाँकी रहेकाले १०औं महाधिवेशन मिति सारिएको स्पष्ट पारे । यसअघि एकीकृत समाजवादीले महाधिवेशन जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाण्डौंमा..

मधेशमा माओवादीबाट २ र एकीकृत समाजवादीबाट एकजना मन्त्री बन्दै

६ वैशाख । मधेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट २ र नेकपा एकीकृत समाजवादीबाट एक गरी ३ मन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिस मिश्रले बताए । आजै सपथ ग्रहणको तयारी गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह, सांसद युवराज भट्टराई र नेकपा एसबाट बेची लुंगेलीलाई मन्त्री बनाउन लागिएको हो । ११ मन्त्रालय रहेको मधेश सरकारमा मुख्यमन्त्रीसहित जसपाको..

कोशीमा संकल्प प्रस्तावको पक्षमा मतदान गर्ने एमालेको निर्णय

६ वैशाख । प्रदेश सभामा संकल्प प्रस्तावको पक्षमा मतदान गर्न नेकपा एमाले कोशी प्रदेश संसदीय दलले निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले सबै सांसदलाई अनिवार्य उपस्थित भएर पक्षमा मतदान गर्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । नेकपा एमाले र माओवादी केन्द्रले आजको कोशी प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गर्ने भएका छन् । आज दर्ता भएको प्रस्तावमाथि भोलि, शुक्रबारदेखि छलफल सुरू हुनेछ । २७..

एमाले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लाग्यो

६ वैशाख । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । यसअघि एमालेले संसदीय दलका उपनेता अर्घाखाँचीका चेतनारायण आचार्यलाई सरकारमा पठाएको थियो । आज भएको सहमति अनुसार आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेबाट अब रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी र बाँकेका रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ । एमाले स्रोतका अनुसार ढकालले..

सुहाङ भन्छन्- ‘बुबाले गर्न नसकेका र देखेका सपना पुरा गर्नु छ’

५ बैशाख । नेकपा एमाले र माओवादीका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्बाङले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् । उनले इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको मङ्गलबारेमा भएको कार्यक्रममा अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्धमा खलल पुग्ने बाटोमा लाग्न नहुने बताए । सुहाङले इन्द्रेणी सप्त रङ्ग भएकाले राम्रो भएको भन्दै हाम्रो समाज पनि इन्द्रेणी जस्तै सुन्दर भएको..

विप्लव नेतृत्व नेकपाको २०८४ निर्वाचनमा भाग लिने संकेत

५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम विप्लवले आगामी संसदीय निर्वाचनमा भाग लिने संकेत गरेका छन् । केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि क्रान्तिकै मोर्चा हुने बताए । उनले भने– चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिष्ट आन्दोलनको पुरानो चलन थियो। अब त्यसले काम गर्दैन। चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा हुने भएकोले ०८४ मा चुनावलाई हामीले..

ओलीले भने, ‘नयाँ र स्वतन्त्रको नारा लिएर आउनेसँग जनता अल्मलिरहेका छन्’

५ बैशाख, झापा । नेकपा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले एमाले जडसूत्रवादी नभएर सृजनात्मक सोचको पार्टी रहेको बताएका छन् । नेकपा एमाले झापाको ११ औ जिल्ला अधिवेशनबाट गठन भएको समितिको सुरुङ्गा जेसीजको सभाहलमा आयोजित पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । एमाले झापा अध्यक्ष प्रेम गिरीको सभापतित्वमा सम्पन्न बैठकमा ओलीले एमाले नेता तथा कार्यकर्ताले राजनीतिक, सङ्गठनात्मक, वैचारिक र आर्थिक काम सँगसँगै गर्नुपर्ने..

मधेश सरकारबाट बाहिरियो लोसपा

  ४ वैशाख, जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो । दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले मधेश सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको..