राजनीति

संसद् अवरोध भोलिसम्म अन्त्य हुने प्रधानमन्त्रीको आश्वासन
१३ जेठ । प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध भोलिसम्म अन्त्य हुने बताएका छन् । संसद् सुचारु गर्ने विषयमा आफूले पहल गरेको र आजै प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको घरमा गएर छलफल गरेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय छानबिन समिति बनाउन तयार रहेको बताउँदै संसद् अवरुद्ध गर्न आवश्यक नभएको बताए । प्रधानमन्त्री प्रचण्डले भने– ‘अवरोधका बिच आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि जवाफ दिनुपर्दा मलाई नमिठो पनि लागेको छ..

सत्ता र प्रतिपक्षको टकराव दु:खद् छ- माधव नेपाल
१३ जेठ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच देखिएको टकराव दुःखद् भएको बताएका छन् । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै उनले भने, ‘अस्वस्थ्य आरोप–प्रत्यारोप भैरहेको छ । कतै प्रत्यक्ष टकराव नै हुने त होइन भन्ने आशंका देखिएको छ । नीति कार्यक्रम र वार्षिक बजेटमार्फत जनताका समस्या समाधान गर्ने दिशामा बहस केन्द्रित हुनु पर्ने बेलामा यसखाले टकरावको अवस्था देखा पर्नु निसन्देह दुःखद्..

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो । प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्याली निकालेका थिए । कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ । त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा..

सरकारको नीति तथा कार्यक्रम पारित
१३ जेठ, काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन पाएको थिएन । आइतबारको बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी जारी राखेका..

प्रधानमन्त्री प्रचण्ड देउवा निवासमा
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका..

नेकपा एमाले शिवसताक्षीको अध्यक्षमा दंगाल निर्वाचित
१२ जेठ, शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा मेदनी दंगाल निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विष्णुप्रसाद प्रसाई, सचिवमा लक्ष्मी गुरागाँई, उपसचिवमा सागर राई निर्वाचन भएको निर्वाचन समितिका संयोजक बेनुप्रसाद कार्कीले जानकारी दिए । शुक्रबार शिवसताक्षीको दुधेमा भएको निर्वाचनबाट खुल्ला सदस्यमा गंगाराम नेपाल, गायत्री प्रसाद संग्रौला,तेजेन्द्र घिमिरे, दिलिप कुँवर, भोजराज ढकाल, मनकुमार श्रेष्ठ, मित्र प्रसाद थापा निर्वाचित भएका हुन् । त्यसैगरी आदिबासी जनजातिबाट निर्वाचित हुनेहरुमा जयश्वर आङ्देम्बे,..

विश्वप्रकाश भन्छन्- दोषी जेल जाने हो, अरूले राजनीति छोड्नु पर्दैन
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दलका सबै नेतामाथि छानबिन गर्न तयार रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा शर्माले कांग्रेसका जो कोही नेतामाथि अनियमितताको आरोप लागे पनि छानबिन गर्न सकिने बताएका हुन् । ‘कांग्रेसका सांसद, सभापति, चलनचल्तीको भाषामा भन्दा दाजु/भाउजूमाथि, माइजू/मामामाथि कोकोसँग छानबिन गर्नुछ, गर्दा हुन्छ,’ उनले भने, ‘नामै लेख्नुस् । थर लेख्नुस् । ठेगाना लेख्नुस् । तर छानबिन गम्भीरतापूर्वक गर्नुस् ।’ छानबिनका क्रममा..

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
१० जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट दर्ता भएको छ । बुधबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अधिवक्ता अनुपम भट्टराईको वारेसमा अतुल विष्टले दायर गरेको रिट दर्ता गर्न आदेश दिएको हो । रिटमा लामिछानेलाई निलम्बन गरेर सहकारी ठगीको मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो । रिटमा र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ । महान्यायाधीवक्ता पोखरेलले..

ओलीले भने- सिरोहिया पक्राउ पर्दा सञ्चारको हक खोसिँदैन
१० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेका ओलीले बताए । ‘किन यो समाचार प्रकाशित गर्यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला होला । यस सम्बन्धमा सरकारले..

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत
१० जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन्। लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् । विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति देउवाले २०७८ को माघमा ३७ सदस्यीय बनाएका थिए ।