राजनीति
स्वदेशी आलु–प्याजमा भ्याट हटाइयो- अर्थमन्त्री पुन
२३ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले यस वर्ष हटाएको बताएका छन् । आलु, प्याज र स्याउमा लिँदै आएको भ्याट आगामी आर्थिक वर्ष २०८१र८२ मा हटाएपछि नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरेका थिए । उनीहरुले चालु आर्थिक वर्षमा विदेशी आलु प्याज र स्यायमा उत्पादनमा मात्र भ्याट लगाइएको र त्यसको स्वदेशी उत्पादनलाई प्रोत्साहन पुगेको..
भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा
२३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् । टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार २४० सिट जितसहित पहिलो पार्टी बनेको भारतीय जनता पार्टीले फेरि अर्को सरकार गठनको पहल थाल्नेछ । नरेन्द्र मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ । त्यसबाहेक विपक्षी गठबन्धनले पनि सरकार..
सहकारी पीडितले कालो झण्डा देखाएपछि प्रचण्डले भने– तपाईंहरुले ब्लण्डर गर्नुभयो
२३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालोझण्डा देखाउने सहकारी पीडितले ब्लण्डर गल्ती गरेको बताएका छन् । उनलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । प्रचण्डले भने, ‘यो सरकार पीडितहरूको पक्षमा छ । ५ लाखसम्मको बचत फिर्ता गर्ने सरकार यही हो । यस्तो सरकालाई कालो झन्डा देखाएर तपाईंहरुले ब्लण्डर गर्नुभयो ।
अर्थमन्त्री पुनलाई सांसद गिरीको खबरदारी
२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले कार्यक्रम घोषणा गर्ने तर, कार्यान्वयन नगर्ने प्रवृति नपछ्याउन सरकारलाई आग्रह गरेका छन् । बुुधवार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । उदाहरणका रुपमा उनले बजेटमा सातै प्रदेशमा बृद्धाश्रम बनाउने विषय आएको उल्लेख गर्दै यसको कार्याँवयनको पखाईमा आफू रहने बताए । ‘सातै प्रदेशमा सुविधा सम्पन्न बृद्धाश्रमको स्थापना गरिनेछ भनेर बडो गहकिलो शब्द उल्लेख गरिएको छ । हेर्छु मैले..
स्वास्थ्य अवस्थाका कारण मधेशका मुख्यमन्त्री यादवले २८ गते मात्र विश्वासको मत लिने
२३ जेठ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् । बुधबार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधबार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन..
फेरि आफैँले सरकार बनाउने मोदीको घोषणा
२३ जेठ । भारतमा अपेक्षा गरेभन्दा कम सिट आफ्नो गठबन्धनले ल्याए पनि फेरि नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । मंगलबार भाजपा पार्टी कार्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै मोदीले चुनावी विजय विश्वकै सबैभन्दा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन् । उनले भावी सरकार आफूहरूले बनाउने समेत बताए । यसलाई भारतीयको विजयको संज्ञा दिँदै मोदीले गरिबी देशबाट नहटेसम्म नरोकिने बाचा समेत गरेका छन् । भाजपा देशको सबैभन्दा ठूलो पार्टीको..
विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव
२३ जेठ, जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो..
बालेनले संयमता गुमाउँदै गएको एमाले सचिव योगेश भट्टराईको टिप्पणी
२२ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाउँदै गएको टिप्पणी गरेका छन् । संसद्को मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका भट्टराईले मेयर शाहको चर्काे आलोचना गरे । मेयर जितेर आएपछि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव हो, तर काठमाडौंका प्रमुखले संमयता गुमाउँदै जानु भएको छ ।’ ०५४ मा एमालेले काठमाडौं..
प्रधानमन्त्री ‘प्रचण्ड’ले दिए नेपाली क्रिकेट टोलीलाई शुभकामना
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । उनले वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको पनि दाबी गरे ।..
हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाऔँ- ज्ञानबहादुर शाही
२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका छन्। सोमवार प्रतिनिधिसभा बैठकमा आ.व. २०८१र०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका हुन् । उनले असारबाट आर्थिक वर्ष सुरु हुँदा असोजमा पैसा पुग्ने र कार्तिकदेखि नै हिउँका कारण काम गर्न नसक्ने अवस्था आउने गरेको बताए ।..



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७